पोखरा

अझै खुल्न सकेन खेलकुद क्षेत्र

खेलाडी न्युज(पोखरा)-बजार खुल्यो । सार्वजनिक यातायात खुल्यो । लामो तथा छोटो दुरीको यातायात बिहीबारदेखि खुल्यो । हवाई सेवा समेत खुलाउने निर्णय भईसक्यो । आन्तरिक तथा बाह्य हवाई सेवा दुईचारदिनबाटै सेवा शुरु हुने छ । तर सरकारले खेलुकद क्षेत्र खुलाउने तर्फ ध्यान छैन् । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारा छ । तर खेलुकद क्षेत्र उपेक्षामा छ । पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडालेनिर्माणाधिन पोखरा रंगशाला फुटबल मैदानको अवलोकन गर्दै खेलकुद क्षेत्र प्राथमिकता भित्र नपर्ने उदघोष गरेका थिए… पुरा पढौ

चौथो पटक थपियो पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद

खेलाडी न्युज(पोखरा)-पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद फेरी थप गरिएको छ । चौथो पटक म्याद थप गर्दै आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ । मंसिर मसान्तभित्रमा रंगशाालको भिआईपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ । मैदानको पूर्व तर्फ निर्माण गरिने अफिसियल भवनको भने राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति भईसकेको छैन् । परिषदबाट भवन निर्माण गर्न स्वीकृति दिएको छ महिनाभित्रमा काम फत्ते गर्ने कम्पनीले जनाएको छ । कोरोना त्राससँगै लकडाउनले काम गर्न नपाउँदा ठेकेदार कम्पनीलाई भने आर्थिक भार बढेको छ… पुरा पढौ

महानगरपालिका योजना-अन्तराष्ट्रियस्तरको पोखरा साईकल दौड

खेलाडी न्युज(पोखरा)-खेलकुदको शहर बनाउने ध्येयमा लागेको पोखरा महानगरपालिकाले यसै बर्षदेखि महानगरस्तरीय मेयर कप आयोजना गर्ने योजना बनाएको छ । महानगरपालिकाले रातो किताबमै मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै १० लाख रुपैयाँ विनियोजन गरेको छ । विभिन्न नगरपालिकाले मेयर कप आयोजना गर्दै आएका छन् । दुईवर्षदेखि बाग्लुङ नगरपालिकाले अन्तर नगरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । पोखरा महानगरपालिकाले पनि मेयर कप आयोजना गर्ने योजनासहित बजेट छुट्टाएको हो । बजेट छुट्टाएपनि कोरोना कहरले खेलकुद गतिविधि सबैठप्प भएका छन् ।… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पौडेललाई

खेलाडी न्युज(पोखरा)-सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ कान्तिपुरका टिभीका इन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अनुमोदन गरेको क्लबद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सहारा क्लब पोखराले खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदानको आधारमा वर्षेनी उक्त पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । क्लबको २२ औं वार्षिकोत्सव अवसरमा यही भदौं ३० गते सो पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार राशी… पुरा पढौ

चेन्जिङ रुमले मैदान छेकिने, पूनर्निर्माण गरिदाँ गाँउपालिकालाई व्ययभार थपिने

खेलाडी न्युज(पोखरा)-खेल क्षेत्रकै प्राविधिकले नहेर्दा कास्कीको अन्नपूर्ण गाँउपालिकामा निर्माणाधिन माछापुच्छ«े खेल मैदानको लागत बढ्ने देखिएको छ । चेन्जिङ रुम निर्माणमा प्राविधिक त्रुटी छ । निर्माण गरिएको चेन्जिङ रुमले मैदानको दुवै कर्नरको केही भाग देखिदैन् । कर्नर नै नदेखिने गरी प्यारापिटकै बीचमा मैदान नै छेकिने गरी चेन्जिङ रुम निर्माण गरिएको छ । चेन्जिङ रुमकै कारण मैदान छेकिएपछि अन्नपूर्ण गाँउपालिकाले चेन्जिङ रुमको पून डिजाईन गर्ने तयारी गरेको छ । यसले खर्च बढाएको छ । ढिकुरपोखरीको नियमित फुटबल प्रतियोगिता आयोजना गरिने मैदान हो… पुरा पढौ

‘पोखरेली फुटबलका सफल कप्तान’ डम्बरलाल माकाजूको निधन

खेलाडी न्युज(पोखरा)-पोखरेली फुटबलका सफल कप्तान डम्बरलाल माकाजूको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो आफनै निवास पोखरा–३ नदीपुरमा निधन भएको हो । माकाजू पोखराका सफल फुटबल कप्तान हुन् । उनको निधनले पोखेरली फुटबल स्तब्ध भएको छ । पोखरामा फुटबल शुरुवात भएकै २००९ सालदेखि हो । २०१२ सालमा माकाजू विजय टिमका कप्तान थिए । उनी पोखरेली फुटबलका सबैभन्दा सफल कप्तानको रुपमा परिचित समेत थिए । ‘विजय टिमका कप्तान थिए । राम्रो मिडफिल्ड हुन् ।’ फुटबल प्रशिक्षक शम्भु केसीले… पुरा पढौ

पूर्वाधार निर्माण कतै बजेटले रोकियो, कतै सामानले रोकियो

खेलाडी न्युज(पोखरा)-कोरोना कहरले सबै क्षेत्र लपेटिएको छ । खेलकुद क्षेत्र पनि अछुतो छैन् । खेलकुद गतिविधि होस या पूर्वाधार निर्माण, कोरोनाले गम्भीर असर पु¥याएको छ । कोरोनाकै कहरले गण्डकी प्रदेशका खेलकुदका पूवार्धारको काम ठप्प जस्तै भएका छन् । केही बजेट अभावले रोकिएका छन् । कतै सामान नआउँदा रोकिन पुगेको छ । देशकै ठूलो र गौरवशाली फुटबल मैदान पोखरा रंगशालाको फुटबल मैदानको काम रोकिएको छ । कोरोनाले त्रसित बनाएको छ । भारतबाट आउनुपर्ने सामान नआउँदा काम लठापत्रै छ । पोखरा रंगशाला… पुरा पढौ

मुस्ताङमा ढुवानी समस्या, सिमेन्ट नहुँदा कभर्डहलको रोकियो काम

खेलाडी न्युज(पोखरा)-काम गर्न पहिला कामदार थिएनन् । अहिले कामदार छन् तर सामान छैन् । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा निर्माणाधिन कभर्ड अहिले सामानमै अभावमा काम रोकिएको छ । ‘बैशाखदेखि काम थाल्न खोज्दा कामदार पाईएनन्’ जिल्ला खेलकुद विकास समिति मुस्ताङका कार्यालय प्रमुख सुमन थकालीले भने–‘अहिले कामदार छन् तर सामान नहुदाँ समस्या भएको छ ।’ विश्वव्यापी कोरोनाको कहर शुरुभएसँगै चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको थियो । लकडाउनकै पहिलो मार कभर्ड हल निर्माणमा परेको थियो । कास्कीमा निषेधाज्ञा छ । आईतबार रातीदेखि सकिने… पुरा पढौ

सागमा बनाइएका पूर्वाधारको खर्च र खेल सामाग्रीको छानविन गरिने

खेलाडी न्युज(पोखरा)-गएको मंसिर १५ गते देखि २४ सम्म १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरियो । दक्षिण एशियाली खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको गुनासो छ । त्यही गुनासो निवारण गर्न राष्ट्रिय खेलकुद परिषदले बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन गर्न समिति गठन गरिएको छ । भट्टराईको संयोजकत्वमा गठित समितिले व्याडमिन्टनको मात्रै छानविन गर्ने छ । पोखरामा ८ वटा खेल सम्पन्न भएको थियो । आठ खेलको लागि भएको पूर्वाधार निर्माण तथा सामाग्रीको समेत परिषदले छानविन गर्दै छ । बोर्ड सदस्य… पुरा पढौ

कोरोनाले रोकिए प्रतियोगिता

खेलाडी न्युज(पोखरा)-चैतमा लकडाउन भएपछि असारमा कोरोनाको अन्त्य हुने विश्वास धेरैले गरेका थिए । तर असारपछि नै कोरोनाले विस्तारित रुप लियो । एकपछि अर्को गतिविधि ठप्प हुदैं गए । प्रशिक्षणमा फर्किएको राष्ट्रिय टोली पनि कोरोनाको बढ्दो संक्रमणसँगै फेरी स्थगित हुन पुग्यो । व्याडमिन्टन, तथा फुटबल एवं अन्य खेलका खेलाडीहरु प्रशिक्षणमा थिए । स्थागित भएपछि खेलाडी घरायसी कामकाजीमा व्यस्त हुन पुगे । कोरोनाकै कारण पोखराको दुईवटा महत्वपूर्ण खेलकुद इभेण्टलाई थाँती राखिएको छ । बैशाख १ गतेदेखि आयोजना गरिने नववर्ष शुभकामना नकाउट फुटबल… पुरा पढौ