
पोखरा-पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ । साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो । मैत्री पाठशालाले एक स्वर्ण र एक कास्य पदकसहित च्याम्पियन बनेको हो ।
पोखरा महानगरपालिका खेलकुद विकास समिति र मोहन भुगोल व्याडमिन्टन फाउण्डेसनको संयुक्त आयोजनामा पोखरा रगंशालाको व्याडमिन्टन हल सम्पन्न प्रतियोगितामा निमावि छात्रा एकल तर्फ पोखराको मैत्री पाठशालाकी निभा राईले फाइनलमा बिद्या बिकासकी आस्ना श्रेष्ठलाई २१—१४, २१—१४ को सेटमा पराजित गर्दै च्याम्पियन बनिन । निमावि छात्र एकल तर्फको खेलमा काठमाण्ठौंको च्याम्पियन स्कुलका सुदेस राजकोटीले काठमाण्डौंकै रोजम्यारी आइडलका दियोन भण्डारीले फाइनल खेलमा २१—८, २१—५ को सोझो सेटमा पराजित गर्दैै उपाधि चुमे ।

निभा यू—११ की राष्ट्रिय खेलाडी हुन् । प्रतियोगितामा कास्कीकी मैत्री पाठशालाकी निभा राई उदीयमान खेलाडी घोषित भईन । उनलाई माउण्टेन वाइक समेत पुरस्कार प्रदान गरियो । मोहन भुगोल व्याडमिन्टन फाउ(ण्डेशनले निभालाई एकवर्षको लागि फाउण्डेशनको ब्राण्ड एम्बेसेडर समेत बनाएको छ । मावि छात्र एकल तर्फको खेलमा बागमती अल्टरनेटिभका सुविन श्रेष्ठले फाइनल खेलमा श्रीकृष्ण संस्कृत तथा साधारण माविका इन्केशसिंह ठकुरीलाई २१—७, २१—५ को सहज सेटमा पराजित गरेका थिए ।
मावि छात्रा एकल तर्फको खेलमा पोखराको सेन्टम्यारिज स्कुलकी यू १७ की राष्ट्रिय च्याम्पियन दिलासा रानाले काठमाण्डौंकी ग्यालेक्सी पबिलक स्कुलकी रिहान शेरचन फाइनलमा २३—२१, २१—१४ को सेटमा पराजित गर्दै स्वर्ण पदक चुमिन् । प्रतियोगितामा निमावि छात्रा तर्फ अस्मिता खत्री उत्कृष्ट खेलाडी घोषित भईन । निमावि छात्र तर्फ काठमाण्डौंको रोजमेरी आइडोलका देवन भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । पोखरा महानगरपालिका वडास्तरीय पुरुष डवल तर्फको खेलमा पोखरा १६ का अनिल बस्नेत र बिशाल बस्नेतको जोडीले फाइनल खेलमा पोखरा १६ कै इसान खड्का र आशिस श्रेष्ठको जोडीलाई २१—११, २१—१४ को सेटमा पराजित गर्दै विजेता भए । वडास्तरियमा समेत पोखरा १६ उत्कृष्ट वडा घोषित भएको छ ।

३५ बर्ष माथि उमेर समुह युगल पुरुष तर्फ कास्कीका बिशाल खड्का र त्रिभुवन आर्मी क्लवका सुरज मर्हजनको जोडीले फाइनल खेलमा चितवनका विधान गुरुङ र पर्वत कुष्मा राजन गुरुङको जोडीलाई २१—११, २१—१४ को सेटमा पराजित गर्दै विजेता भए । त्यस्तै ४५ बर्ष माथि उमेर समुह युगल पुरुष तर्फ कास्कीका डोलराज आले र पर्वतका प्रेम गुरुङको जोडीले कास्कीका नरबहादुर गुरुङ र बाँकेका अनिल लाखेको जोडीलाई २१—१६, २१—९ को सेटमा पन्छाउदै प्रथम भए । ५५ बर्ष माथि उमेर समुह युगल पुरुष तर्फ चितवनका बुद्धि चौधरी र धादिङका बिष्णुलाल श्रेष्ठको जोडीले कास्कीका बाबुराम पन्त र कास्कीकै महेश शाक्यको जोडीलाई २१—१६, २३—२१ को सेटा पराजित गर्दै प्रथम भए । प्रतियोगितामा निमाविस्तरिय बिजेता छात्र तथा छात्रालाई ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै ३५, ४५ र ५५ वर्षमाथिको उमेर समूहका विजेतालाइ ३०, दोश्रोलाई २० र तेश्रो हुने टोलीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरुलाई समाजसेवी एवं रामघाट गुम्बाका संस्थापक विलबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, जिल्ला अध्यक्ष शुसिलकुमार श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पोखरा १६ का अध्यक्ष अमृत तिमिल्सिना, पोखरा खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, फाउण्डेसनका अध्यक्ष भुगोल गुरुङ, कार्यक्रम संयोजक सुर्वण गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा कास्की जिल्ला व्याडमिन्टन संघका संस्थापक अध्यक्ष जयराज हमाललाई बिषेश सम्मान गरिएको थियो ।