मुम्बईले दियो सनराईजलाई २०९ रनको लक्ष्य

- आईपिएल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


Mumbai indian surya

एजेन्सी-मुम्बई इण्डियन्सले आईपिएल अन्तर्गत आईतबार सनराईज हैदरवादलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिलो विकेट ६ रनमै गुमाएको मुम्बई इण्डियन्सले क्विन्टन डीककको उत्कृष्ठ अर्धशतकीय पारी खेल्दै इनिंग सम्हाले । रोहित शर्मालाई पहिलो विकेटको रुपमा ६ रनमा गुमाएको मुम्बईको इनिंग सम्हाल्दै डीककले ६७ रनको पारी खेले ।

उनले ३९ बल खेल्दै ४ चौका र चार छक्का हिर्काए । सुर्यकुमार यादवले पनि २७ रनको योगदान दिदाँ इशान किसानले पनि ३१ रन बनाई योगफल बढाउन निकै मेहनत गरे । यादवले १८ बल खेल्दा किसानले २३ बलको सामना गरे ।

यादवले ६ चौका ठोके । किसानले १ चौका र २ छक्का खातामा चढासँदा हार्दिक पाण्ड्याले पनि २८ रनको योगदान गरे । पाण्ड्या १९ बल खेल्दै २ चौका र २ छक्का हिर्काए । केइरन पोलार्ड र कुर्नाल पाण्ड्याले नटआउट रहँदै २५ र २० रन बनाए । पाण्ड्याले २चौका र २ छक्का हिर्काए । पाँच विकेटको क्षतिमा मुम्बईले २०८ रन बनाएको थियो । सन्दीप शर्मा र सिदार्थ काउलले दुई दुई विकेट लिए । सिदार्थले ४ ओभरमा ६४ रन खर्चिएका थिए ।