फ्रेन्च लिग वान-जातीय दुव्यर्वहारको छानविन हुदैं, नेयमारलाई कार्वाहीको सम्भावना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित


एजेन्सी-फ्रेन्च लिग वानमा दोस्रो खेलमा पराजित पिएसजीका स्ट्राईकर नेयमारलाइृ जातीय विरुद्धको अभियोगमा अनुसन्धान गरिने छ । मार्सेली विरुद्धको खेल निकै तनावपूर्ण थियो । खेलमा पिएसजी मार्सेलीसँग १-० गोलले पराजित भएको थियो ।

निकै तनावपूर्णस्थितिको खेलमा नेयमारलाई जातीय दुव्र्यहार गरेको आरोपमा अनुसन्धान शुरु गरिने स्रोतले स्पोर्टस च्यानल ईएसपिएनले जनाएको छ । बुधबार छानविन गरिने सम्भावना छ । खेलमै पिएसजीका एन्जेल डि मारियाले समेत मार्सेलीका खेलाडी अल्भारो गोन्जालेजमाथि हातपात गरेको आरोप अनुसन्धान हुने उल्लेख छ । लिग अनुशासन कमिटिले रेफ्री जोराम व्रिसार्डको रिपोर्टको मूल्यांकनसहित अनुसन्धान गर्ने जनाएको छ ।

फ्रेन्च संघको नियम अनुसार क्रुरता वा लात हान्नेलाई सात खेलको प्रतिबन्ध समेत लगाउने सक्ने छ । त्यस्तै जातिवादको दुव्र्यवहारमा १० खेलसम्मको प्रतिबन्ध लगाउन सक्ने सम्भावना रहन्छ । खेलाडीमाथि थुक्नुको दोषीलाई भने ६ खेल प्रतिबन्ध हुन सक्ने प्रावधान छ । पिएजीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ-क्लबले समाज, फुटबल र जीवनमा जातिवादको लागि कुनै ठाँउ नभएको उल्लेख गरेको छ । सबै प्रकारका जातिवादको विरुद्ध बोल्न आग्रह गर्छौ ।

क्लबले अनुसन्धानलाई अगाडि बढाउन कुनैपनि हिसाबले सहयोग गर्न तत्पर रहेको जनाएको छ । नेयमारले आफनो इन्स्टाग्राम मार्फत बयान दिएका छन् । उनले लेखेका छन हाम्रो खेलमा आक्रमण, अपमान, शपथ लिनु खेलको हिस्सा हो, यस विवादको । तपाई मायालु बन्न सक्नु हुन्न । तर जातिवाद र असहिष्णुता अस्वीकार्य छ । file pic