पिएसजीका डा मारियालाई चार खेल प्रतिबन्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ८ गते २०७७ मा प्रकाशित


Paris Saint-Germain's Argentine midfielder Angel Di Maria reacts during the French L1 football match between Dijon Football Cote-d'Or (DFCO) and Paris Saint-Germain (PSG) on November 1, 2019, at the Gaston Gerard stadium in Dijon. (Photo by Philippe DESMAZES / AFP) (Photo by PHILIPPE DESMAZES/AFP via Getty Images)

एजेन्सी-पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्ट्राईकर एन्जल डि मारिया चार खेलको लागि प्रतिबन्धित भएका छन् ।

मार्सेली विरुद्धको खेलमा पराजित भएको पिएसजीका खेलाडीले अभद्र व्यवहार देखाएको भन्दै मारियालाई चार खेलको प्रतिबन्ध गरिएको रोयटर्सले जनाएको छ ।

उनीसँगै मार्सेलीका डारियो बेनेडेट्टो र जोर्डन अमावी समेत कारवाहीमा परेका हुन् ।

मारियाले एन्गर्स, निम्स, डिजोन तथा नान्टेससँगको खेल गुमाउने छन् । मार्सेली विरुद्धको खेलमा पिएसजीका स्ट्राइकर नेयमारको समेत अनुसन्धान भईरहेको छ ।

अनुसन्धानपछि नेयमारको कारवाही प्रक्रिया अगाडि बढ्ने बताइएको छ । नेयमारसँगै मार्सेलीका मिडफिल्डर अल्भारो गोन्जालेजसँगै अनुसन्धानमा छन् । सेप्टेम्बर ३० सम्म अनुसन्धान हुने छ ।