भारत विरुद्धको टेष्टको लागि अष्ट्रेलियाको टिम घोषणा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


अष्ट्रेलियाको टिम

एजेन्सी-भारत विरुद्धको टेष्ट सिरिजको लागि अष्ट्रेलियाले आफनो टोलीको घोषणा गरेको छ । टोलीमा पाँच नयाँ खेलाडीले अवसर पाएका छन् । भारत र अष्ट्रेलिया बीच तीन टेष्ट सिरिज खेल हुने छ ।

अष्ट्रेलियाले आफनो स्क्वाडमा युवा खेलाडी क्यामरुन ग्रिन, गिल पुकोवस्की,मिचेल स्वेपसन, तिब्र गतिका बलर सेन एबाट तथा माईकल नेसरलाई पहिलो पटक सामेल गरेको हो । नेसर अलराउण्डर हुन् ।

टेष्टको लागि अष्ट्रेलियाले टिम पेन(कप्तान) को जिम्मेवारी दिएको छ । डेविड वार्नर, प्याट कमिन्स, जो बन्र्स, जोस ह्जलउड, ट्रेविस हेड, मार्नस लाबुसेन, नाथन लियोन, जेम्स प्याटिसन, स्टिभ स्मिथ रहेका छन् ।

नयाँ खेलाडीले अष्ट्रेलियाली क्रिकेटमा छाप छोड्ने विश्वास गरिएको छ । सबै घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेर राष्ट्रिय टोलीमा समावेश गरिएको टिम छनोटकर्ता ट्रेबर होन्सले जनाए । उनको भनाई अनुसार सेफिल्ड शिल्डको लागि उनीहरुको प्रदर्शनले प्रभावित बनाएको थियो । उनको ध्यान बार्डर गावस्कर ट्रफी जित्ने लक्ष्य हुने छ । अष्ट्रेलियाले गत वर्ष २०१८/२०१९ मा गुमाएको थियो ।

तीन एक दिवसीय खेलको श्रृखंला २७ नोभेम्बरमा शुरु हुने छ । त्यसपछि तीन टी-२० को खेल खेलिने जनाइएको छ । एकदिवसीय र टी.२० सकिएपछि चार टेष्ट म्याच खेल्ने छ । कोरोना कहरपछि भारत अष्ट्रेलियाको भ्रमणमा निस्कदैं प्रशिक्षण शुरु गरेको छ । टेष्ट र टी-२० को लागि अष्ट्रेलियाले टिम घोषणा गरिसकेको छ । टी -२० मा भने केही हेरफेर हुने छ ।