मोराटा लोनमा युभेण्ट्समा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


टुरिन, (एएफपीं)- मोराटा फेरी युभेण्ट्समै बसेका छन् । गतसिजन लोनमै युभेण्ट्समा पुगेको उनी फेरी लोनमै एक सिजन बिताउने छन् । स्पेनिस स्ट्राइकर अल्भारो मोराटा स्पेनको एट्लेटिको मड्रिडबाट लोनमा मंगलबार इटालियन क्लब युभेन्टसमा पुगेका हुन् । अब फेरी उनी रोनाल्डोको फेरी सहकर्मीकै रुपमा मैदानमा देखिने छन्

टुरिनको क्लब युभेन्टसबाट उनले ९३ खेल खेल्दा २७ गोल गरेका थिए । मोराटाले रियल मड्रिडको युथ टोलीबाट फुटबल करियर अगाडि बढाएका थिए । त्यसपछिको सिजन उनी युभेन्टस पुगेका थिए । एट्लेटिको जानुअघि उनी मोराटाले चेल्सीमा पनि केही सिजन बिताएका थिए । मोराटा इग्ङ्लिस प्रिंमियर लिग क्लब चेल्सीमा सुरुआती समय लोनमै पुगेका थिए । यसपटक पनि उनी एक सिजनका लागि लोनमा युभेन्टस पुगेका छन्, जसको मुल्य १० मिलियन युरो रहेको क्लबले जनाएको छ ।
‘उनी यस सिजन क्लबको महत्वपूर्ण हिंस्सा हुनेछ । उनी एक वर्षका लागि भविष्यमा खरिद गर्ने सम्भावनासहित लोनमा क्लबमा आएका हुन्,’युभेन्टसले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । लोनको अवधि बढाउनुपर्ने भएमा वार्षिक १५ मिलियन युरो हुने सर्त राखिएको छ भने युभेन्टसले ३५ मिलियन युरोमा मोराटालाई अनुबन्धित गर्न सक्ने सर्त पनि रहेको छ । ‘उनी घर फर्किनुलाई निकै उत्साहका साथ हेरिएको छ । उनी क्लबमा आउनु खुसीको क्षण हो,’युभेन्टसले भनेको छ । गत हप्ता गोन्जालो हिग्वेन युभेन्टस छाडेर मियामी पुगेपछि युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लो उनको स्थानमा सेन्टर फरवार्ड भित्राउने लक्ष्य राखेका थिए ।
बार्सिलोनाका लुइस स्वारेज र रोमाका इडिन जेकोलाई अनुबन्धित गर्ने चर्चा सुरु भए पनि युभेन्टसले मोराटो क्लबमा भित्राएको छ । मोराटोले युभेन्टसमा पहिलो सिजन बिताउँदा पिर्लोसँगै खेलेका थिए । मोराटाले युभेन्टसका लागि सन् २०१५ को च्याम्पियन्स लिग सेमिफाइनलको दुवै लेगमा गोल गर्दा रियल मड्रिडलाई समग्रमा ३–२ ले हराएका थिए । सोही च्याम्पियन्स लिग फाइनलमा मोराटाले एक गोल गरे पनि बार्सिलोनासँग ३–१ ले स्तब्ध भएको थियो । उनले युभेन्टसका लागि अन्तिम गोल सन् २०१६ को कोपा इटालिया फाइनलमा एसी मिलानविरुद्ध गरेका थिए । २६ वर्षे मोरोटा सन् २०१४–२०१६ पछि युभेन्टसमा फर्किंदा सबैभन्दा धेरै क्लब सर्ने फुटबलरको रूपमा परिचित भएका छन् । pic-agency