मुख्य समाचार

१९ दिनपछि क्रिष्टियानो रोनाल्डो कोरोना मुक्त

एजेन्सी-युईएफए च्याम्पियन्स लिगको निकै प्रतिक्षारत खेल युभेन्ट्स र बार्सिलोनाको खेल सकिएको छ । युभेन्ट्स आफनै मैदानमा बार्सिलोनासँग २-० गोलले पराजित भएको थियो । खेल सकिएको दुईदिनपछिमात्रै क्रिष्टियानो रोनाल्डोको कोरोना परीक्षण रिपोर्ट नगेटिभ आएको छ । बार्सिलोनासँगको खेलको २४ घण्टा अघि मात्रै टेष्ट नेगेटिभ आएको अवस्थानमा रोनाल्डोलाई खेल्ने दिने सहमति भएको थियो । उनी पूर्ण फिट भएपनि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि मेस्सी विरुद्ध खेल्न पाएनन् । खेल्न नपाएको झोंकमा रोनाल्डोले इन्ट्राग्राममा आक्रोष समेत पोखेका थिए । आक्रोश पोखेको तेस्रो… पुरा पढौ

राजस्थानसँग पन्जाबको सिजनको दोस्रो हार

अबुधावी(एजेन्सी)-किग्स इलोभन पन्जाबलाई ७ विकेटले पराजित गर्दै राजस्थान रोयल्स आईपिएलको सिजनको प्लेअफको लागि अझैपनि संघर्षरत छ । १२ अंकसहित पाँचौस्थानमा हुदाँ रन रेटकै आधारमा पन्जाबभन्दा एकस्थान तल छ । ेअबुधावीस्थित जायद अन्तराष्ट्रिय क्रिकेट मैदानमा गएराती भएको प्रतिस्पर्धामा १८६ को लक्ष्य पछ्याएको राजस्थानले बेन स्टोकको अर्धशतकीय पारीमा ३ विकेटको क्षतिमा भेट्टाउन सफल भएको थियो । जित्नै पर्ने दबावका बीच क्रिजमा उत्रिएको टोलीको लागि खेल निकै महत्वपूर्ण थियो । बेन स्टोकले २६ बलमा ५० रन बनाउने क्रममा ६ चौका र ३ छक्का… पुरा पढौ

प्ले अफमा पुग्न पन्जाब र राजस्थानलाई जित अनिवार्य

एजेन्सी-आईपिएलको प्ले अफको लागि निकै संघर्ष गर्नुपर्ने बेला आएको छ । जित्नै पर्ने दबावमा छन् । राजस्थान रोयल्स र किग्स इलाभेन पन्जाब बीच प्रतिस्पर्धा हुदैं छ । दुवैलाई जित अनिवार्य छ । १२ औं खेल टुंगिदाँ पन्जाब १२ अंक छ । राजस्थान भने १० अंक छ । यसै सिजनको पहिलो खेलमा राजस्थानले पन्जाबलाई पराजित गरेको थियो । सर्वाधिक स्कोर मध्ये २२३ को लक्ष्य पछ्याउने क्रममा राजस्थानले २२६ बनाउँदै तीन बल बाँकी छदाँ जित दर्ता गरेको थियो । पछिल्लो समय पन्जाब… पुरा पढौ

लिसेष्टर र आर्सनलको जित

एजेन्सी-युईएफ युरोपा लिगा अन्तर्गत गएरातीको प्रतिस्पर्धामा लिसेष्टर सिटीले एईक एथेन्सलाई २-१ गोलले पराजित गर्दा आर्सनलले पनि डुनडाल्कलाई ३-० गोलले पराजित गरेको छ । लिसेष्टरका लागि पहिलो गोल जिम्मी भार्डीले पेनाल्टी मार्फत गरे । उनले १८ औं मिनेटमा पाएको पेनाल्टीसगँै दिलाएको अग्रता पहिलो हाफ टुंगिनु अघि दोब्बर हुन पुग्यो । ३९ औं मिनेटमा हम्जा चौधरेले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । एथेन्सले पनि ४८ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने तर्फ संकेत गर्यो । तर थप गोल गर्न नसक्दा हारबाट… पुरा पढौ

बैकल्पिक ट्रयाक एण्ड फिल्ड बनाउन अध्ययन

पोखरा-पोखराको पुरानो मध्येको अन्नपूर्णमा रंगशालालाई विस्तार गरी बैकल्पिक ट्रयाक एण्ड फिल्डको रुपमा विकास गर्न अध्ययन शुरु गरिएको छ । हक्की र टेनिसको जग बसालेको पोखरा–१ बगरस्थित पृथ्वीनारायण क्याम्पस भित्रको अन्नपूर्ण रंगशालालाई बैकल्पिक ट्रयाक एण्ड फिल्ड बनाउन सर्भे समेत गरिएको छ । ५८ रोपनीको फुटबल मैदानलाई विस्तार गरी ट्रयाक एण्ड फिल्ड बनाउन क्याम्पस प्रशासन, व्यवस्थापन समिति तथा खेलकुदका प्राविधिक लगायतको संयुक्त टोलीले सर्भे गरेको थियो । सर्भे अनुसार पुरानो हक्की मैदान(हाल प्राध्यापकको सवारी पार्किङस्थल)लाई समेत समेट्दै ट्रयाक एण्ड फिल्ड बनाउन सकिने… पुरा पढौ

ईंग्लिस क्लब चेल्सी र युनाईटेडको रवाफिलो जित

एजेन्सी-मार्कस रासफोर्डको ह्याट्रिक प्रेरित म्यानचेष्टर युनाईटेडले च्याम्पियन्स लिगमा आ.बी लेईपजिगलाई फराकिलो गोल अन्तरले पराजित गर्दा अर्को ईंग्लिस क्लब चेल्सीले पनि सानदार जित दर्ता गरेको छ । च्याम्पियन्स लिग सिजनको पहिलो ह्याट्रिक रासफोर्डको नाममा लेखियो । उनै प्रेरित युनाईटेडले लेइपजिगमाथि ५-० गोलको फराकिलो जित दर्ता गर्यो । गएराती भएको प्रतिस्पर्धामा मासन ग्रिन उडले २१ औं मिनेटामा गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी चार गोल भने युनाईटेडले दोस्रो हाफमा सम्भब बनाएको थियो । रासफोर्डले ७४ र ७८ औं मिनेटमा लगातार दुई… पुरा पढौ

रोनाल्डो विनाको युभेन्ट्सलाई च्याम्पियन्स लिगमा सकस

एजेन्सी-क्रिष्टियानो रोनाल्डो विनाको युभेन्ट्सले युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनासँगको भेट नमिठो पराजय व्यहोरेको छ । गएराती भएको प्रतिस्पर्धामा १० खेलाडीमा टुग्याएको युभेन्ट्स बार्सिलोनासँग २-० गोलले पराजित हुन पुग्यो । ओसमाने डेम्बेलेले बार्सिलोनाको लागि पहिलो गोल गरे । सधैं आलोचनाको घेरोभित्र रहने डेम्बेलेको गोलसँगै लिएको अग्रताले पहिलो हाफसम्म निरन्तरता पाएको थियो । डेम्बेलेले १४ औं मिनेटमा गोल गरेका थिए । लिओनेल मेस्सीको पासलाई सदुपयोग गर्दै पहिलो गोलको खाता खोल्दा बार्सिलोनाले केही दिन अघि मात्रै इएल क्लासिकोमा रियल मड्रिडसँगको हारको पीडालाई भने कम… पुरा पढौ

मालेपाटनको चौरलाई हक्की मैदान बनाउन प्रस्ताव

पोखर-पोखरा–५ मालेपाटनस्थित खेलमैदानलाई हक्की खेल मैदानको रुपमा विकास गर्ने प्रस्ताव अघि सारिएको छ । राष्ट्रिय खेलकुद परिषद तथा नेपाल हक्की संघका पदाधिकारीले मालेपाटनको खेल मैदानलाई अन्तराष्ट्रियस्तरको हक्की भेन्युको रुपमा विकास गर्ने योजनासहित प्रस्ताव गरेका हुन् । प्रस्ताव अनुसार स्थानीय तहसँग समेत प्रारम्भिक छलफल शुरु भएको छ । पोखरामा हक्की मैदान छैन् । मैदान नै नहुदाँ हक्की खेलको विकास र विस्तारमा समस्या छ । पोखरा रंगशालाभित्रै जेनतेन प्रशिक्षण गर्दै हक्कीले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । दुई वर्ष अघि पुरुष… पुरा पढौ

लिभरपुल र म्यानचेष्टर सिटीको सहज जित

एजेन्सी-युईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस प्रिमयिर लिग क्लब म्यानचेष्टर सिटी र लिभरपुलले सहज जित निकाल्दै दोस्रो चरण प्रवेशको लागि केही सहज बनाएका छन् । सिटीले मार्सेलीलाई ३-० गोलले पराजित गर्दा लिभरपुलले भने एफसी मिडट्जील्याण्डलाई २-० गोलले पराजित गर्दै जित दर्ता गरेका हुन् । पहिलो हाफमा एक गोल गोलको सिटीले दोस्रो हाफमा अझ सुधारिएको खेल पस्किदैं थप दुई गोल गर्दै फराकिलो जित सम्भव बनाएको हो । १८ औं मिनेटमा फेरान टोरेसको गोलसँगै अग्रता लिएको सिटीले पहिलो हाफ एक गोलकै अग्रतामा रहेर… पुरा पढौ

रियल मड्रिड बोरुसिया मोन्चेन्ग्लाडवाचसँग बराबरी

एजेन्सी-अन्तिम मिनेटमा कासिमिरोले गोल गरेपछि रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको दोस्रो खेल सम्भावित हारबाट जोगिएको छ । बुधबार विहान भएको खेलमा रियलले बोरुसिया मोन्चेङ्ग्लाडबाचसँग २-२ गोलको बराबरीमा टुग्याउँदै दोस्रो चरणको प्रवेशको सम्भावना कायमै राखेको छ । पहिलो खेलमा शख्तर डोनेस्ट्कसँग ३(२ ले पराजित भएको रियललाई जित अनिवार्य थियो । रियलले बोरुसियासँगको खेल पनि पुनरागमन गरेको थियो । शख्तरसँग पनि पहिलो हाफमै ३ गोल खाएर कमब्याक गर्न खोजेको रियल अन्तत पराजित हुन पुगेको थियो । बोरुसियाले पनि रियलमाथि पहिलो हाफमै हाफमै… पुरा पढौ