सम्झनामा म्याराडोना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित


अब सम्झनामा म्याराडोना

एजेन्सी-होचो कद । तर फुटबलको उचाई भने निकै अग्लो । होचो तर फुर्तिलो डिएगो म्याराडोनाले आधुनिक फुटबल जगतलाई ह्याण्ड अफ गड छोडेर विदा भए । ६० वर्षको उमेरमा गएराती निधन हुन पुग्यो । फुटबल जगत उनको निधनले शोकमा डुब्यो ।

गरीब परिवारबाट फुटबल उदाएका म्याराडोनाको जीवन लागु औषध र मदिरा सेवनका घटनाले बढि चर्चित भए । फुटबलको करियर छोडेपछि लागुऔषधको लतमा डुबुल्कीका मार्दै मृत्युसँग संघर्ष गरिरहेका थिए । केही समय अघि मात्रै मष्तिस्कको शल्यक्रिया गरेका थिए । आफना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि आईशोलेसन बसेको म्याराडोनाले धर्तीबाट बिदा लिए ।

अर्जेन्टिनको बोका जुनियर्सबाट फुटबलको करियर अघि बढ्यो । राष्ट्रिय टोलीमा सामेल भए । राष्ट्रिय जर्सीमा उत्रिदैै आफनै कप्तानमा १९८६ मा विश्वकप फुटबलको उपाधि दिलाए । विश्वकपमै ईग्ल्याण्डसँगको प्रतिस्पर्धामा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै जित दिलाए । गोल हातले गरे । हाते गोल विश्वमा चर्चामा रह्यो । उनले अभिव्यक्ति दिने क्रममा ह्याण्ड अफ गडको संज्ञा दिए । विश्व फुटबलमा महान खेलाडीको अवसनले विश्व फुटबल जगत स्तब्ध हुदाँ अर्जेन्टिनाले भने तीन दिन शोक मनाउने निर्णय गरिसकेको छ । बार्सिलोनाबाट किर्तिमानी मूल्यमा नापोली फर्किएको म्याराडोनाको सम्झानामा नापोलीस्थित फुटबल मैदान उनको नाममा समर्थित गरिने निर्णय समेत भएको छ ।

म्याराडोनाको फुटबल करियर निकै लोभलाग्दो छ । उनले विश्वकपमा १६ खेलमा कप्तानी गरेको रेकर्ड छ । उनी बाहेक अन्य खेलाडीले विश्वकपमा कप्तानी गरेका छैनन् । फुटबल करियरमा ३१२ गोल गरेका छन् । अन्तराष्ट्रिय करियरमा ९१ खेलका छन् । जसमा ३४ गोल गरेका थिए ।

अर्जेन्टिनाको जर्सीमा म्याराडोनाले चार वटा विश्वकपमा २१ खेल खेलेका थिए । ८ गोल गर्दै ८ असिष्ट गरेको तथ्यांक छ । सन १९८६ मा गरेको ह्याण्ड अफ गड समेत सामेल छ । उनको ह्याण्ड अफ गड गोलले ईग्ल्याण्डलाई विश्वकपमा क्वार्टरफाईनलबाट बाहिरिनु परेको थियो ।

म्याराडोनाले आफनो फुटबल करियरमा ११ प्रतियोगिता जितेका थिए । जसमा एक विश्वकप, एक युईएफए कप, एक नेसन्स लिग, फिफा युथ च्याम्पियनसिप, र पाँच नेशनल कप जितेको तथ्यांक छ । म्याराडोना फिफा प्लेयर दि सेन्चुरीबाट सम्मानित भएका थिए । विश्वकपमा गोल्डेन बलबाट सम्मानित भईसकेका थिए । बालोन डि ओर, दुई पटक साउथ अमेरिक फुटबल अफ दि ईयर, छ पटक नेशनल लिग सर्वाधिक स्कोररबाट पुरस्कृत भएका थिए ।

१५ वर्षकै उमेरमा फुटबलमा चर्चित भइसकेको म्याराडोना बोका जुनियर्सबाट व्यवसायिक फुटबल शुरु गरेका थिए । बोका जुनियर्सले उनलाई अनुबन्धन गर्न दशलाख पाउण्ड खर्चिएको थियो । त्यसपछि उनी राष्ट्रिय टोलीमा सामेल भए । १९८२ को विश्वकपमा अर्जेन्टिनाको जर्सी लगाए । ५ खेल खेल्ने अवसरमा उनले दुई गोल हिर्काएका थिए । अर्जेन्टिना १९८२ को विश्वकपमा क्र्वाटरफाईलनमा पुगेको थियो । म्याराडोनाले १९८२ देखि १९९४ सम्मको विश्वकप खेलेका थिए ।