‘माष्टर अफ टर्निङ किक’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित


लक्ष्मण कुँवर

पोखरा–तीन वर्ष भएको थियो, पन्चायती व्यवस्था अन्त्य भएको । पन्चायती व्यवस्थानको राप जनमानसमा अझैं थियो । पन्चायत विरुद्धको आन्दोलन सकिएर बहुदलीय व्यवस्था शुरु भईसकेको थियो । पन्चायती व्यवस्थाको जगजगीले खेल्न पनि निकै गाह्रो थियो । पोखरा रंगशाला खुला चौर थियो । चौरमै खेल्नुपर्ने अवस्था थियो । मार्शल आर्टस खेल्न र सिक्ने अवसर नै थिएन् । उमेर पनि कल्काउँदो । जोश जागँर उत्साह र उमंग छुट्टै थियो । क्योकुशिन कराँते खेल्न थालेको पनि भर्खरै जस्तो हो । १३ वर्षको उमेर(२०४९ साल) मै खेल्न थालेको ।

ह्वाईट बेल्ट । बेल्टको बारेमा खासै ध्यान दिईन्नथ्यो । केवल सिक्ने मात्रै ध्याउन्न हुन्थ्यो । पोखरामा कराँते(मार्शल आर्टस)को शुरुवात खासै भएकै थिएन् । क्योकुशिन फुल कन्ट्याक्ट कराँतेका पूर्व च्याम्पियन लक्ष्मण कुँवर(४२)ले गुरुको प्रशिक्षण अगावै सिक्न थालेका थिए । उनको सिकाई एउटा किस्सा जस्तै छ । ‘सानै देखि मार्शल आर्ट्स खेल्ने सिक्ने धोको थियो । आफ्नै तरिकाले सिक्थें । त्यतिबेला डेक(रिलयुक्त क्यासेट, भिसिआर प्लेयर) ल्याएर मार्शल आर्ट्सका फिल्म हेर्थे ।’ कराँते सिक्दाको अवस्थाको बयान गर्दै कुँवरले सम्झिए–‘ कराँते सिक्ने मनभित्रैको हुटहुटीलाई ब्रुस लीकै फिल्म हेरेर आईडिया लिन्थे । उनकै शैलीमा किक हान्थे ।’ ब्रुस लीले जस्तै हानेको किकको सिको गर्दै कराँते सिकेको पनि आज तीन दशक छोयो ।
……………………………………………………………………………………………………………

२०५३ सालमा स्वर्ण पदक थाप्दै कुँवर ।

जहाँ ईच्छा त्यहाँ उपाय । उखान जस्तै रह्यो उनको कराँते यात्रा । आफैं गुरु आफैं चेला बने । खुला चौरमा होस या खोलामा । दैनिक ८ घण्टा उनले नियमित प्रशिक्षण गर्र्थे । अझ उनको भाषामा भन्नुपर्दा ‘स्पाईरिङ’ गरिन्थ्यो । कराँतेको विश्व च्याम्पियनसिपको भिडियो क्यासेट नै ल्याएर हेरेर भएपनि सिक्ने बानीले कालान्तरमा नेपालकै टप फाईटरको रुपमा आफुलाई उभ्याए । उनको कडा मेहनतले नै क्योकुशिन कराँतेमा छुट्टै छाप छ । ‘माष्टर अफ टर्निङ किक’को उपमा समेत उनलाई दिईन्छ । टर्निङ किक ‘गड गिफ्टेट’ नै ठान्छन् उनी । ‘उनले अधिकांश प्रतिस्पर्धीलाई ‘टर्निङ किक’ ले नै नकाउट हान्दै स्वर्ण पदक चुम्थे ।’कराँतेका सहयात्रीहरु नै सम्झिन्छन् ।

‘भर्खरै ट्रेनिङ सकिएको थियो । २०५६ साल तिरको कुरा हो । कपिलबस्तुमा राष्ट्रियस्तरको खेल खेल्न जाँदै थियौं । बसको सिटमा सुतिरहेको थिएँ । सपनामा पनि हुक हानेको देखेर हात चलाएछु । हातले बसको सिटमा ‘हुक’ हाने छु । अगाडि सिटमा बसेको मान्छे सिटबाटै हुत्तिएछ । अरु सिटका मान्छे तर्सिएछन् ।’

लक्ष्य एउटै थियो, कसरी सिक्ने र टुर्नामेन्ट जित्ने । खेलाडी भईसकेपछिको उद्देश्य नै जित्नु हो । स्वर्ण पदक जित्नु नै अन्तिम लक्ष्य हो । कराँतेमा नकाउट हान्नुपर्छ भन्ने मात्रै दिमागमा आउँथ्यो । कडा मेहनत हुन्थ्यो । मेहनतको फल उनले झण्डै ७ वर्ष कायम राखे । उनी पोखराकै पहिलो कराँतेका ब्ल्याक बेल्ट शिष्य हुन् । २०५२ सालमा कम्मरमा कालो पेटी बाँध्ने सौभाग्य पाए । २५ वर्ष अघि ब्ल्याक बेल्ट कुँवर अहिले पोखरा रंगशालामा हप्तामा दुईतीन मात्रै माथिल्लो स्तरका खेलाडीलाई मुआथाई र कराँते प्रशिक्षण दिने गर्छन् ।

कराँते प्रतिको लगाव बारे सुनाउँदै कुँवर भन्छन–‘दैनिक आठ घण्टा ‘स्पाईरिङ’ मै बित्यो । स्कुले परीक्षालाई समेत छोडेर प्रशिक्षण गरिन्थ्यो ।’ हरबखत कराँतेको ध्याउन्न हुन्थ्यो । सुत्दा होस र उठ्दा केवल कराँते मात्रै दिमागमा आउँथ्यो । त्यतिमात्रै नभएर सपनामा कराँतेमा हानेको ‘हुक’ व्युँझिदाँ यथार्थमा परिणत भएको थियो । ‘भर्खरै ट्रेनिङ सकिएको थियो । २०५६ साल तिरको कुरा हो । कपिलबस्तुमा राष्ट्रियस्तरको खेल खेल्न जाँदै थियौं । बसको सिटमा सुतिरहेको थिएँ । सपनामा पनि हुक हानेको देखेर हात चलाएछु । हातले बसको सिटमा ‘हुक’ हाने छु । अगाडि सिटमा बसेको मान्छे सिटबाटै हुत्तिएछ । अरु सिटका मान्छे तर्सिएछन् ।’ कुँवरले आफनो अविस्मरणीय किस्सा सुनाए ।

लक्ष्मण कुँवर

कराँते नशा नशामा छ । २०५२ सालमा शिव गुरुङसँगको भेटबाट कराँतेले प्रशिक्षण गर्ने अवसर पाएको थियो । त्यतिबेला नै सिकेर ब्ल्याक बेल्ट बाँध्ने अवसर जुरेको थियो । ब्ल्याक बेल्ट बाँध्नु अघि नै केही प्रतियोगिता खेलिसकेका थिए । जुन उनलाई अवसरको रुपमा उपयोग गरे । कराँतेको एरिना(रिङ)भित्र छिरेपछि गुरु चेला भन्ने नै हुदैन् । तर उनले आफनै गुरुसँग भने दुई पटक आमने सामने हुन पुगे । गुरुसँगको प्रतिस्पर्धामा उनले वाक ओभर दिएर गुरुप्रतिको सम्मान जनाए । कुँवरले विशेष गरी ६० केजी तौल मुनिको प्रतिस्पर्धामा उत्रिन्थे । दुई पटक गुरु सँगको भिडन्तमा दुवै पटक गुरुलाई सम्मान गर्दै छाडिदिए ।

कराँतेमा उनको लगाव छ । गहिरो प्यासन छ । त्यही भएर होला उमेरको ढल्काई बढेपछि शरीरको लचकता भने घटेको छैन् । किकमा उनको लचकता कुनै कमि छैन् । सक्रिय खेलजीवनबाट टाढिए पनि कराँतेबाट उनी आफुलाई टाढा राख्न भने सकेका छैनन् । हप्तामा बढीमा तीन दिन सिनियरलाई प्रशिक्षण गराउँदै आफु पनि फिटनेसमा जुट्छन् । आफैं संयोजक बनेर जिल्ला तथा क्षेत्रीय एवं राष्ट्रियस्तरका कराँते प्रतियोगिता समेत आयोजना गरिसकेका छन् ।

उपलब्धीहरु-
– जावलाखेलमा आयोजित अल नेपाल ओपन फुलकन्ट्याक्ट कराँते २०५३(६०केजी मुनि) –स्वर्ण
– काठमाडौंमा अल नेपाल टुबोर्ग च्याम्पियनसिप–२०५४ (५५ केजी मुनि)– स्वर्ण
– जावलाखेलमै आयोजित राष्ट्रिय प्रतियोगिता २०५४ स्वर्ण
– पोखरामा आयोजित दोस्रो राष्ट्रिय फुल कन्ट्याक्ट कराँते २०५५– स्वर्ण
– बसन्तपुरमा आयोजित बसन्तपुर च्याम्पियनसीप २०५६–स्वर्ण
– काठमाडौंमा आयोजित अल नेपाल फुल कन्ट्याक्ट कराँते २०५६ मा स्वर्ण
– बालाजु च्याम्पियनसीप २०५८–स्वर्ण
– दुई पटक बेष्ट फाईटरको उपाधि

उनी भन्छन–‘बेल्ट आफैंमा सबैथोक होईन् । तर खेलाडीको टे«निङ महत्वपूर्ण हो ।’ मेहनत गर्नुपर्छ । हिजो खेलाडी नेचुरल रुपमै स्ट्रोङ थिए । खेती किसानी गरेको शरीर आफैं बलियो थियो । अलि अलि सिक्दा शरीर घन जस्तै हुन्थ्यो । कडा मेहनत गरेर सिकिन्थ्यो । तर अहिले त्यस्तो छैन् । कडा मेहनत गराएर सिकाउन थाले भोलिबाट आउँदैनन् । ‘माया गरेर फकाएर सिकाउनुपर्ने अवस्था छ ।’ हिजो खेलाडीलाई सुविधा थिए । किक ब्याग, म्याट थिएन् । धुलोमै खेल्नुपथ्र्यो । अहिले किक ब्याक, म्याटमा खेलाइन्छ । व्यवस्थित छ । तर खेलाडी भने स्तरीय निस्कन सकेका छैनन्’ उनले यथार्थता सुनाए । उनकै प्रशिक्षणमा राष्ट्रिय खेलाडीको रुपमा झरना गुरुङ उदाएकी हुन् ।

अहिले खेलाडीलाई बेल्ट बाँध्न हतार हुन्छ । छ महिनामा एक पटक बेल्ट टेष्ट हुन्छ । ब्ल्याक बेल्ट लिन काठमाडौं जानु पथ्र्यो । काठमाडौंमा ब्ल्याक बेल्टको लागि कम्तीमा १० फाईट लड्नुपथ्र्यो । १० फाईट नलडेपछि ब्ल्याक बेल्ट पाइन्नथ्यो । जुन विगतमा मेहनत खेलाडीले गर्थे । त्यो मेहनत अहिले देखिन्न । उनी ब्ल्याक बेल्ड थर्ड डान हुन् । जगत गौचन(संस्थापक क्योकुशिन कराँते),रामजीप्रसाद बज्र्रचार्य, डिआर खरेल, भीमसेन कार्की, राजेन्द्र सुवेदीलाई उनले सम्झिन्छन् । मुआथाईका प्रमुख प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदार उनका क्योकुशिन कराँतेका सहयात्री हुन् ।

२०५३ सालमा काठमाडौं आयोजित प्रतियोगितामा उपाधि सहित ।

नेपाली क्योकुशिन कराँतेमा आफना अमिट छाप छोडेका कुवँरलाई कराँतेमै बैराग्य समेत लागेको छ । विर्सनै नसक्ने घटना समेत उनको दिमागमा अझैं ताजै छ । ‘२०५३ सालमा काठमाडौंको बसन्तुपरमा आयोजित बसन्तपुर फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा फाईनलमा भिडिरहेको थिएँ । पहिलो, दोस्रो र तेस्रो राउण्ड समेत ड्र भयो । विपक्षीलाई ‘ह्यामर किक’ हान्दा समातेर रफ हिर्कायो । तर निर्णय उसैको पक्षमा दियो । त्यो दिन कराँतेकै दुखद घटनाको रुपमा रहेको सुनाउँछन् ।’

कराँतेमा कडा अनुशासन हुन्छ । अझ भन्नुपर्दा राणाशासन झैं । राणाशासनमा राणाको विरुद्ध बोल्न पाईन्थ्यो । त्यस्तै कराँतेमा गुरुको बोली अकाट्य हुन्थ्यो । गुरुको निर्देशन कानून बढी थियो । निर्देशन पालना नगरे सजायँको भागिदारी सबैजसो भईन्थ्यो । अधिंकाश खेलाडी अनुशासनमै रहेर खेल्थे ।

खेलाडीलाई राजनीतिक नेताले उपयोग गरेको देख्दा उदेक लाग्छ । उनी आफैं सम्झन्छन–चुनावमा नेताहरुले प्रयोग गर्थे । खेलाडीलाई यो दिन्छु र त्यो दिन्छु भन्दै आश्वासन बाँडथे । अन्तिममा हातलायो शून्य । उनी आफु पनि चुनावी अभियानमा हिडेको स्मरण गर्दै सुनाउँछन ‘खेल सामाग्री पाईने आशामा चुनावमा हिडियो तर नेताले दिएको आश्वासन पुरा भएन् । केवल चुनावी अभियानमा मात्रै खेलाडीलाई प्रयोग गरियो ।’

कडा अनुशासनमा रहेर प्रशिक्षण गरेको अवस्थामा अहिले पनि नयाँ युवापुस्तालाई कडा अनुशासनमा राखेर सिकाउन सकिने अवस्था भने छैन् । हप्काएर गाली गरेर होईन मिठास शैलीमा माया गरेर फकाएर सिकाउनुपर्ने अवस्था छ । ‘हिजो हामीले कडा अनुशासनमा सिक्यौं । कडा मेहनत गर्यौं । तर अहिले अनुशासनसँगै मेहनत गराउन पनि लचिलो बनाउनुपर्छ । खेलाडीकै चाहना अनुसार सिकाउनुपर्छ ।’ उनी विगत र अहिलेको अवस्थालाई तुलना गर्छन् ।
……………………………………………………………………………………………………………
आफना सन्तानलाई खेलाडीको रुपमा अघि बढोस भनेर परिवारले खासै प्रेरित गर्दैनन् । खेल खेलेर जीविको पार्जन गर्न सक्ने अवस्था छैन् । खेलप्रतिको लगाव आमाबुवाको देखिदैन् । यद्यपी कुँवर चार दाजुभाइमध्ये हुन् । उनलाई भने परिवारले नै सपोर्ट गर्यो । अझ माईलो दाइ पनि खेलाडी भएकोले खेलकुदप्रति अभिप्रेरित गर्थे । गेम खेल्न जादाँ पैसा हुदैन्थ्यो । तर साथीभाइसँग समेत मागेर गेम खेल्न गईन्थ्यो ।

भर्खरै एसएलसी दिएका बसेका थिए । घरमै साना बालबालिकालाई ट्युसन पढाउँथे । पैसाको जोहो त्यताबाट गर्थे । ट्युसनबाट उठेको पैसाबाट कराँते प्रतियोगितामा भाग लिन जाने र टाईट खाने गर्थे । केही आयोजकले खाना बस्नसँग गाडी भाडा समेत दिन्थे । त्यसरी नैे एक दशक सक्रिय खेल जीवनमा समर्पित भए ।

नियमित ट्रेनिङ । डाईट खानुपर्ने । परिवारबाटै पाएको केही पैसा जोगाउँदै टाईट खाने अनि गेम खेल्न जाने प्रचलन थियो । खेलाडीको स्वदेशमा मात्रै नभई विदेशमा समेत खेल्न जाने ईच्छा हुन्छ । तर उनको हकमा भने पाएको एउटा अवसर पनि गुम्यो । पाकिस्तानको कराँचीमा एशियन गेम्सको लागि नेपालबाट छनोट भएका थिए । एक हप्ता मात्रै बाँकी थियो । कराँचीमा बम विस्फोट भएपछि खेल स्थगित हुन पुग्यो । विदेश जाने सपना उनको तुहियो ।

खेलाडीलाई राजनीतिक नेताले उपयोग गरेको देख्दा उदेक लाग्छ । उनी आफैं सम्झन्छन–चुनावमा नेताहरुले प्रयोग गर्थे । खेलाडीलाई यो दिन्छु र त्यो दिन्छु भन्दै आश्वासन बाँडथे । अन्तिममा हातलायो शून्य । उनी आफु पनि चुनावी अभियानमा हिडेको स्मरण गर्दै सुनाउँछन ‘खेल सामाग्री पाईने आशामा चुनावमा हिडियो तर नेताले दिएको आश्वासन पुरा भएन् । केवल चुनावी अभियानमा मात्रै खेलाडीलाई प्रयोग गरियो ।’

सक्रिय खेलजीवनलाई थाँती राख्दै कुँवरले एक दशक फुलबारी रिसोर्टमा कर्मचारीको रुपमा विताए । रिसोर्टमा सुरक्षागार्ड( बाउन्सर) भए । रिसोर्ट बन्दसँगै उनको पेशा बदलियो । फुलफूलको सप्लार्यस छ । त्यो पेशासँगै कराँतेको प्रशिक्षण गराउँदै आएका छन् । एक छोरा र एक छोरीका बाबु हुन् । कुवँरले आफना सन्तानलाई पनि आत्मरक्षाको लागि सेल्फ ट्रेनिङ भने दिदैं आएका छन् ।