पन्जाबसँग कोलकोत्ता ८ विकेटले पराजित

- प्ले अफ रोमाञ्चक हुने अपेक्षा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित


कोलकोत्ताका राहुल त्रिपाठी बल क्याच गर्ने प्रयास गर्दै ।

सारजहा(एजेन्सी)-मन्दिप सिंह र क्रिस गेलले अर्धशतीकय पारी खेलेपछि किंग्स इलाभेन पन्जाबले व्याक टु ब्याक जित निकाल्दै प्ले अफमा सम्भावनालाई कायमै राख्दै रोमाञ्चक बनाएको छ ।

सोमबार सारजहास्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदान भएको आईपिएलमा पन्जाबले कोलकोत्ता नाईट राइर्डसलाई ८ विकेटले पराजित गर्दै १२ अकंसहित शीर्ष चारभित्र परेको छ । समान अंक भएपनि कोलकोत्ता भने नेट रनरेटको आधारमा पाँचौ स्थानमा छ ।

कोलकोत्ताले दिएको १५० रनको लक्ष्य पछ्याएको पन्जाबले ओपनर केएल राहुलको २८ रनको योगदान रहदाँ मन्दिप सिंहले अविजित ६६ रनका पारी खेले । सिंहले ५६ बलमा ८ चौका र २ छक्का सामेल थियो । पन्जाबको इनिंगमा क्रिस गेलले पनि अर्धशतकीय पारी खेले । उनले ५१ रन बनाए । २९ बल खेल्दै क्रममा दुई चौका र ५ छक्का हिर्काएका थिए । मन्दिप र गेलले उत्कृष्ट पारी खेलेपछि दुई विकेटको क्षतिमै पन्जाबले लक्ष्य भेट्टाएको थियो ।

ओपनर सुभम गिलको अर्धशतकीय पारीमा कोलकोत्ताले ९ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पारेको थियो । कोलकोत्ताका तीन व्याट्सम्यानको मात्रै दोहोरो अंकको रन स्कोर कार्डमा देखियो ।

इओईन मोर्गानले ४० र लोकी फर्गुसनले २४ रन बाहेक अन्य व्याट्सम्यानको रन दोहोरो अंकमा चढ्न सकेन् । मोहम्मद सामीले ३ विकेट लिदाँ रवि विस्नोई र क्रिज जोर्डनले समान दुई दुई विकेट लिएका थिए ।