Author Archive

पारा तेक्वान्दोमा कविराजको अर्को फड्को

काठमाडौं -प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् । लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएकोे अनलाइन लेबल–२ कोर्स उतीर्ण गरेका हुन् । पारा तेक्वान्दोको लेबल–२ कोर्स पूरा गर्ने लामा एक्लो नेपाली प्रशिक्षक पनि हुन् । यसअघि लामाले गत असोजमा सञ्चालन भएको लेबल–१ परीक्षामा सफलता हात पारेका थिए । लेबल–१ कोर्स लामासँगै… पुरा पढौ

‘माउन्टेन स्पोर्टस गेम’को योजना

पोखरा-स्पोर्टस(खेलकुद) अनि टुरिज्म । एउटै सिक्का दुई पाटा हुन् । खेलकुद पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो । दीगो पर्यटन प्रवद्र्धनको लागि आगामी पाँचवर्षभित्रमा ‘माउन्टेन स्पोर्टस गेम’ आयोजना गर्ने तयारी छ । पर्वतीय खेलकुद महासंघका अनुसार खेलकुदसँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अभियानसहित सन २०२३ देखि २०२५ भित्रमा गेम गर्दै अन्तराष्ट्रिय विश्वव्यापी अभियान चलाउने योजना छ । सन २०२१ को अप्रिलमा पोखरा–जोमसोम क्षेत्रमा अफरोड मोटर रेस गर्ने योजना थियो । तर कोभिड–१९ को महामारीले स्थगित गरिदियो । कालीगण्डकी क्षेत्रमा आयोजना गरिने अफरोड रेस… पुरा पढौ

क्रिकेट प्रतियोगितासँगै पोखरामा खेलकुद गतिविधि फर्किदैं

पोखरा-नौ महिनापछि पोखरामा खेलकुद गतिविधि फर्किदैं छ । मंगलबारदेखि क्लबस्तरी क्रिकेट प्रतियोगितासँगै पोखरा रंगशालाभित्र खेलकुदको गतिविधि सक्रिय हुने छ । मंगलबारदेखि कास्की जिल्ला क्रिकेट संघको आयोजनामा क्लबस्तरीय छनोट प्रतियोगिता शुरु हुदैं छ । पुसको दोस्रो साता हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि छनोट शुरु हुने छ । चैत ११ गतेपछि कोरोना कहरले शुरुभएको लकडाउनको नौ महिना वितेपछि पहिलो पटक प्रतियोगिताको तयारी गरिएको हो । यसभन्दा अघि कुनैपनि खेलकुद प्रतियोगिता पोखरामा आयोजना भने गरिएको थिएन् । छ क्लबले छनोट प्रतियोगिताको सहभागिता… पुरा पढौ

रियल मड्रिडसँग सेभिल्ला आफनै मैदानमा पराजित

एजेन्सी-भिनिसियस जुनियरको निर्णायक गोलमा रियल मड्रिडले सेभिल्लालाई उसैको घरमा१-० गोलले पराजित गरेको छ । पहिलो हाफ गोल रहित टुंगिदाँ निकै दबावमा रहेको रियलले ५६ औं मिनेटमा भिनिसियसको निर्णायक गोलमा जित पक्का गर्दै तीन अंक जोड्यो । दोस्रो हाफमा गोलको खडेरी तोड्ने क्रममा मेन्डीले दिएको पासलाई भिनिसियसले हल्का टचले गरे । उनको टचले सेभिल्लाका गोलकिपरको हातमा आएपनि फुत्किएर गोलमा परिणत भएपछि रियलले जितको खुशीयाली मनाउने पर्याप्त रह्यो । जितसँगै रियल स्पेनिस ला लिगामा २० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । एक… पुरा पढौ

फोहोरको चपेटामा रङ्गशाला

पोखरा-पोखरा रङ्गशाला फोहोरको चपेटमा परेको छ । रङ्गशालाभित्रै सेती नदीको किनारमा प्लाष्टिकजन्य फोहोर फाल्ने डम्पिङ्ग साईट बनेको छ । रङ्गशाला भित्र जोकोही छिर्न नपाएपनि फोहोरको मात्रा थुप्रिएको छ । थुप्रिएको फोहोरलाई शनिबार हिल हिमालयजले सफाई गर्यो । सफाईकै क्रममा १०० बोरा फोहोर निकालियो । रङ्गशालाभित्रबाट प्लाष्टिकजन्य फोहोरसँगै वियरका बोतल र सिरिन्ज भेटिएको हिल हिमालयजले जनाएको छ । रंगशालाभित्रबाट फोहोर संकलन गरेर डम्पिङ साईट पठायो । ‘पोखरा रङ्गशाला डम्पिङ साईट नै बनेको देखियो’ सरसफाई अभियानमा लागि परेको हिल हिमालयजका सदस्य राजु… पुरा पढौ

घरेलु भूमीमा भारतसँग अष्ट्रेलिया ११ रनले पराजित

एजेन्सी-टी नाटराजन र युजभेन्द्र चाहालले समान तीन तीन विकेट लिएपछि अष्ट्रेलिया भ्रमणमा रहेको भारतले पहिलो टी२० सिरिजमा घरेलु टोलीलाई ११ रनले पराजित गरेको छ । शुक्रबार क्यानबेरामा भएको सिरिजको पहिलो खेल जित्दै भारत घरेलु टोलीमाथि हावी हुन पुग्यो । एक दिवसीय खेल २-१ ले गुमाएको भारतले अष्ट्रेलियालाई १६१ रनको चुनौति दिएको थियो । तर अष्ट्रेलिया सात विकेट गुमाउँदै १५० रनमा समेटियो । अष्ट्रेलियन तीन व्याट्सम्यान दोहोरो अंकको रनबाट चुके । कप्तान आरोन फिन्च र डिआर्चे सर्टले पहिलो विकेटको लागि महत्वपूर्ण… पुरा पढौ

पानीजन्य(वाटरस्पोर्टस) खेलकुद पर्यटनको आधार

पोखरा-पोखरा र आसपासका क्षेत्रमा पानीजन्य खेलकुद(वाटरस्पोर्टस)को प्रचार सम्भावना भएपनि त्यसबारेमा अध्ययन हुनै सकेको छैन् । ताल, नदीनालामा पानीजन्य खेलकुदका गतिविधि सञ्चालन गर्ने पर्यटकीय खेलकुद प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर त्यस तर्फ सरोकार निकायको ध्यान गएको छैन् । गण्डकी प्रदेश विश्वकै उत्कृष्ट साहसिक खेलकुदको गन्तव्य बन्न सक्छ । कास्कीमा भएका तालहरुमा फ्लाट वाटर स्पोर्टस गर्न सकिन्छ । तालहरुमा फ्लाट वाटर गेम गर्न सकिन्छ । तालहरुमा वाटर स्की, पावर बोटिङ, स्कुभा डाईभिङ, वाटर बेलुन, कायाकिङ, लगायतका खेलकुद गतिविधि गरेर पर्यटन… पुरा पढौ

लेकर्ससँग लिब्रोन जेम्सको दुईवर्षे सम्झौता

एजेन्सी-अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिब्रोन जेम्सलाई लसएन्जलस लेकर्सले थप दुई वर्षको लागि सम्झौता गरेको छ । ३६ वर्षिय जेम्सलाई थप दुई सिजनको लागि ८५ मिलियन अमेरिकन डलरमा सम्झौता गरिएको उनका एजेन्ट रिच पाउलले ईएसपिएनसँग बताएका छन् । उनले दुईवर्षे सम्झौता टुग्याउँदा ३८ वर्षको लाग्ने छन् । उनले सम्झौता अवधिन २०२२-२३ सम्म लेकर्सबाट खेल्ने छन् । सिजनको पहिलो वर्ष २०२१-२०२२ मा ४१ दशमलव १८५ मिलियन डलर पाउने छन् । दोस्रो वर्षमा उनले ४४ दशमलब ४७४ मिलियन डलर पाउने छन् । सिजन… पुरा पढौ

रोनाल्डोको ७५० औं गोलको कोशेढुंगा

एजेन्सी-युभेन्ट्सले डायनामो किभलाई ३-० गोलले पराजित गर्ने क्रममा क्रिष्टियानो रोनाल्डोले फुटबल करियरको ७५० औं गोल गर्दै नयाँ किर्तिमानी बनाएका छन् । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको प्रतिस्पर्धामा रोनाल्डोले दोस्रो हाफमा गोल गर्दै कोशेढुंगा पार गरेका हुन् । २६ औं मिनेटमा फेडरिको चिईसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । उनले दिलाएको अग्रतामा रोनाल्डोले ५७ औं मिनेटमा गोल थर्पै अग्रतालाई फराकिलो बनाए । ६६ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै जित पक्का बनाए । जित अगावै च्याम्पियन्स लिगको नकाउट चरणमा प्रवेश गरिसकेको… पुरा पढौ

अष्ट्रेलिया १३ रनले पराजित

एजेन्सी-क्याबेरामा भएको अन्तिम एक दिवसीय खेलमा भारतले अष्ट्रेलियालाई १३ रनले पराजित गर्दै सिरिज क्लिन स्वीप हुनबाट जोगाएको छ । टस जितेर व्याटिंग गरेको भारतले ३०३ रनको योगफल तयार पारेको थियो । भारतको इनिङमा हार्दिक पाण्ड्याले म्यान अफ दि म्याच खेले । उनले ९२ रनको योगदानमा भारतले अष्ट्रेलिया सामु बलियो लक्ष्य प्रस्तुत गरेको थियो । छैटौं विकेटको लागि पाण्ड्या र रविन्द्र जडेजाले १५८ रनको साझेदारी निभाए । दुवै अविजित रहने क्रममा पाण्ड्याले ९२ र जडेजाले ६६ रन हिर्काएका थिए । कप्तान… पुरा पढौ