अष्ट्रेलियन पूर्वव्याट्सम्यान डिन जोनेसको निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ८ गते २०७७ मा प्रकाशित


एजेन्सी-अष्ट्रेलियाका पूर्व व्याट्सम्यान डिन जोनेसको निधन भएको छ । उनको ५९ वर्षको उमेरमा निधन भएको हो । उनको हार्टएट्याकको कारण निधन भएको हो । उनी इण्डियन प्रिमियर लिग(आईपिएल)का कमेण्टेटर समेत थिए ।

चेन्नईमा भएको टेष्टमा उनले दोहोरो सतक प्रहार गरेका थिए जुन अहिले पनि सम्झनामा छ । जोनले ५२ टेष्ट खेलेका थिए । १६४ एकदिवसीय खेलमा समेत उनले उत्कृष्ट व्याटिंग गरेका थिए ।

सन १९८७ मा आष्ट्रेलियाले क्रिकेटको विश्वकप उचाल्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । भारतसँगको चेन्नईमा भएको टेष्टमा जोनले २१० रन हिर्काएका थिए । उनले सबैखाले क्रिकेट प्रतियोगिताबाट सन १९९७(९८ मा सन्यास लिएका थिए ।

सन २०१५ देखि २०१९ सम्म उनी पाकिस्तानी प्रिमियर लिग अन्तर्गत इस्लामावाद युनाईटेडका मुख्य प्रशिक्षक थिए । सन २०१७ मा अफगानिस्तानको राष्ट्रिय टोलीको प्रशिक्षक समेत बनेका थिए ।