काराबाओ कप, युनाईटेडको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


एजेन्सी-सिजन २०२०-२१ को कारबाओ कपको तेस्रो चरणको खेलमा म्यानचेष्टर युनाईटेडले जित निकालेको छ । गएराती भएको प्रतिस्पर्धामा युनाईटेडले लुटन टाउनलाई ३-० गोलले पराजित गरेको हो ।

पहिलो हाफ हुनु अघि नै युनाईटेडले अग्रता लिएको थियो । खेलको ४४ औं मिनेटमा हुवान माटाले पेनाल्टी मार्फत गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए ।

युनाईटेडसँग कडा प्रतिस्पर्धामा उत्रिएपनि लुटन डाउनले प्रभावकारी गोल गर्न भने सकेन् ।

८८ औं मिनेटमा दोस्रो गर्दै युनाईटेडले दोब्बर बनायो । मार्कस रासफोर्डले दोस्रो गोल गरे । अन्तिम गोल भने इन्जुरी समयमा सम्भव बन्यो ।

९० प्लस २ मिनेटमा मासन ग्रिनउडले गोल गरेपछि युनाईटेडले लुटनमाथि फराकिलो जित दर्ता गर्यो ।