पाहुना टोली बार्सिलोनामाथि रियालको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २९ गते २०७७ मा प्रकाशित


मड्रिड, चैत २९ । डिफेन्डीङ च्याम्प्यिन रियाल मड्रिडले भ्रमणकारी टोली बार्सिलोनालाई पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २–१ गोलको जित निकाल्दै रियाल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा रियाललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक÷एक गोल गरे गर्दा बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काउँदै अन्तर घटाएका थिए ।

खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २–० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा ओस्कारले एक गोल फर्काएपनि बार्सिलोनाको हारलाई टार्न सकेनन् ।

यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछिको समयमा बार्सिलोना खेलमा फर्किन सकेन र शीर्षता कायम गर्ने अवसर गुमाउन पुग्यो ।
जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।