
काठमाण्डाै, पुस २५ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलाे साता देखी काठमाडाैंमा हुने भएकाे छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता माघ २ गतेदेखि गर्ने जनाएको हो । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेल दुइ मैदानमा हुनेछन । खेल त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच त्रिवि मैदानमा प्रतिस्पर्धा हुने छ ।