समाज

पुनहिल कप भलिबलः महिलातर्फ कावासेती र माछापुच्छे्र फाइनलमा

पोखरा-पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् । महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो ।… पुरा पढौ

गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं ।  नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै कीर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै १०० केजीको… पुरा पढौ

काडिजमाथि सेभियाको कठिन जित

एजेन्सी । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन लुकास ओकम्पोसले निर्णायक गोल गरे । लुकासले ५८औँ मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए । ७५ प्रतिशत बल पोसेसन राखेको सेभियालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । बलियो सेभियालाई रोक्ने काडिजको रणनिति पहिलो हाफमा सफल भएपनि दास्रो हाफमा विफल बन्यो । घरेलु मैदानमा नौ… पुरा पढौ

इस्टर्न ओपनको प्रो एममा स्थानीय एमेच्योरको वर्चस्व

धरान । सुर्य नेपाल इस्टर्न ओपन अन्तर्गत अन्तिम दिन प्रो एममा धरानका स्थानीय एमेच्योरले वर्चस्व जमाएका छन् ।  त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहितएमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ रजितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते । धनबहादुरले ३७ अंकजोड्दा पेम्बाले ४१, रुपेन्द्रले ३७ तथा जितेन्द्रले ३७ अंक जोडे । धरानकैव्यावसायिक गल्फर निरज तामाङ (३७), एमेच्योर भिम दाहाल (३६), तुलसी सुब्बा (३६) र राम तामाङ (३६) ले कुल १ सय ४५ अंकसहित दोस्रो स्थान हासिल गरे… पुरा पढौ

कप्तान परिवर्तनको निर्णय क्यानको अधिकार हो-पुबुदु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले कप्तान परिवर्तनका लागि गरेको निर्णय क्यानको क्षेत्राधिकार भएको बताएका छन् । बिहीबार पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुलले यस्तो बताएका हुन । प्रशिक्षक पुबुदुले सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन । नेपाल फर्किएपछि खेलाडी र क्यानसँग आफ्नो छलफल भएको भन्दै खेलाडीको मुख्य गुनासो सेन्ट्रल कन्ट्रयाक्टमा रहेको र समाधान भए सबै बाँकी समस्या… पुरा पढौ

उपाधि रक्षा गरेकाे महिला भलिबल टाेलीलाई काठमाडाैंमा भव्य स्वागत

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरीएको छ । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमानस्थल पुगेरै स्वागत गरेका हुन् । खेलाडीहरुको हौसला बढाउन बिमानस्थल पुगेका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई दिएका छन् । त्यसक्रममा अपराजीत खेलाडीहरुलाई बाजा बजायर स्वागत गरिएको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित… पुरा पढौ

पुस अन्तिम साता भारत्तोलन हुने

काठमाडौं । २४ औं पुरुष तथा नवौं महिला राष्ट्रिय महिला भारोत्तोलन प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ । नेपाल भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको २७,२८ र २९ गते आयोजना हुने जनाएको हो । मध्यपुर थिमीको थिमी बैन्क्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरि ६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । प्रतियोगितामा देशभर र विभागीय टिमका गरि २ सय खेलाडीले सहभागि हुने आयोजकले बताएको छ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा… पुरा पढौ

महिला टोलीको लगातार तेस्रो जित

काठमाडौं । आयोजक बंगलादेशमाथि सहज जित हात पारेको नेपाली महिला टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । सहज जित निकालेको नेपाल फाइनल नजिक पुगेको छ । आयोजक सामु निकै खुलेर खेलको नेपालले पहिलो सेटमा २५–५ को सहज जित निकालेको थियो । त्यसपछि उच्च मनोबलका… पुरा पढौ

बंगलादेशमा नेपाली महिला र पुरुष टोलीको दमदार प्रदर्शन

काठमाडौं । माल्दिभ्समाथि सहज जित निकाल्दै नेपालले बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्जकपमा लगातार दोस्रो जित निकाल्दा पुरुष तर्फको खेलमा नेपालले अघिल्लो सिजनको उपविजेता उब्जेकिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा पुरुष टोलीले उज्बेकिस्तानलाई पुनरागमन ३–१ को सेटमा हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । महिला तर्फको खेलमा प्रशिक्षक जगदीश भट्टले दोस्रो रोजाईका खेलाडीलाई… पुरा पढौ

क्यानको साधारणसभा स्थगित

काठमाडौं । पुस १४ र १५ गते धनगढीमा तय भएकाे नेपाल क्रिकेट संघ (क्यान) काे वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै साधारणसभा स्थगित गरिएको जनाएको छ । क्यानको बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो । तर, केहि जिल्ला संघले अधिवेसन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेको कारण स्थगित गरिएको क्यानले जनाएको छ । 'नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही… पुरा पढौ