सिटीको सिजन सुखद शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ६ गते २०७७ मा प्रकाशित


एजेन्सी-म्यानचेष्टर सिटीले प्रिमियर लिगको सिजन शुरुवात गर्ने क्रममा पहिलो खेल जितसँगै तीनअंक जोडेर अगाडि बढेको छ । सिजनको पहिलो खेल खेलेको सिटीले वल्भरह्यामटनमाथि ३-१ गोल अन्तरले पराजित गर्दै तीन अंक जोड्यो ।

केभिन डी बु्रनेले पहिलो गोल पेनाल्टी मार्फत गरे । दबावमा परेको वल्भरले दोस्रो गोल पहिलो हाफ अघि नै खान पुग्यो । ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई पहिलो हाफमै बलियो बनाए ।

दोस्रो हाफमा भने वल्भर केही सुधारिएको खेल प्रस्तुत गर्यो । ७८ औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै गोल अन्तर घटाए । तर थपिएको अतिरिक्त समय ग्रावियल जेससले गोल गर्दै सिटीलाई फराकिलो अन्तरसँगै सिजनको पहिलो तीन अंक जोडे ।