गण्डकी प्रदेश आज आर्मीसँग खेल्दै

- तीन खेलाडीलाई वाईन किङको प्रायोजन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०७७ मा प्रकाशित


खेलाडीलाई वाईन किङको प्रायोजन

पोखरा-विपिन खत्रीको कप्तानीमा रहेको गण्डकी प्रदेश क्रिकेट टोलीले आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै छ । गण्डकी प्रदेशले उदघाटन खेल नेपाल आर्मीको त्रिभुवन क्लबसँग त्रिभुवन विशवविद्यालयको क्रिकेट मैदानमा खेल्ने छ ।

अशोक श्रेष्ठ उपकप्तान रहेका छन् । दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, अर्जुन कुमाल, अभिषेक थापा, सुवास भण्डारी, राहुल उपाध्याय, दिपक डुम्रे, समीर कडेंल, विष्णु पौडेल, विष्णु पाण्डे र दिनेश बुढामगर रहेका छन् । ४ जना बैकल्पिक छन् ।

गण्डकी प्रदेशका तीन खेलाडीलाई वाईन किङ प्रा.लिले प्रायोजन गरेको छ । प्रालिले सुवास भण्डारी, अभिषेक थापा र अर्जुन कुमाललाई प्रत्येक खेलवापत ७ सय रुपैयाँ प्रोत्साहन स्वरुप दिएको छ । प्रालिका प्रोपाईटर विरेन पुनले युवा खेलाडीलाई प्रायोजन गर्दै अर्धशतक हिर्काए १ हजार भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको सुनाए ।

उनका अनुसार शतक प्रहार गरे २हजार प्रोत्साहन भत्ता उपलब्ध गराईने छ । खेलाडीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले खेलाडीहरुलाई प्रायोजन गरेको उनले बताए । प्रालिले दाङमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि गण्डकी प्रदेश टोलीलाई समेत झोला प्रायोजन गरेका थिए ।