दिल्ली ८८ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित


खेल सकिएपछि हात मिलाउँदै हैदरावाद र दिल्लीका खेलाडी ।

दुबई(एजेन्सी)-दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गर्दै सनराईज हैदरावादले प्ले अफको सम्भावना केहीहदसम्म कायमै राखेको छ । जित्नै पर्ने दबावमा रहेको हैदरावादले दिल्लीलाई कडा चुनौति प्रस्तुत गरेको थियो ।

गएराती भएको आईपिएलको ४७ औं प्रतिस्पर्धामा कप्तान डेविड वार्नर र ऋद्धिमन साहाले उत्कृष्ट व्याटिंग गरेपछि दिल्लीले कठिन रनको चुनौति पाएको थियो । वार्नरले ६६ र साहाले ८७ रनको योगदानमा हैदरावादले २ विकेटको क्षतिमा २१९ रनको बिशाल योगफल तयार पारेको थियो ।

वार्नरले ८ चौका र २ छक्का हिर्काए । साहाले १२ चौका र २ छक्काको हिर्काउँदै उत्कृष्ट लय देखाए । मनिष पाण्डेले अविजित ४४ रन बनाए ।

फराकिलो लक्ष्य पाएको दिल्ली भने १३१ रनमै समेटिन पुग्यो । ऋषभ पन्तले सर्वाधिक ३६ रनको योगदान गर्दा अजिंक्य राहाणेले २६ रन बनाए । शिखल धवन शून्य रनमै आउटभएपछि दिल्ली विस्तारै धरासायी बन्दै गयो ।

दिल्लीलाई सस्तैमा पभेलियन पठाउने काम भने रसिद खानको भूमिका महत्वपूर्ण रह्यो । उनले ३ विकेट लिदाँ चार ओभरमा केवल ७ रन मात्रै खर्चिए । सात व्याट्सम्यानको रनस्कोर निकै कम रह्यो । सन्दिप शर्मा र नटराजनले समान दुई दुई विकेट लिएका थिए ।