पेरु र ब्राजिल भिड्दै, पेरुका दुई खेलाडी कोरोना संक्रमित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २७ गते २०७७ मा प्रकाशित


पेरुको राष्ट्रिय झण्डा ।

एजेन्सी-आजराती पेरुले ब्राजिलसँग विश्वकप छनोटको लागि प्रतिस्पर्धा गर्दै छ । प्रतिस्पर्धाकै पूर्वसन्ध्यमा पेरुका दुई खेलाडी कोरोना संत्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टिभएसँगै दुई खेलाडी अनुपस्थिति हुने छ । राउल रुइडियज र एलेक्स भलेरालाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सोमबारको प्रशिक्षणको दौरान उपस्थिति भएनन् । लिम्बाज राष्ट्रिय स्टेडियममा पाँच पटकको विश्व विजेतासँग पेरुले प्रतिस्पर्धा गर्ने छ ।

पेरुको फुटबल संस्था एफपिएफले खेलाडीहरुका जटिल संक्रमणको अवस्था नभएको जनाएको छ । उनीहरु टिमबाट बाहिर एकान्तबास बसेका छन् । कतारमा २०२२ मा हुने विश्वकपको दक्षिण अमेरिकी टोलीको छनोटको लागि पेरुले पहिलो खेल पाराग्वेसँग २–२ गोलको बराबरीमा टुंगिएको थियो । ब्राजिलले बोलिभियालाई ५–० ले पराजित गरेको थियो ।