नेपाल

रुपन्देही खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

काठमाडौं, पुस २५ (खेलाडी न्युज) – भुटानी टोलीलाई पराजित गर्दै रुपन्देही ११ खप्तड गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानको ड्रुक स्टारलाई ३–२ ले पराजित गर्दै रुपेन्देही क्र्वाटरफाईलनमा प्रवेश गरेको हो । रुपेन्देहीको जितमा अमर डंगोलले २ तथा मनिस थापाले १ गोल गरे । पराजित ड्रुक स्टारका कुङ्गा रवगे र यासी दोर्जेले समान १–१ गोल गरे । खेलको २२ औं मिनेटमा अमर डंगोलको गोलबाट रुपन्देहीले शुरुवाती अग्रता बनाएको थियो । ३८ औं मिनेटमा अमरले नै… पुरा पढौ

पोखरामा राष्ट्रिय भारोत्तोलन, जग्गा दिए अन्तराष्ट्रिय च्याम्पियनसिप गर्ने पुर्वाधार बनाउँछौ—अध्यक्ष टण्डन

खेलाडी न्युज पोखरा, २५ पुस- नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनलाल टण्डनले पोखरामा अन्तराष्ट्रिय च्याम्पियनसिप गर्न आवश्यक पुर्वाधार निर्माणमा सहयोग गर्ने बताएका छन् । ३५ वर्षपछि पोखरामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता गर्ने बताउँदै अध्यक्ष टण्डनले पोखरा रंगशालाभित्र पुर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराई सहयोग गरिदिन आग्रह समेत गरेका छन् । जग्गा उपलब्ध भए आवश्यक पुर्वाधार निर्माणमा अघि बढ्ने समेत उनको भनाई थियो । ‘पोखरालाई स्पोर्टस मात्रै होईन । स्पोर्टस टुरिज्म सिटीकोरुपमा विकास गर्ने लक्ष्य छ ।’ उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ

खप्तड गोल्डकपमा तीन खेल पेनाल्टीबाट निर्णय

धनगढी (खेलाडीन्युज) –मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपमा तीन वटा खेलको निर्णय पेनाल्टीबाट हुन पुग्यो । पेनाल्टीबाट निर्णय हुदैं तीन क्लब क्र्वाटरफाईनल यात्रा तय गर्दा आयोजकसँगै दर्शकले प्रतिस्पर्धात्मक फुटबलको मज्जा लिन पुगे । च्यासल फुटबल क्लबलाई आयोजक सुदुर पश्चिमको टोलीले पेनाल्टीमै पराजित गर्दै आफनो इज्जत राख्यो । मोफसलको अर्को क्लब सहारा क्लबलाई पनि विभागीय टोली एपीएफले पेनाल्टीमै पराजित गरेर क्र्वाटरफाईनल तय गरेको थियो । गोल्डकपकै तेस्रो खेल आईतबार पनि निर्णय पेनाल्टीबाटै हुन पुग्यो। धनगढीमा जारी दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड… पुरा पढौ

एन्फा अध्यक्षमा पुर्व प्रशिक्षक थापाको उम्मेदवारी

धन बस्नेत, पोखरा २८ पुस/ जिल्ला फुटबल संघको निर्वाचन टुगिएको छैन् । माघ ५ गतेभित्रमा जिल्ला फटुबल संघको निर्वाचन टुग्याउनुपर्ने अखिल नेपाल फुटबल संघले निर्देशन गरेको छ । जिल्ला फुटबल संघको निर्वाचन नसकिदैं पोखराका बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले पोखराबाट अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमाले निकट खेलकुद विभाग केन्द्रीय सदस्य समेत रहेको थापाले पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै फुटबलमा देखिएको विकृति र विसंगतिको अन्त्यको लागि आफुले उम्मेदवारीको घोषणा गरेका हुन् । “फुटबलमा धेरै विकृति… पुरा पढौ