मासन माउन्टको ह्याट्रिमा चेल्सीको सानदार जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ६ गते २०७८ मा प्रकाशित


काठमाडौं । मासन माउन्टको ह्याट्रिको मद्दतमा चेल्सीले नर्विचत सिटीमाथि ७–० को फराकिलो जित निकालेको छ ।

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीले नर्विचविरुद्ध पहिलो हाफमा तीन र दोस्रो हाफमा थप चार गोल गरेको हो । ह्याट्रिक पूरा गरेका माउन्टले आठौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । एक तर्फी जस्तो भएको खेलमा माउन्टले ८५औं मिनेटमा पेनाल्टी र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यस अघि पहिलो हाफमा ३–० को नतिजा सुम्पिँदा १८औं मिनेटम कलुम हुड्सनले टोलीका लागि दोस्रो र रिस जेम्सले ४२औं मिनेटमा गर्दै पहिलो हाफमा आफ्नो टोलीको अग्रता तेब्बर बनाएका थिए । पहिलो हाफमा निरिह बनेको नर्विच दोस्रो हाफमा पनि चल्न सकेन ।

निरन्तर दबाबमा परेको नर्विचविरुद्ध ५७औं मिनेटमा बेन चिलवेलले गोल थप्दै चेल्सीको अग्रता ४–० मा पु¥याए । त्यसको पाँच मिनेट पछि नर्विचका म्याक्स आरोन्सले उपहार गोल दिँदा चेल्सी ५–० ले अगाडि रह्यो । ६५औं मिनेटमा नर्विचका बेन गिब्सनले दोहोरो पहेँलो कार्डको समान गर्दै मैदान बाहिरिएपछि भ्रमणकारी टोली झन दबाबमा प¥यो र थप दुई गोल खान पुग्यो ।

रवाफिलो जित निकालेको चेल्सी शीर्ष स्थानमा अटाएको छ । ९ खेलबाट २२ अंक जोडेको चेल्सी भन्दा एक खेल कम खेलेको लिभरपुलको १८ अंक छ । उता स्तब्ध भएको नर्विच तालिकाको पुछारमा छ । नर्विचले नबौं खेलको यात्रा सम्म आईपुग्दा मात्र अंक जोडेको छ ।