आमासँगको प्रतिबद्धतासँगै खबिबले लिए युएफसीबाट सन्यास

- करियर फाईट २९-०

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित


अमेरिकी जस्टिनसँग करियरको अन्तिम फाईट खेल्दै खबिब।

एजेन्सी-रसियन मिक्स मार्शल आर्ट्स(अल्टिमेट फाईटिङ च्याम्पियनसिप, युएफसी)का खेलाडी खबिब नुर्मागोमेडोभलाई युएफसीको रिङभित्र देख्न पाईने छैन् । उनले शनिबार नै खेल जीवनबाट सन्यास लिएका छन् । गएराती अमेरिकन खेलाडी जस्टिन गेथट्जेलाई पराजित गर्दै उनले ३२ वर्षकै उमेरमा आफनो मार्शल आर्टस करियरलाई अन्त्य गरेका हुन् ।

गएराती अमेरिकन खेलाडी जस्टिन गेथट्जेलाई पराजित गर्दै उनले ३२ वर्षकै उमेरमा आफनो मार्शल आर्टस करियरलाई अन्त्य गरेका हुन् । उनले आफनो आमासँग गरेको प्रतिबद्धता अनुसार शनिबारको खेल नै अन्तिम भएको उदघोष गरेका थिए ।

शनिबार अमेरिकन युएफसी फाईटर जस्टिनलाई हराएपछि उनले करियरकै २९ औं लाईटवेट च्याम्पियनसीप उचालेपछि उचाईमा रहेको करियरलाई सन्याससँगै अन्त्य गरेका हुन् । सधैं उनको खेल हेर्न बावु रिङ बाहिर उपस्थिति हुन्थे । तर शनिबारको खेलमा उनको बावुको उपस्थिति थिएन् । बावु अब्दुलमानप नुर्मागोमेडोभको कोभिड(१९ कै कारण गत जुलाईमा निधन भएको थियो । जुन उनको प्रारम्भिक प्रशिक्षक समेत थिए । जित उनकै नाममा समर्पण गर्दै रिटार्यडमेन्ट लिएका हुन् ।

अबुधावीमा भएको प्रतिस्पर्धामा अमेरिकन खेलाडी केवल १ मिनेट ३४ सेकेण्ड मात्रै रिङमा टिक्न पुगे । दोस्रो राउण्डको खेलमा ट्रयाङगल चोककै कारण जस्टिन अर्धचेत भएपछि खबिबले जित्दै इतिहास रचेका हुन् । उनको करियरको २९ औं फाईट थियो । उनले आफनो लाईट वेटमा कुनै प्रतिस्पर्धा गुमाएका छैन्न अर्थात २९-०को अवस्थामा छन् । उनले युएफसी २५४ बाट सन्यास लिएपछि खबिबसँग प्रतिस्पर्धा गर्ने चाहना राखेका फाईटर समेत आश्चर्य बनेका छन् । उनले गत वर्ष नै कोनर म्याकग्रेगरलाई पराजित गरेका थिए ।

जितपछि खबिबले भने- म केही भन्न चाहन्छु, यो मेरो अन्तिम फाईट थियो । म यहाँ बावु विना एक्लै आएको छु । पछि के भयो थाहा छैन् मेरो बावुको । जब मलाई युएफसीबाट सम्पर्क गरियो, जस्टिनको बारेमा भनियो । मैले मेरो आमासँग तीन दिन कुराकानी गरेको थिएँ । मलाई बुवा विना फाईटमा नजान आमाले आग्रह गर्नुभएको थियो । तर मैले आमासँग प्रतिबद्धता गरेको थिएँ कि यो मेरो अन्तिम फाईट हो भनेर । मैले जे बोले त्यो पुरा गरे ।