आईपिएल

मुम्बई र दिल्लीको शीर्ष होडबाजी, दिल्ली पुनः शीर्ष स्थानमा फर्कियो

एजेन्सी, कात्तिक २ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई हराएको छ । सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानामा फर्किएको हो । सारजाह क्रिकेट मैदानमा चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा ५ विकेट गुमाएर पुरा गरेको थियो । दिल्लीको जितका लािग शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन… पुरा पढौ

कमिन्सको अर्धसतक,मुम्बईद्वारा कोलकत्ता पराजित

एजेन्सी, कात्तिक १ । कोलकत्ता नाईट राइडर्समाथि ८ विकेटको जित निकाल्दै साविकको च्याम्पियन मुम्बई इन्डियन्सले दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आफ्नो लयलाई कायम राखेको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ । टस जितेर पहिला ब्याटिङ गरेपछि कठिन सुरुआत गरेको कोलकत्ताले मुम्बईलाई निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रस्तुत लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा… पुरा पढौ

पन्जाबमाथि हैदरावादको सहज जित, पन्जाबको पाँचौ हार

एजेन्सी, असोज २३ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा सन राइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३२ रनमा समेटियो । खेलमा पन्जाबका लागि निकोलस पुरनले सर्वाधिका ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि… पुरा पढौ

रोयल च्यालेन्जर्समाथि दिल्ली क्यापिटल्सकाे शानदार जित

एजेन्सी, असोज २० । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंलोरलाई हराउँदै शीर्ष स्थानमा फर्किएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सल बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन… पुरा पढौ

बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो

एजेन्सी, असोज १७ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डिय प्रिमियर लिग (आईपिएल)मा विराट कोहलीको टोली रोयल्स च्यालेन्जर्स बैंगलोरले सहज जित हात पारेको छ । बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै जारी लिगमा तेस्रो जित निकालेको हो । राजस्थानले जितका लागि दिएको १५५ रनको लक्ष्य बैंगलोरले १९ ओभर १ बलमा २ विकेट गुमाउँदै भेटायो । बैंगलोरका लागि देबदत्त पाडिकलले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ६३ रन बनाए । त्यस्तै… पुरा पढौ

मुम्बईले किंग्स इलाभेन सामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत

एजेन्सी, असोज १५ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडी रोहित शर्माले ५ हजार रन पुरा गर्दा मुम्बई इन्डियन्सल किंग्स इलाभेन पन्जाब सामु १ सय ९२ रनको लक्ष्य दिएको छ । सेख ज्यायद क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रोहितले ८ चौका र ३ छक्काको सहयोगमा ७० रनको योगदान गरे ।… पुरा पढौ

हैदराबादले पहिलो जित निकाल्दा, सन्दीपको टोली दिल्लीको पहिलो हार

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा सनराइजर्स हैदरबादले दिल्ली क्यापिटललाई १५ रनले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको सनराइजर्स हैदराबाटले चार विकेट गुमाएर १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र १ सय ४७ रन जोड्न सक्यो । दिल्लीलाई सस्तैमा समेट्न सनराइजर्सका बलर रासिद खानले सर्वाधिक ३ विकेट हात पर्दा भवनेश्वर कुमारले २ विकेट आफ्नो… पुरा पढौ

चेन्नेईमाथि जित हात पारेको दिल्लीको लगातार दोस्रो जित

एजेन्सी, असोज १० । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा नेपालका युवा लेग स्पिनर सम्मिलित टोलीले लगातारका दुई खेलमा सफलता हार पारेको छ । दिल्लीले शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे । यस्तै केदार जाधबले २६ रन जोड्दा… पुरा पढौ