Author Archive

क्रिकेट मैदान बनाउन छलफल, पीच, बाउण्ड्री, तारजाली र डे«नेज बनाईने

पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने योजनासहित पोखरा रंगशाला क्रिकेट मैदानको पीच तथा आउट फिल्ड निर्माण गर्ने निर्णय गरिएको छ । सागलाई लक्षित गर्दै ४ वटा पीच मर्मत गर्ने निर्णय समेत गरिएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषदका प्राविधिकसहित नेपाली क्रिकेटका कप्तान पारस खड्का, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल लगायतको टोलीले छलफल गर्दै आवश्यक पुर्वाधार निर्माण गरिने निष्कर्ष निकालिएको छ । भईरहेको क्रिकेट पीचदेखि पुर्वतर्फको नेचुरल पहाडसम्म जति रेडियस पुग्द त्यति… पुरा पढौ

फुलकन्ट्याक्ट कराँते, महिला तर्फ सुष्मी र पुरुष तर्फ अमिर खुल्ला तौल समूहका च्याम्पियन

पोखरा(खेलाडी न्युज)-नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा सञ्चालित प्रथम राष्ट्रव्यापी खुल्ला नेपाल फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा खुला तौल समूहमा अमिर देउजा च्याम्पियन बनेका छन् । दोस्रो स्थानमा सुजन घले रहे । ६५ केजी तौल समूहको प्रतिस्पर्धामा सन्तोष काशिराज प्रथम हुदाँ गण्डकी प्रदेशका गोविन्द रोक्का दोस्रो स्थानमा चिक्त बुझाए । रोका आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्णधारी हुन् । पुरुष तर्फकै ६० केजी तौल समूहमा विश्व लामाले स्वर्ण पदक जिते । सुशान्त लामिछानेले रजत पदकमा चिक्त बुझाउन पुगे । ५५ केजी… पुरा पढौ

६ करोड लगानीमा निर्मित स्पोर्टस् क्यासल उद्घाटन, स्पोर्टस्को किल्ला बनोस ः अर्थमन्त्री गुरुङ

पोखरा(खेलाडी न्युज)-पोखरा महानगरपालिका –४ गणेशटोलस्थित ६ करोड लागतमा निर्मित ‘स्पोर्टस् क्यासल’ संंचालनमा ल्याईएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आज (शनिबार) उद्घाटन गर्दै क्यासल बिधिगत सञ्चालनमा ल्यार्ईएको हो । सो अवसरमा बोल्दै अर्थमन्त्री गुरुङले स्पोर्टस् क्यासल खेलुकदको किल्ला बन्नुपर्ने बताए । उनले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउन मद्दत गर्ने बताउदै शारिरिक र मानशिक रुपमा तन्दुरुस्त बन्नका लागि क्यासल दरिलो माध्यम बन्न सक्ने उल्लेख गरे । खेलले मानिसलाई मनोरञ्जन दिने भएकाले मानसिक रुपमा पनि स्वस्थ्य रहन महत्वपुर्ण भुमिका… पुरा पढौ

राष्ट्रिय महिला भलिबल शुरु, गण्डकी प्रदेश र न्यू डायमन्डको जित

पोखरा(खेलाडी न्युज)-पोखरा–१९ लामाचौरमा शनिबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सञ्चालित ‘लामाचौर तीज महोत्सव २०७६’ को अवसरमा आयोजित भलिबल प्रतियोगितमा गण्डकी प्रदेश र यू—डाईमण्ड एकेडेमीले जित आत्मसात गरेका छन् । लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आयोजित पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङसिल बोर्डिङ स्कुल काठमाण्डौंलाई २५—१४, २५—११, २५—१५ को सोझो सेटमा पराजित गर्दै जितबाट प्रतियोगिताको शुरुवात गर्यो । त्यसै गरी दोश्रो खेलमा यू—डाईमण्ड एकेडेमीले चितवन टाईगर्स क्लवलाई २५—१४, २५—२०, २५—१४ को… पुरा पढौ

‘प्रगति बोर्डिङ’ विद्यालयस्तरीय व्याडमिन्टन च्याम्पियन

पोखरा(खेलाडी न्युज)-इन्द्रबहादुर गुरुङ स्मृति १८ औं विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगताको उपाधि प्रगति बोर्डिङ स्कुलले जितेको छ । उच्चमाध्यमिक तह तर्फ छात्रा डबल्समा जनप्रियले जितेको छ । शनिबार पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा भएको फाईनलमा जनप्रियाका पे्रक्षा केसी र पुजा शर्माको जोडीले जनप्रियकै सविना आचार्य र सदीक्षा आचार्यको जोडीमाथि २१–१०, २१–१० को सेटले पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । छात्रा एकल तर्फको प्रतिस्पर्धामा जनप्रियकी सविना आचार्यलाई जनप्रियकै पे्रक्षा केसीले २१–१६, २१–१६ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा बनाईन् । यसैगरी… पुरा पढौ

लामाचौर तीज महोत्सव, छात्रा भलिवलको उपाधि केफलाई

पोखरा(खेलाडी न्युज)-“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ पोखराको लामाचौरमा आयोजित छात्रा भलिवल प्रतियोगिताको उपाधि करुणानिधि एजुकेशन फाउण्डेशन(केफ)ले जितेको छ । केफले फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टप्स उच्च माविलाई २५—१९, १९—२५, २५—१८, २२—२५, १५—१० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार रहेकोे छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला प्रतियोगितामा शनिबार लिग चरणका ४ खेलहरु हुने भएको खेल संयोजक शुशिल कुमार श्रेष्ठले बताए । नव आदर्श सामुदायिक… पुरा पढौ

विद्यालयस्तरीय व्याडमिन्टन, उच्चमावि तह छात्रामा जनप्रियको बर्चस्व

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा आयोजित१८ औं सस्करण विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत उच्चमाध्यमिक तह(१२ कक्षासम्म)छात्रा एकल तर्फको उपाधिको लागि जनप्रियकी सविना आचार्य र जनिप्रयकै प्रेक्क्ष्या केसी भिड्ने छन् । सविनाले सैनिककी स्वष्तिका पौडेललाई २१–९, २१–१५ को सेटले पराजित गर्दै फाईनल पुगिन् । त्यस्तै जनप्रियकै प्रेक्क्ष्याले आफनै सहकर्मी पुजा शर्मालाई १४–२१, २१–१८ र २१–१६को सेटमा पराजित गरेकी थिईन् । छात्रा डबल्सको उपाधिको लागि जनप्रियले जनप्रियकै खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार भएको सेमिफाईनल खेलमा जनप्रियका प्रेक्क्ष्या ा केसी र पुजा शर्माको जोडीले सैनिक… पुरा पढौ

पारा पावरलिफ्टीङ्ग प्रशिक्षण सुरु

पोखरा(खेलाडी न्युज)-राष्ट्रिय पारा पावरलिफ्टीङ्ग संघको आयोजनामा पारा महिला पावरलिफ्टीङ्ग प्रशिक्षण काठमाण्डौमा शुक्रबारबाट सुरु भएको छ । ठमेलस्थित मर्साङ्गदी होटलमा हुने कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरे । नेपालमा पारा महिला पावरलिफ्टीङ्ग खेलाडी उत्पादन गर्ने उद्धेशयले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरदेखि मुनिका भाग कमजोर रहेका करिव २५ पारा खेलाडी र प्रशिक्षकहरुले तीन दिन सम्म प्रशिक्षण लिने छन् । जसका कारण नेपालमा पारा पावरलिफ्टीङ्गका खेलाडीहरुको विकास र विस्तार हुने विश्वास लिईएको छ । तीन दिन सम्म संचालन हुने… पुरा पढौ

‘प्रथम खुल्ला राष्ट्रिय फुलकन्ट्याक्ट कराँते’ प्रतियोगिता शुरु

पोखरा(खेलाडी न्युज)-पोखरामा प्रथम खुल्ला राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुरु भएको छ। शुक्रबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको प्रतियोगितामा विभिन्न ४५ जिल्लाका क्योकुशिन कराँतेका १७ वटा संघमा आवद्ध खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको उदघाटन नेपालमा क्योकुशिन कराँतेका संस्थापक जगत गौचनले गरेका थिए । नेपाल क्योकुशिन कान कराँते संघको आयोजनामा आयोजित यो पहिलो राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ गरी १४ वटा तौल समूहमा प्रतिस्पर्धा गराईएको छ । प्रतियोगितामा पुरुषतर्फ ३५ केजी,… पुरा पढौ

भोलिदेखि क्योकुशिन कान कराँते प्रतियोगिता, खेलाडी पोखरा आइपुग्दै

पोखरा(खेलाडी न्युज)-नेपालका कराँते खेलाडी यतिबेला पोखरा आईपुगेका छन् । शुक्रबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पहिलो क्योकुशिन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको लागि नेपालका विभिन्न जिल्लाबाट विभिन्न कराँते संघमा आवद्ध खेलाडीहरु सहभागिताको लागि आईपुगेका छन् । नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा शुक्रबार र शनिबार प्रतिस्पर्धा हुने छ । नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष बेलबहादुर थापाका अनुसार पुरुष तर्फ ८ वटा तौल समूहमा र महिला तर्फ तीन तौल समूहमा प्रतिस्पर्धा गराईने छ ।… पुरा पढौ