Author Archive

बिहीबारदेखि विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

पोखरा-कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा आगामी बिहीबारदेखि १९ औं संस्करणको अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुदैं छ । संघले वर्षेनी संस्थापक अध्यक्ष समेत रहेका इन्द्रबहादुर गुरुङको स्मृतिमा विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता भदौ २१, २२ र २३ गते पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा हुने छ । विद्यालयस्तरीय प्रतियोगिताको लागि कास्कीस्थित प्याब्सन तथा एनप्याब्सनलाई पत्रचार गरिसकिएको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार छात्र तथा छात्राको एकल र युगल इभेण्टमा प्रतिस्पर्धा गराईने छ ।अध्यक्ष श्रेष्ठका… पुरा पढौ

आगामी मंसिर दोस्रो साता नवौं नेपालगन्ज म्याराथन

नेपालगन्ज–नवौं धारा नेपालगन्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुनेछ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १… पुरा पढौ

गण्डकी प्रादेशिक हक्की संघ गठन

पोखरा-गण्डकी प्रादेशिक हक्की संघको भेलाले दिपकबहादुर थापाको अध्यक्षतामा सात सदसस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पुजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन् । यसैगरी सदस्यहरुमा चनमन श्रीमल, दिपक थापा, अजय क्षत्री रहेका छन् । केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको उपस्थिति रहेको थियो । प्रदेश खेलकुद परिषद गण्डकीको प्रतिनिधिको रुपमा सदस्य केशव पाठकको रोहबलमा नयाँ समिति सर्वसम्मत गरिएको हो ।प्रदेशको कास्की, स्याङजा, तनहुँ, पर्वत र बाग्लुङमा नयाँ कार्यसमिति गठनपछि… पुरा पढौ

सूचीकृत नभएका रेफ्री, प्रशिक्षकलाई खेल सञ्चालन र प्रशिक्षणमा रोक

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्की प्रशिक्षकविहीन हुदै गएको छ । राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षकहरु अवकाश प्राप्त हुदैं गएपछि प्रशिक्षणमा समस्या भएको छ । कास्कीमा अब केवल तीनजना मात्रै प्रशिक्षक बाँकी छन् । तीनमध्ये भारोत्तोलन प्रशिक्षक बखतमान श्रेष्ठ पनि आगामी फागुनमा अवकाश हुदैं छन् । सहायक प्रशिक्षकद्वय सुरेन्द्र गुरुङ(सितेरियो कराँते) र जीवन घिमिर (शारीरिक सुगठन) मात्रै छन् । तेक्वान्दोका प्रशिक्षक सुनबहादुर लामा अहिले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खेलकुदको उर्वर शहर कास्की खेलकुद प्रशिक्षक विहीन बन्दै गएको छ… पुरा पढौ

प्रादेशिक क्रिकेट संघ गण्डकीको अध्यक्षमा सिग्देल

पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघको दोस्रो अधिवेशनबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार भएको अधिवेशनले कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।समितिको उपाध्यक्षमा प्रकाश पौडेल(नवलपुर), सचिवमा सुमनराज कार्की(तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा(स्याङ्जा) रहेका छन् । यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी,विद्यादेवी भट्टराई,भोजराज बराल र सन्तोष शर्मा रहेका छन् । कार्यसमितिको कार्यकाल चारवर्षको हुने छ । अध्यक्ष सिग्देलले सपथ ग्रहणपछि कुराकानी… पुरा पढौ

५५ औं एशियाली शारीरिक सुगठन प्रतियोगिता भाद्र तेश्रो साता

काठमाडौं-नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा हुने ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भाद्र १५ गते बाट काठमाण्डौमा हुने भएको छ । नेपालमा पहिलो पटक अहिले सम्मकै ठुलो रहेको प्रतियोगितामा एशियाली राष्ट्रका २५ मुलुककाले प्रतिस्पर्धामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । दरवारमार्गस्थित याक एण्ड यती होटलमा करिव ३०० खेलाडीहरुले पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् । सात दिन सम्म संचालन हुने प्रतियोगिताको… पुरा पढौ

पोखरा काठमाडौंपछिको अन्तराराष्ट्रिय क्रिकेट भेन्यु– अध्यक्ष चन्द

पोखरा-नेपाली क्रिकेट टोली यतिबेला एशिया कपको तयारीको लागि पाकिस्तान गएको छ । तर यता नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीहरु भने चुनावी सरगर्मीमा छन् । चुनावी सरगर्मीमै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता जनाएका छन् । ‘नेपालले यु–१९ महिला विश्वकप आयोजना गर्दै छ । अबको तीन वर्षभित्रमा पोखरालाई काठमाडौंपछिको अन्तरराष्ट्रिय भेन्यु बनाउन प्रतिबद्धता गर्छु’ अध्यक्ष चन्दले भने । नेपाल क्रिकेट संघको चुनावी अभियानले क्रिकेटमा आँच आउन नहुने उनले स्पष्ट पारे । उनले चुनावी सरगर्मी शुरुभईसकेको… पुरा पढौ

कविर र अभय रजतमै सिमित

काठमाडौं-नेपालका कविर के।सी। र अभय महरा काठमाण्डौमा जारी ब्याडमिन्टन एशिया ९दक्षिण एशिया० क्षेत्रीय जुनियर च्याम्पियनसिपको यु १७ पुरुष युगल तर्फ रजतमै सिमित भएका छन् ।ब्याडमिन्टन एशियाको आयोजनामा भएको च्याम्पियनसिपको फाईनलमा कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एस।एस।एम।सिफत उल्लाहसंग २१–११, २१–११ को सोझो सेटमा पराजित भएका हुन् । नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनसिपको यु १७ को पुरुष एकल तर्फ पनि बंगलादेशका एस।एस।एम। सिफत उल्लाहले स्वर्ण हात पारे । पुरुष युगलमा स्वर्ण जितेका उल्लाहले एकलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१–१६,… पुरा पढौ

दिलासा र रेहाना फाईनलमा

काठमाडौं-ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा दिलासा राना र रिहाना शेरचनको जोडी फाईनलमा प्रवेश गरेका छन् । राना र शेरचनको जोडीले यु १५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । अहिले सम्मको नतिजामा अन्य खेलाडीहरु सेमिफाईनलबाट अगाडी बढ्न सकेनन् । यु १५ तर्फनै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसंग… पुरा पढौ

नेपालको दोहारो सफलता

काठमाडौं- नेपाली खेलाडीहरुले ब्याडमिन्टन एशिया (दक्षिण एशिया)क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तरगत मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेको छ । नेपाल सहित श्रीलङका, पाकिस्तान, मालदिभ्स, भुटान र बंगलादेश सम्मिलित च्याम्पियनसिपको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यु–१५ तर्फ र यु–१७ दुवै तर्फ जित आत्मसाथ गरेको छ । यु–१५ र यु–१७ दुवै तर्फ नेपालले वेष्ट अफ फाईभको प्रतिस्पर्धामा मालदिभ्स माथि ५–० को जित निकालेको हो । लिगको आधारमा खेलाईएको प्रतियोगितामा १५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन… पुरा पढौ