Author Archive

अन्तराष्ट्रिय कभर्डहल बनाउने प्रतिबद्धता

चितवन-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले चितवनमा अन्तराष्ट्रिय ब्याडमिन्टन कभर्डहल बनाउन परिषदले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथीको रुपमा उपस्थित खेलसमुदायलाई सम्वोधन गर्दै सदस्य सचिव सिलवालले चितवनमा अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्नका लागि जग्गा उपलब्ध गराएमा राष्ट्रिय खेलकुद परिषदले निर्माणका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । पुरा पढौ

पोखरा म्याराथनमा नेपाली सेनाका धावकको बर्चस्व

पोखरा-१५ औं संस्करको पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजना शनिबार भएको प्रतिस्पर्धामा ४२.१९५ किलोमिटरको दुरीलाई आर्मीका रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । दोस्रो स्थानमा पनि नेपाल आर्मीकै धावक आईपुगे । २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समयमा दौड पुरा गर्दै आर्मीका गोविन्दप्रसाद भट्टराई दोस्रो स्थानमा चित्त बुझाए । आर्मीकै धावक देवराज बस्नेत भने तेस्रो स्थानमा आए । उनले दौडलाई २… पुरा पढौ

महिला हाफ म्याराथनको उपाधि पुलिसकी प्रसाईलाई

पोखरा-पोखरामा आयोजित महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिसकी राजपुरा प्रसाईले जितेकी छन् । नेपाल भुतपूर्व खेलाडी मन्चको आयोजनामा महिला तर्फ आयोजित पहिलो हाफ म्याराथन(२१ किलोमिटर)को दुरीलाई उनले १ घण्टा २७ मिनेट १ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् । जुम्लाकी राममाया बुढा दोस्रो स्थानमा रहिन् । उनले १ घण्टा ३० मिनेट ५ सेकेण्डमा पुरा गरिन् । तेस्रो स्थानमा भने शसस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठ आईन् । उनले दुरीलाई १ घण्टा ३१ मिनेट २ सेकेण्डमा पुरा गरेकी थिईन् । महिला हाफ… पुरा पढौ

पोखरा म्याराथन

पोखरा-पोखरामा शनिबार विहान १५ औं संस्करणको पोखरा म्याराथन शुरु भएको छ । विभागीय धावक सहित विभिन्न जिल्लाका २०९ जना धावकहरुले म्याराथनमा सहभागिता जनाएका छन् । पोखरा रंगशालाबाट शुरु भएको म्याराथन पोखराको बजारसहित लेखनाथ क्षेत्र घुमेर पोखरा रंगशालामै पुगेर ४२ दशमलव १९५ किलोमिटर पुरा हुने छ ।। यस पटक महिला हाफ म्याराथनलाई समेत समावेश गरिएको छ । महिला हाफ म्याराथनमा २९ जना धाविकाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । सिटी म्याराथनको अवधारणासँगै शुरु भएको म्याराथनले पोखरालाई अन्तराष्ट्रिय खेलकुदको शहरको रुपमा परिचित गराउने विश्वास… पुरा पढौ

महिला तर्फ शसस्त्र र नेपाल पुलिस उपाधि प्रतिस्पर्धा

पोखरा-न्यु डायमण्डलाई पराजित गर्दै शसस्त्र प्रहरी बल टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको फाईनल प्रवेश गरेको छ । शुक्रबारको महिला तर्फको अन्तिम खेलमा शसस्त्रले न्यु डायमण्डलाई सोझो सेटमा पराजित गरेपछि फाईनल तय गरेको हो । समान अंक भएपनि शसस्त्र प्रहरी बल सेटको भागफलको आधारमा पछि पर्दै उपाधि होडबाट बाहिरिएको हो । शसस्त्र प्रहरीले पहिलो सेट २५–२१ मा लिदैं अग्रता बनायो । दोस्रो सेटमा पनि शसस्त्रले उस्तै सेटमा लियो । २५–२१ मै दोस्रो सेट लिएर न्यु डायमण्ड विरुद्ध शसक्त प्रदर्शन गरेको शसस्त्रले… पुरा पढौ

प्रदेश २ सँग गण्डकी प्रदेश पराजित

पोखरा-गण्डकी प्रदेश तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । आज शुक्रबार कन्चनपुरको महेन्द्रनगरमा आयोजित प्रतियोगितामा पहिलो पटक आमने सामने भएको प्रदेश नं २ सँग १–० गोलले पराजित हुन पुग्यो । जितले पदकको छुने थियो । तर हारले पदक विहीन हुदै फकिर्नुपर्ने अवस्था छ । मैदान अभाव र प्रशिक्षक विहीनको बाध्यतालाई थाँती राख्दै कन्चनपुर हक्की संघको आयोजनामा महेन्द्रनगर पुगेको गण्डकी प्रदेशले अब तेस्रो खेल सुदुर पश्चिमसँग खेल्ने छ । अन्तिम खेल भने गण्डकीले प्रदेश न.… पुरा पढौ

हिमालसँग रत्नजित पराजित

चितवन-नेपाल नं।१ खेलाडी रत्नजित तामाङ्ग पराजित भएका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनल प्रवेशका लागि भएको पुरुष एकल स्पर्धामा सेनाका रत्नजित सेनाकै हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका तामाङ्ग २१-१६, १३-२१, १२-२१ ले पराजित भएका हुन् । पुरुष युगलको स्पर्धालाई मध्यनजर राख्दै पुरुष एकलमा जोड नदिएको रत्नले बताए । पुरुष एकलमा जोड दिंदा अझ बढि चोट ब्यहोर्नु पर्ने भएकाले पुरुष युगलका लागि… पुरा पढौ

गण्डकी र आर्मी उपाधिको लागि भिड्ने

पोखरा-गण्डकी प्रदेशले टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधिको लागि त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको छ । गण्डकीले आज भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । आर्मीले पनि विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–० को सोझौ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने… पुरा पढौ

गण्डकी प्रदेश फाईनलमा

पोखरा-शसस्त्र प्रहरी बल(एपीएफ) को चुनौतिलाई सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश टाईगर कप क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ले लियो । दोस्रो सेटमा भने शसस्त्रले कडा चुनौति पेश गर्यो । खेल निकै रोचक र प्रतिस्पर्धात्मक बन्न पुग्यो । तर गण्डकीले अन्त्यमा २९–२७ को सेटमा… पुरा पढौ

भोलि पोखरा म्याराथन

पोखरा-सिटी म्याराथनको अवधारणा अघि सारेर आयोजना गर्दै आएको पोखरा म्याराथनको १५ औं सस्करण भोलि शनिबार पोखरामा हुदै छ । शनिबार पोखरा रंगशालादेखि शुरु हुने पोखरा म्याराथनमा डेढसय धावकले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पुरुष म्याराथनसँगै पहिलो पटक महिला हाफ म्याराथन समावेश गरिएको छ । हाफ म्याराथनमा १९ सहभागि रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । म्याराथनमा ४ देशका १५६ जना धावकहरु दौडिने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए । उनका अनुसार नेपाल, जापान, वेलायत र उरुग्वेका खेलाडीहरु प्रतियोगितामा दौडिनेछन् ।… पुरा पढौ