स्पेन युक्रेनसँग पराजित, जर्मनी र स्वीट्जरल्याण्ड बराबरी

- नेसन्स लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


बलको लागि संघर्ष गर्दै युक्रेन र स्पेनका खेलाडी ।

एजेन्सी-नेसन्स लिग अन्तर्गत स्पेन युक्रेनसँग पराजित भएको छ । युक्रेनले स्पेनमाथि १-० गोलले पराजित गरेको हो । युक्रेनका लागि निर्णायक गोल ७६ औं मिनेटमा भिक्टोर साईगान्कोचले गरेका थिए । उनको निर्णायक गोलसँगै स्पेन युक्रेनसँग स्तब्ध बन्न पुग्यो ।

उता अर्को खेलमाजर्मनीले गएराती स्वीट्जरल्याण्डसँगको खेल बराबरीका टुंग्याएको छ । अन्तिम समयमा १० खेलाडीमा समेटिएको स्वीट्जरल्याण्डले जर्मनीसँगै ३-३ गोलको बराबरी खेल्यो ।

जर्मनीमाथि अग्रता लिदैं शुरुवात गरेको स्वीट्जरल्याण्डको अन्तिम समय भने निकै खराब रह्यो । मारियो गाभ्रानोभिले महत्वपूर्ण दुई गोल गर्दै जर्मनीमाथि दबाव सृजना गरिदिए । पहिलो हाफको ५ औं मिनेटमा उनको गोलसँगै स्वीट्जरल्याण्डले अग्रता लिएको थियो ।

२६ औं मिनेटमा स्वीट्जरल्याण्डले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनायो । रेमो फ्रिउलेरले गोल गर्दै अग्रता फराकिलो बनायो । तर जर्मनीले पनि बराबरी गोल फर्काउन झण्डै २८ मिनेटपछि मात्रै सम्भव बनायो । २८ औं मिनेटमा जर्मनीका टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई खेलमा फर्किने लयमा देखियो ।

जर्मनीले ५५ औं मिनेटमा बराबरी गोल फर्कायो । काई हार्भेट्जले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए । तर स्वीट्जरल्याण्डका मारियोले व्यक्तिगत दोस्रो गोल ५८ औं मिनेटमा गर्दै जर्मनीमाथि फेरी दबाव सृजना गरे ।

६० औं मिनेटमा जर्मनीका सर्ज जिनाब्रेले गोल गर्दै हारबाट जोगाउँदै बराबरीमा ल्याईपर्याए । खेलको इन्जुरी समयमा स्वीट्जरल्याण्डका फावियनले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।