बार्सिलोनका पोर्चुगिज राईटब्याक नेल्सन वल्भसमा आवद्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


एजेन्सी-बार्सिलोनाका पोर्चुगिज राईटव्याक नेल्सन सेमेदोलाई वल्भरह्यमटनले भित्र्याएको छ । समर सिजनको ट्रान्सफरमा उनी ३६.८ मिलियन युरोमा भित्रिएका हुन् ।

उनी वल्भरमा सन २०२३ को जुनसम्म रहने छन् । उनी क्लबसँग सम्झौता लम्ब्याउन सक्ने छन् । २०२५ सम्म सम्झौता लम्ब्याउन सक्ने छन् ।

वल्भसका चिफ कोच नुनो एस्पिरिटो सान्तोका अनुसार टोटनह्यामका माट डोहेर्टीलाई गत महिना मात्रै चारवर्षको लागि भित्र्याईसकिएको छ । माट र नेल्सनको सहकार्य हुने छ ।