म्यारोडोनाको निधनले विश्व फुटबल जगत स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित


अस्ताए महान खेलाडी ।

एजेन्सी-विश्व फुटबल जगतले फुटलबका महान हस्तीलाई गुमाएको छ । अजेन्टियन लेजेन्ड डियागो म्यारोडोनाको ६० वर्षको उमेरमा गएराती निधन भएको हो । उनको निधनले विश्वफुटबल स्तब्ध बन्न पुगेको छ । मानसपटलमा म्यारोडोनाको फुटबल खेल्दाको क्षणको याद आउँन थालेको छ ।

केहीदिन अघिमात्रै मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफलातापूवर्क गरिएपछि अस्पतालको बसाईबाट म्यारोडोना घरमै आराम गरेका थिए । तर उनको बुधबार राती निधन भयो । त्यसपछि उनको अल्कोहल डिपेनडेन्सी सम्बन्धी उपचार हुँदै थियो । उनको निधनले विश्व फुटबलरले सर्वकालिन महान खेलाडी गुमाएको सामाजिक सञ्जालहरुमा लेखेका छन् ।

ह्याण्ड अफ गड । चर्चित छ । इग्ल्याण्ड विरुद्ध गरेको उनैको हाते गोलले विश्वकपको उचाल्ने सम्मको सम्झाना अब मानसपटलमात्रै हुने छ । १ लाख १० हजार ५ सय दर्शक थिए । हाते गोलले उनलाई सुपरह्युमनको संज्ञा दियो । म्यारोडोना अर्जेन्टिनाका क्याप्टेन हुन् भने उनको नेतृत्वमा अर्जेन्टिनाले १९८६ मा विश्वकप फुटबल जितेको थियो ।

सन १९८४ मा उनी बार्सिलोनाबाट नापोली सरुवा भएका थिए । नापोली घरेलु क्लब थियो । त्यतिबेला उनी विश्वकिर्तिमानी मूल्यमा ट्रान्सफर भएका थिए । सन २०१० मा उनले अर्जेन्टिनाको राष्ट्रिय टिमको नेतृत्व सम्हालेका थिए ।

होचो कदका म्यारोडोनाको फुटबलको उचाई भने निकै माथि छ । उनी एक्लैले मिडफिल्डबाट सबैलाई कटाउँदै छलाउँदै गरेको गोल इतिहासको पानामा ताजै छ । पछिल्लो समय म्यारोडोना लागु औषध र मदिरा सेवन गर्थे । अधिक मोटाईले उनीलाई निकै गाह्रो बनाएको थियो ।