१३ सेकेण्डमा खेलाडी परिवर्तन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


एजेन्सी-फुटबलमा खेलाडी परिवर्तन सामान्य नै हो । पहिलो हाफ अघि र पछि एवं बराबरीको अवस्थापछि थपिएको समयमा पनि परिवर्तन हुने गर्छन् ।

तर एष्टोनियाको लिगमा भने खेलाडीले एक मिनेट पनि पुरा नखेल्दै मैदान छाडे । जुन फुटबलकै इतिहासमा सबैभन्दा छिटो खेलाडी परिवर्तन समेत हो ।

एस्टोनियाली लिगमा भएको प्रतिस्पर्धामा एक क्लबले आफनो तर्फबाट १३ सेकेण्डमै खेलाडी परिवर्तन गरेको द गार्जियनले उल्लेख गरेको छ । नोमे कल्जुका १६ वर्षिय खेलाडी लउरी सुपलाई परिवर्तन गरिएको थियो ।

उनी घाईते समेत भएको खेलाडी भने होईनन् । कल्जुका अन्य खेलाडीहरु भने उपलब्ध थिएनन् किनकी खेलाडीहरु कोरोना पोजेटिभ देखिएको कारणले सेल्फ आईसोलेसनमा थिए ।