चेल्सीसँग साउथह्यामटनको बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित


साउथह्यामटनको पोष्टमा गोल गरेपछि ।

एजेन्सी-साउथ ह्यामटनले इन्जुरी समयमा जेन्निक भेष्टरगार्डले गोल गरेपछि चेल्सीसँगको खेलमा सम्भावित हारबाट जोगाएका छन् । इंग्लिस प्रिमियर लिगमा चेल्सी र साउथह्यामटनमाथि ३-३ गोलको बराबरी गोलसँगै एक एक अंक बाँडेका छन् । । शनिबार राती भएको प्रतिस्पर्धामा टिमो वार्नरले चेल्सीका लागि दुई गोल गरेका थिए ।

खेलको १५ औं मिनेटमा टिमोले पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल पनि उनैले गरे । दोस्रो गोल २८ औं मिनेटमा गर्दै अग्रतालाई दोब्बर बनाए । तर पहिलो हाफ हुनु अघि नै साउथ ह्यामटनले एक गोल गर्दै गोल अन्तरलाई छोट्यायो । ४३ औं मिनेटमा डानी इंग्सले गोल गरेका थिए ।

दोस्रो हाफमा खेलमा फर्किदै साउथ ह्यामटनले बराबरी गोल फर्कायो । खेलको ५७ औं मिनेटमा ची एड्म्सले गोल गर्दै बराबरीमा ल्याए । तर साउथ ह्यामटनको त्यो खुशी दुई मिनेट टिक्न सकेन् ।

चेल्सीका लागि ५९ औं मिनेटमा काइ हार्भेट्जले गोल गर्दै जितको खुशी मनाउने अन्तिम क्षणमा थिए । तर साउथह्याम टनका जेन्निकले इन्जुरी समयमा गोल गर्दै सम्भावित हारबाट जोगाँउदै अंक बाड्ने स्थितिमा खेल टुग्याए । जेन्निकले इन्जुरी समय(९० प्लस २) मिनेटमा गोल गर्दै साउथह्यामटनको इज्जत जोगाउन सफल भएका हुन् ।