व्रिङटनमाथि चेल्सीको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित


एजेन्सी-इंग्लिस प्रिमियर लिग सिजन २०२०-२१ को चेल्सीले जितसँगै शुरुवात गरेको छ । व्रिङटन माथि ३-१ को गोल अन्तरले पराजित गर्दै चेल्सीले गतिलो शुरुवात गरेको हो ।

पेनाल्टी गोलबाट अग्रता लिएको चेल्सीले दोस्रो हाफमा भने थप दुई गोल गर्दै तीन अंक बटुल्यो । जर्जिन्होले २३ औं मिनेटमा पेनाल्टी गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । लेन्द्रोले गोल फर्काउँदै बराबरीमा ल्याए । उनले ५४ औं मिनेटमा गोल गरे ।

तर चेल्सी पुन ब्रिङटनमाथि हावी हुन पुग्यो । ५६ औं मिनेटमा रेस जेम्सले गोल गर्दै आग्रता दिलाउँदा ६६ औंं मिनेटमा कर्ट जोउमाले अर्को गोल थप्दै चेल्सीलाई महत्वपूर्ण जित दिलाए ।