Author Archive

मेयर कपको लागि महानगरपालिकाको टोलीको विदाई

पोखरा(खेलाडी न्युज)-बाग्लुङमा सञ्चालित प्रदेश नं ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिताको लागि आज पोखरा लेखनाथ महानगरपालिकाको टिमलाई विदाई गरिएको छ । महानगरपालिकाले भोलि शुक्रबार कुष्मा नगरपालिका पर्वतसँग खेल्ने छ । पोखराबाट विशाल बस्नेत, विशाल श्रेष्ठ(गोलकिपर) छन् । राष्ट्रिय टोलीबाट समावेश भईसकेको मानबहादुर गुरुङ, लक्ष्मण जिसी, सरोज योन्जन, रमेश थापामगर, हरि गुरुङ, अन्जन देवकोटा(डिफेन्स) छन् । त्यस्तै उत्तम गुरुङ, विशन गुरुङ, टंक गुरुङ, त्रिदेव गुरुङ, शुशिल लामा(मिडफिल्ड)मा खेल्ने छन् । अनिल गुरुङ र बेलप्रसाद गुरुङ(स्ट्राइकर)को भूमिका छन् । सन्दिप पौडेल, सुशान… पुरा पढौ

पिसिसी कपको लागि पोखरा, बाग्लुङ र म्याग्दीका क्लब भिड्ने

पोखरा(खेलाडी न्युज) —पोखरा क्रिकेट कप टी—२० प्रतियोगिताको उपाधिको लागि पोखरा, बाग्लुङ र म्याग्दीका क्लबहरुले प्रतिस्पर्धा गर्दै छन्। पोखराका पाँच, बाग्लुङबाट एक र म्याग्दीबाट दुई क्लबले उपाधिको लागि माघ २३ गतेदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भिड्दै छन् । प्रतियोगितामा पोखराबाट पोखरा क्रिकेट क्लब, पोखरा क्रिकेट एकेडेमी, सांग्रिला क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, राईजिङ क्रिकेट एकेडेमी सहभागि छन् । धौलागिरी क्रिकेट क्लब(बाग्लुङ), बुद्ध क्रिकेट क्लब(म्याग्दी) र खबारा क्रिकेट क्लब(म्याग्दी) सहभागि रहेको आयोजक पोखरा क्रिकेट क्लबका सदस्य चन्द्रकुमार गुरुङ(जिम्मी)ले जानकारी दिए । माघ… पुरा पढौ

नेपाल पुलिस क्लब आहाको फाईनलमा

धन बस्नेत, पोखरा-नेपाल पुलिस क्लब आहा रारा गोल्डकप उपाधिको लागि रुस्लान थ्री स्टारसित भिड्ने पक्का गर्दा इतिहास कोर्ने सपना पुर्वेली टोली धरान फुटबल क्लबको सेमिफाईनलबाट टुंगिएको छ । पेनाल्टी गोल मार्फत पुलिसले १—० ले जित्दै फाईनल समीकरण पुरा गर्दा धरानको यात्रा सेमिफाईनलसम्मको लेखियो । २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्दै नेपाल पुलिस क्लबलाई फाईनल पु¥याउन पर्याप्त बन्यो । रोमन लिम्बुले डिबक्सभित्र रवि पासवानलाई तानेर लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेलो कार्ड देखाउँदै पेनाल्टीको मौका दिईयो । पेनाल्टी दिएसँगै… पुरा पढौ

भत्किएको प्यारापिटको ईटा र ढुंगा दर्शकको सिट

पोखरा(खेलाडी न्युज)- १६ औं सस्करणको आज आहा रारा गोल्डकपको दशौं दिन वितेको छ । दशौं दिनमा आईपुग्दा गोल्डकपको दोस्रो सेमिफाईनल नेपाल पुलिस क्लब र धरान फुटबल क्लब बीच हुदैै छ । यतिबेला दर्शकलाई निकै सास्ती भएको छ । प्यारापिट नभएको अवस्था छ । भत्काईएको प्यारापिटमा बसेर दर्शकले गोल्डकपको आनन्द लिएका छन् । प्यारापिट भन्दा अन्यत्र भने भत्किएको प्यारापिटको ईटा र ढुंगालाई सिट बनाई राखेका छन् । फुटबलको रौनकता देखिएपनि प्यारापिट नहुदाँको पीडा स्वयं दर्शकले भोग्दै आएका छन् । पुरा पढौ

बर्नमाउथसँग चेल्सी स्तब्ध, म्यान यु टोटनह्यामसँग पराजित, सिटीको जित

एजेन्सी—दोस्रो हाफमा तीन गोल खाँदै चेल्सी बर्नमाउथसँग पराजित हुन पुगेको छ । पहिलो गोल रहित टुग्याएको चेल्सीले दोस्रो हाफमा भने खेल आफनो पक्षमा राखेपनि स्कोरिङ गर्न भने सकेन् । खेलको ५१ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाए । जोर्डन आईबेले दिएको थ्रो बल पासलाई कलुमले दायाँ खुट्टाले हान्दै पोष्टको दिशा दिए । खेलको दोस्रो गोल ६४ औं मिनेटमा हुन पुग्यो । जुनियर स्टानिसलसले कलुमको पासलाई सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट गोल गरेका थिए । त्यसको तीन मिनेट… पुरा पढौ

धरान र पुलिस आहा गोल्डकप संस्करणमा तेस्रो भेट

धन बस्नेत, पोखरा -आहा गोल्डकपको सेमिफाईनल यात्रा तय गरेको धरान फुटबल क्लबले नेपाल पुलिस क्लबसँग पोखराको मैदानमा आज तेस्रो भेट गर्दै छ । आहाको छैैटौं र १२ औं सस्करणमा क्र्वाटरफाइर्नलनमा भेट भएको यी दुवै टोली १६ औं सस्करणको दोस्रो सेमिफाईनलको भेट पक्का भएको हो । दुवैं सस्करणमा नेपाल पुलिसले धरानलाई पन्छाउँदै उपाधि यात्रा तर्फ लम्किएको थियो । धरानले पनि पोखराको मैदानमा नयाँ इतिहास कोर्न लालायित छ । पुलिस क्लबले भने आफना पुराना खेलाडीको समिश्रणलाई पूर्ण रुपमा हटाई नयाँ युवापुस्तालाई प्राथमिकतामा… पुरा पढौ

इण्डो—नेपाल फ्रेण्डली म्याच, व्याडमिन्टन जित, हकी र ह्याण्डबलमा पराजित

पोखरा(खेलाडी न्युज)—नेपाल— भारत मैत्रीपूर्ण प्रतियोगितामा व्याडमिन्टन तर्फ पोखराका खेलाडी च्याम्पियन बन्दा ह्याण्डबल र हक्कीको प्रतिस्पर्धामा भने भारतीय खेलाडीले जिते । व्याटमिन्टनको पुरुष एकल प्रतिस्पर्धामा कुमार गुरुङले भारतीय खेलाडी शिवमलाई २१—१९, २१—१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते । त्यस्तै सिंगलमा नेपालका रवि श्रेष्ठ, भारतका हिमांशुलाई २१—११, २१—१६ को सेटमा पन्छाए । शम्भु श्रेष्ठ १४—२१, २१—५, २१—१९ सेटमा भारतीय खेलाडी लक्कीलाई पराजित गरे । डबल तर्फको प्रतिस्पर्धामा भने शुशिल पौडेल र कुमार गुरुङको जोडीले भारतका हिमांशु र लक्की २१—१५ को सेटमा… पुरा पढौ

दोस्रो अभ्यासमा नेपालको फराकिलो जित, सन्दीपले लिए चारविकेट

पोखरा (खेलाडी न्युज) – युएईको भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा  निकालेको फराकिलो जितले थप अत्मविश्वासी बनेको छ । अघिल्लो दिन २५ रनको झिनो तर रोमाञ्चक जितले अग्रसर भएको नेपाली टोलीले बुधबारको दोस्रो दिनको मैत्रीपूर्ण खेलमा १९३ रनको फराकिलो जित आत्मसात ग¥यो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी) विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको टोलीले युएई ए नेपाली उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको व्यक्तिगत रन भन्दा पनि कम रनमा समेटिएको थियो । सधैं खराब लयमा देखिने नेपाली व्याट्स म्यान भने… पुरा पढौ

हार्डेनले जोडे एकै खेलमा ६० अंक, तोडियो ४० वर्षको इतिहास

एजेन्सी— १९७८ मा केल्भिन मर्फीले बनाएको ५७ स्कोरको रेकर्डलाई तोड्दै जेम्स हार्डेनले एकै खेलमा ६० अंकको जोड्दै नयाँ इतिहास कोरेका छन् । नेशनल बास्केटबल एशोसियसन(एनबीए)को इतिहासमा एकै खेलमा ६० अंक (डबल र त्रिपल प्वाईन) जोड्दै ४० वर्षे पुरानो इतिहासलाई तोडेका हुन् । उनकै ६० अंकको योगदानमा होस्टन रकेट्सले ओरलाण्डो म्याजिकलाई ११४—१०७ अंकले पराजित गरेको छ । हार्डेनले चौथो क्र्वाटरमा १८ व्यक्तिगत अंक जोड्ेका थिए । खेल १०७ अंकको बराबरीमा रहँदा हार्डेनले ६ अंक (बास्केट) गर्दै ११३—१०७ बनाउँदै जितको नजिक पुर्याएका… पुरा पढौ

प्रशिक्षक तथा क्लबका पदाधिकारीलाई फुटबल सम्बन्धी एकदिने प्रशिक्षण

पोखरा(खेलाडी न्युज) - जापानबाट आएका फुटबल प्रशिक्षकले पोखरामा विभिन्न क्लबमा आवद्ध प्रशिक्षक तथा सदस्यहरुलाई प्रशिक्षण दिएका छन् । जापानको टोकियोस्थित रिस्हो युनिभर्सिटीका फुटबल प्रशिक्षक तोकाई रिनले कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबका पदाधिकारी तथा प्रशिक्षकलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबका पदाधिकारी तथा अन्य प्रशिक्षकहरुको समेत सहभागिता थियो । एकदिने प्रशिक्षणले प्रशिक्षकलाई प्रशिक्षणको क्रममा सकारात्मक भूमिका कसरी निर्वाह गर्ने र खेलाडीको मनोबलाई कसरी उच्च बनाई राख्ने भन्ने विषयमा दिईएको थियो । व्यवहारिकसँगै सैद्धान्तिक प्रशिक्षण निकै राम्रो… पुरा पढौ