Author Archive

बाँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

काठमाडौं- श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएको बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा तेस्रो स्थानमा रहेको बाँसबारी आठौं स्थानको कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिँदा स्थान सुधार गर्ने मौका गुमाएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रतपंक्ति सदुपयोग गर्न चुकेको थियो । सम्हालिएको प्रदर्शन गरेको कुमारीको पनि सोही अवस्था… पुरा पढौ

ब्रदरवुडलाई देश्ना स्मृति भेट्रान्स फुटबलको उपाधि

पोखरा- ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ को उपाधि ब्रदरवुड भेट्रान्सले जितेको छ । ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा पुरानो टुडिखेलमा आज (शनिबार) सम्पन्न फाईनल खेलमा गार्डेन भेट्रान्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ब्रदरवुड च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै ब्रदरवुडले शिल्ड, मेडल सहित नगद रु ७० हजार प्राप्त गर्याे । भने उपविजेता बनेको गार्डेनले शिल्ड, मेडल सहित ४० हजारमा चित्त बुझायो । कुल १८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा ब्रदरवुडका… पुरा पढौ

ईन्जिनियर गुरुङलाई गल्फ मन्थ्ली मेडल उपाधि

पोखरा-पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधि ईन्जिनियर धर्मराज गुरुङले जितेका छन् । शनिबार आयोजित प्रतिस्पर्धामा गुरुङले ४३ स्कोर हिर्काए । पार ७० को कोर्षमा ७ अण्डर खेल्दै गुरुङले उपाधि जितेका हुन् । बसन्त गौचनले लेभलपार खेल्दै उपविजेता बने । उनले ३६ स्कोर गरे । १८ होलको एकदिने प्रतिस्पर्धामा भने ग्रस तर्फको विजेता भने लेफ्टिनेन्ट कर्णेल याम राना भए । कोर्षमा सर्वाधिक बर्डी हिर्काउने पुरस्कार भने बलराम थापाले पाए । उनले ३ बर्डी हिर्काएका थिए ।… पुरा पढौ

कोषाध्यक्षको आर्थिक प्रतिवदेन सुनेकै भरमा पास

पोखरा-तीन वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा शुक्रबार गरियो । साधारण सभामा कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने कार्यसमिति तथा साधारण सदस्यले अध्ययन गर्न पाएनन् । कोषाध्यक्षको आर्थिक प्रतिवेदन नै कार्यसमिति तथा साधारण सदस्यलाई दिईएन् । कोषाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी)ले आफनो प्रतिवेदन बाचन गरे । बाचन गरेको प्रतिवेदनलाई कार्यसमितिका सदस्य र साधारण सदस्यले एकोहोरो सुने । त्यसपछि ताली बजाएर पास गरे । तीन वर्षको अवधिमा क्रिकेट संघले गरेको आर्थिक गतिविधि गहन रुपमा केलाउने अवसर भने कार्यसमिति तथा साधारण सदस्यले पाएनन् ।… पुरा पढौ

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

पोखरा-लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख २० हजार रुपैया सहयोग गरेको हो । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका मुख्य प्रबन्धक दिपक खनाल, प्रमुख सञ्चालक सुकदेब पहारी, पोखरा रामबजार शाखाका प्रवन्धक बालकृष्ण बन, न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगाएतले सहारा क्लबका अध्यक्ष केशब थापालाई चेक हस्तान्तरण… पुरा पढौ

मध्यपुरको पहिलो जित, सातदोबाटोको शीर्षता कायमै

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गर्दा दिनको दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले टुसाल युथ क्लबालाई हराउँदै जारी लिगमा पहिलो जित निकालेका छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा सातदोबाटोले खुमलटार युथ क्लबलाई ३–२ ले पराजित गर्दा अर्को खेलमा मध्यपुरले टुसाल क्लबलाई २–० ले पराजित गरेर जारी लिगमा पहिलो जित निकालेको हो । निकै रोमाञ्चक भएको दिनको पहिलो खेलमा सातदोबाटोको जितमा दार्जे… पुरा पढौ

देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

पोखरा -पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा जारी ‘ दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा ब्रदरवुड भेट्रान्स र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने भएको छ । आज (शुक्रबार) सम्पन्न सेमीफाईनल खेलबाट विजयी बनेको दुई टिम शनिबार पुरानो टुडिखेलमा दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । उनका अनुसार आज (बिहिबार) सम्पन्न पहिलो सेमीफाईनल खेलमा सँगम एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । उक्त खेलमा… पुरा पढौ

स्याङजा र चितवन बीच उदघाटन खेल

पोखरा-सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार पोखरा रंगशाला क्रिेकट मैदानमा यही फागुन १७ गते चितवन क्रिकेट टिमले स्याङजा क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिता शुरु हुने छ । के.एन स्पोर्टस प्रा.लिको आयोजना तथा सुपर जनरल(द कन्फिडेन्स च्वाईस)को मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको दोस्रो दिन १८ गते पहिलो खेल चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ । एफ एण्ड एफ हाम्रो मार्ट प्रालि, गण्डकी प्रदेश क्रिकेट संघ तथा… पुरा पढौ

फागुन २४ गतेदेखि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता

पोखरा-रुपा गाँउपालिकाले आफनो स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता फागुन २४ गतेदेखि हुने प्रतियोगिता फागुन २७ गतेसम्म हुने छ । प्रतियोगितामा देशभरका टीमहरुले सहभागिता जनाउन सक्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । प्रतियोगिताको उपाधि बिजेतालाई ८० हजार, उपबिजेतालाई ६० हजार, तृतीय हुनेलाई ४० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट… पुरा पढौ

समिर उत्कृष्ट

काठमाडौं-नेपाल वादोरियो कराते डो संघको वार्षिक कार्यक्रम अनुसार सञ्चालित ग्रेडिङमा काठमाडौंका समिर लामा उत्कृष्ट घोषित भएका छन् । सहभागी ४९ जना मध्ये समिरले १०० पूर्णाङकमा सर्वाधिक ७९ अंक ल्याउदै उत्कृष्ट बनेका हुन् । सरस्वती डोजोले आयोजना गरेको २१ औं दिक्षान्त कार्यक्रममा समिरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो । ग्रेडिङमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली र दोलखाका खेलाडीको सहभागिता रहेको बताइएको छ । सहभागी ४९ मध्ये ४५ जना ब्राउन वेल्टबाट फस्ट डान ब्ल्याक वेल्ट तथा बाँकी ४ ब्ल्याक वेल्ट फस्ट डानबाट… पुरा पढौ