टी-२० विश्वकप आयोजना गर्न कस्सियो बिसिसीआई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


भारतीय क्रिकेट बोर्ड(बिसिसीआई)

एजेन्सी-भर्खरै भारतीय फ्रेन्चाईज क्रिकेट प्रतियोगिता(आईपिएल)को १३ औं सस्करण सकिएको छ । कोरोना कहरकै बीचमा दुबाई तथा अबुधावीमा आयोजना गरियो । स्वास्थ्यलाई ख्याल गर्दै दर्शक विना आईपिएल टुग्याइएको छ । भारतले केही महिना यता क्रिकेटको ठूलो प्रतियोगिता आयोजना गरेको छैन् ।

ठूलो प्रतियोगिता आयोजना नगरेको भारतले आगामी वर्षको नोभेम्बर डिसेम्बर(२०२१) मा आईसिसी टी-२० विश्वकप प्रतियोगिता गर्ने कम्मर कसेको छ । भारतीय क्रिकेट बोर्ड(बिसिसीआई)ले विश्वकप टी२० प्रतियोगिता गर्ने छलफल शुरु गरेको छ । कोभिड(१९ कै कारण अष्ट्रेलियामा आयोजना गरिने भनिएको विश्वकप टी-२० सन २०२२ सम्मलाई सारिएको थियो ।

कोरोना कहर केही कम हुदैं गएको अवस्थामा विभिन्न देशमा आयोजना गर्न सकिनेमा विसिसीआई आशावादी बनेको छ । विसिसीआईका सचिव जया शाहले आईपिएल सफलतापूर्वक सम्पन्न गरिएको भन्दै अब आईसिसी टी.२० विश्वकप सुरक्षित र स्वाथ्यको ख्याल गरी मेजबानी गर्न प्रतिबद्ध रहेको सुनाईन् । यसको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत गरिन् ।

आईसिसीले जारी गरेको बयान अनुसार शाहले थपिन बिसिसीआईले यो सुनिश्चित गर्नको लागि कुनै कसर बाँकी राखिदैन् । यो प्रतियोगिताको लागि सबैको स्वास्थ्य र सुरक्षाको ध्यानमा राखिन्छ । विश्वकपमा भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अष्ट्रेलिया, ईग्ल्याण्ड, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी, नामिविया, अफगानिस्तान, नेदरल्याण्ड, ओमान र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।