खेलकुदको पीडा र मर्म बुझेको छु-बोर्ड सदस्य श्रेष्ठ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित


राखेप बोर्ड सदस्य श्रेष्ठ ।

स्वास्थ्यका लागि खेलकुद । खेलकुदको नारा नै हो । नागरिक स्वास्थ्य नभएसम्म सभ्य र समृद्धिको परिकल्पना गर्न सकिदैन् । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको बोर्ड गठन गरिसकेको छ । विद्यमान परिस्थितिमा खेलकुदका आफनै चुनौति छन् । ती चुनौतिलाई पन्छाएर खेलकुदको विकास र विस्तार गर्नुपर्ने दायित्व र जिम्मेवारी छ । त्यतिमात्रै नभई गण्डकी प्रदेशमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अठोटलाई सभ्य र भव्य रुपमा सम्पन्न गण्डकी प्रदेशकै बोर्ड सदस्यको काँधमा छ । विद्यमान खेलकुदको अवस्था र चुनौतिको विषमा राखेपका बोर्ड सदस्य सम्पन्न श्रेष्ठसँग खेलाडी न्यूजले गरेको कुराकानी ।

– विद्यामान परिस्थितिमा अबको खेलकुद कसरी अघि बढ्ला । परिषदको कार्ययोजना के छ ?
बिधमान परिस्थितिमा सबै भन्दा पहिला राष्ट्रीय स्तर का खेलाडीहरूलाई खेलेरै जिबिकोपार्जन गर्न सक्ने बाताबरण सिर्जना गर्नु पर्दछ। खेलाडी भनेका युवा पङ्ति हुन आज झन्डै आधा युवा बिदेशिन बाध्य छन र राष्ट्रीय स्तरका खेलाडीहरू नै बिदेसिएका छन बिडम्बना भन्नु पर्छ एसिएन गेममा छनौट भएको खेलाडी गेममा सहभागी नभैई खाड़ी गएको इतिहास छ। सबै भन्दा पहिला खेलाडी ले खेल खेलेर नै जिवन स्तर चेन्ज गर्न सक्नु पर्छ।
– हिजो तपाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष हुनुहुथ्यो । अहिले राखेप बोर्ड सदस्य । फरक पदमा रहँदा खेलकुदको चुनौति के कसरी नियाल्नुभएको छ ?
हिजो क्षेत्रिय अध्यक्ष हुदा माग्ने ठाउमा थिए भने आज दिने ठाउमा छु जस्तो लाग्छ र म आफै पनि खेलकुद जीवन लामो संघर्ष गरेर आएका ले कुन खेलमा के कस्तो समस्या छन भन्ने कुरालाई नजिक बाँट नियालेको छु त्यसैले कुनै कसुर नराखी काम गर्ने छु।
राज्यले चाहेर पनि खेलकुदमा लगानी गर्न सकेको छैन । निजी क्षेत्रलाई खेलकुद क्षेत्रमा लगानी गर्ने बातावरण बनाउन कस्तो रणनीति बनाउँदै हुनुहुन्छ?
पक्कै पनि राज्य संग पर्याप्त मात्रमा खेलकुदमा लगानी गर्न सक्ने क्षमता नभएको पक्कै पनि हो तर पनि पछिल्लो केही समय हेर्नु हुन्छ भने देश ब्यापि रूपमा खेलकुद महोत्सव नै चलेको थियो तर दुखका साथ भन्नु पर्छ कोभिड १९ का कारण खेलकुद मात्र होईन हरेक क्षेत्र सुस्ताएको अबस्था छ नेपाल मात्र होईन जापान जस्तो शक्तिशाली देशको ओलम्पिक नै स्थगित भएको छ । समय प्रतिकुल नहुदा अझ प्रभावित भएको अबस्था छ र पनि हामी बिभिन्न माध्यम बाँट कसरी बाताबरण सिर्जना गर्ने भन्ने कुरामा सरसल्लाहमा छौ।
– खेलकुदको पूर्वाधार निर्माणकै क्रममा छ । तर अनुगमन नहुदाँ कामको ठोस उपलब्धी देखिएको छैन् । दोष कस्को ?
तपाईं ले उठाउनु भएको बिषय बस्तु एक हद सम्म ठिकै पनि हो पदिय ज़िम्मेवारी लिने फर्केर नआउने काम के हुदैछ भन्ने वास्ता नगर्ने खेलकुद संरचना निर्माण गर्दा कुन ठाउमा कसरी गर्ने भन्ने कुरामा सामान्य ज्ञान नहुने एउटा कभर्ड निर्माण गर्दा अन्य खेलकुदलाई हानि गर्छ वा गर्दैन भन्ने कुरा ध्यान नदिदा समयमा निर्माण मात्र होईन बनि सकेका संरचना फेरी भत्काउन पर्ने पनि हुन सक्छ तर म जुन दिन सपथ लिएर पश्चिमान्चल खेलकुदमा छिरे त्यही दिनबाटै म अध्यक्ष भन्दा पनि पाले भएर काम गरेको अन्य खेलकुद प्रतिनिधिहरू संग बुझ्न सक्नु हुनेछ । दोषको कुरा गर्दै गर्दा जिम्मेवार पदमा बसेर काम कर्तव्यमा ध्यान नदिने नै मुख्य दोषि हुन।
बोर्ड सदस्य बनेर आईसकेपछि पोखरा रंगशालाभित्रको खेलकुदको विकासलाई नयाँ उचाईमा पुर्याउने तपाईको भूमिका कस्तो हुन्छ ?
गन्डकी प्रदेश एउटा पर्यटकिय क्षेत्र पनि भएका ले पोखरालाई अन्तराष्ट्रीय पर्टकिय खेलकुद अखडा बनाउने सम्भावना भएका ले यस्को लागी मेरो ध्यान पर्टकिय खेलकुदमा हुने छ ।अन्तराष्ट्रीय खेलाडी संगै हाम्रो स्थानिय खेलाडीहरू पनि धेरै कुरा सिक्न पाउनेछन खेलाडी ले कतिपय कुराहरू खेलेर भन्दा देखेर सिक्छन भन्ने म आफैले पनि अनुभव गरेको कुरा हो।
– तपाईले पहिला नै सार्वजनिक गरिसक्नुभएको थियो कि सागमा भएको पूर्वाधार विकास र आवश्यक सामानको बस्तुस्थिति बारे छानविन गर्ने? त्यो कसरी र कहिलेदेखि छानविन शुरु हुन्छ ?
हामीले केही समय पहिला यस बिषयमा कुरा बाहिर ल्याएका थियौ त्यसैलाई टेकेर छानबिन समिति बन्यो र छानबिन समितिले पनि सबै कुरा को अध्ययन गरेर प्रतिवेदन पनि राखेपलाई बुझाई सकेको छ
– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुदैैं छ । केही खेलको पूर्वाधार अझै छैनन् । पूर्वाधार निर्माण र व्यवस्थापन कसरी गर्नुहुन्छ ?
निकै महत्वपूर्ण प्रश्न गर्नु भयो यो महिले भन्नै पर्ने पनि थियो। स्विमिंग र शुटिङ्ग खेलको पुर्वाधार को लागी बजेट आई सकेको छ अब चाडै टेन्डर प्रकृयामा लैजादै छौ भने हक्की, गल्फ खेलका लागी उपयुक्त मैदान भेटी सकेको अबस्था छैन र पनि खोजी कार्य निरन्तर जारी छ । अन्य खेलका लाई र्यापिड तरिका बाट काम भैई रहेको जानकारी गराउदछु।
-खेलकुदका थुप्रै योजनाको डिपिआर तयार भएका छन् । तर पूर्वाधार बनाउन भने खासै चासो दिएको देखिदैन् । परिषदले यसलाई कसरी कार्यान्वयनमा लैजाने योजना बनाएको छ ?
पक्कै पनि होसुरूवात गर्नेहरू को बिचमै कार्यकाल सकिनु र नया आउनेले चासो नदेखानुले पनि यस्तो काम भैई रहेको थियो ।अब भने जिम्मेवारी हेरफेर भयता पनि खेलकुद क्षेत्रमा नै भएकाले सबै कुराहरू पुर्व योजनालाई लाई निरन्तरता दिदै अगाडी बढ्ने छौ धन्यबाद ।

अन्त्यमा , म आफैं पनि खेलाडी हुँ । म २०५१सालबाट सितोरियो कराते खेलमा आवद्ध भए । खेलाडी भएकै कारण धेरैहदसम्म खेलकुदको पीडा र मर्म बुझेको छु । पीडा र मर्मलाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धतासँगै दृढता छ ।