मिचेल मार्स आईपिएल बाहिर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


दुबई, (एजेन्सी)– रोयल च्यालेन्जर्सविरुद्धको खेलमा सोमबार कर्कुचामा चोट भोगेको सन राइजर्स हैदराबादका बलर मिचेल मार्सले इन्डियन प्रिमियर लिग बाँकी खेल गुमाउने भएका छन् । क्लबले बुधबार विज्ञप्पती जारी गरेर मिचेल मार्सले आईपिएलका बाँकी खेल गुमाउने जनाएको हो ।

‘मिचेल मार्स टोलीबाट बाहिर रहने भएका छन् । कुर्कचामा गम्भीर चोट देखिएको छ । छिटो निको होस भन्ने कामना गरेका छौं,’ सनराइजर्सले जारी गरेको विज्ञप्पतीमा भनिएको छ, ‘मार्सको स्थानमा जोसन होल्डर टोलीमा समावेश हुनेछन् ।’

गत शनिबारबाट सुरु भएको आईपिएलमा सनरसाईजर्स १० रनले पराजित भएको थियो । बैङ्लोविरुद्ध पाँचौ ओभरमा बलिङ गरेको मार्सले दुई बल गर्दा चोट भोग्न पुगेका थिए । त्यसपछि कप्तान डेभिड वार्नरले चार बलर फ्याकेर ओभर पूरा गरेका थिए ।