पोखरा

राइजिङ स्टार युथ क्लबको भलिबल प्रतियोगिता सुरु

पोखरा(खोलाडीन्युज)पुस २५ गते - पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ स्टार युथ क्लबले माघे सक्रान्तिको अवसर पारेर आयोजना गरेको पुरुष भलिवल प्रतियोगिता मंगलवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगिताले भाईचाराको भावना विकास गराउने भएकाले अनुशासित भएर मर्यादित ढंगले खेलमा सहभागी हुन आग्रह गरेका थिए । क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रिठेपानी सहकारीका अध्यक्ष यमप्रसाद गरुङ,लिटल फलावर एजुकेसनल… पुरा पढौ

माघे संक्रान्ति मेलामा कराँते प्रतियोगितामा

खेलाडी न्युज पोखरा, २५ पुस- ऐतिहासिक धार्मिकस्थल ढुंगेसाँघुको मेलामा १७ औं माछापुच्छ«े फुल कन्ट्याक्ट कराँते क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता हुने भएको छ । आईएनएफ हरियो खर्क अस्पतालको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ११ तौल समूहमा प्रतिस्पर्धा हुने छ । पुरुष तर्फ ३०, ३५, ४०, ४५, ५०, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । क्योकुशिन बुदोकाई कराँते संघका अध्यक्ष इन्जिनियर धर्मराज कोईरालाले नेपाली सेना तथा सातै प्रदेशका संघमा आवद्ध २… पुरा पढौ

गोल्डकपमा क्लबलाई नगदराशी, दर्शकलाई टिभी र स्कुटर

धन बस्नेत(खेलाडीन्युज) पोखरा, २५ पुस आहा राराको १६औं सस्करणको पुरस्कार राशीमा बृद्धि गर्दा भाग्यमानी दर्शकले पनि स्कुटर पाउने छन् । गोल्डकपको स्तरीयतासँगै पुरस्कार राशी बृद्धि गर्दै भाग्यमानी दर्शकले यो वर्ष स्कुटर प्रदान गर्ने निर्णयमा सहारा क्लब पुगेको हो । अर्को भाग्यमानी दर्शकले भने टेलिभिजन पाउने छन् । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार १६ औं सस्करणमा दुई भाग्यमानी दर्शकले स्कुटर र टिभी पाउने छन् । मोसफलमा रहेर फुटबल विकासमा महत्वपूर्ण योगदान दिदैं आएको सहारा क्लबले १६ औं सस्करण विजेतालाई ७… पुरा पढौ

फेवाताल छेवैमा दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगिता

धन बस्नेत, पोखरा, पुस २४ फेवा किनारमा दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता हुदैै छ । सेभेन ए साईड फुटबल फेडेरेशनको आयोजनामा पुस २९ गतेदेखि नेपालसहित सागका छ राष्ट्रको सहभागिता हुने छ । प्रतियोगिता फेवा किनार बाराहीघाट खेल मैदानमा खेलाईने छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रींलका सहभागिता जनाउने छन् । यद्यपी श्रीलंकको आउने तय भएपनि स्थानीय चुनावको कारण आउन सक्ने सम्भावना न्युन रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । फेडेरेशनका अध्यक्ष नविन पुनले सेभेन… पुरा पढौ

हल बनेपछि आवाससहितको एकेडेमी

खेलाडीन्युज, पोखरा, २३ पुस- कास्की जिल्ला व्याडमिन्टन संघले एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको छ । विभिन्न १० जना विद्यार्थी खेलाडीलाई छनोट गरी शैक्षिक, आवासिय रुपमा सुविधा प्रदान गरी एकेडेमी सञ्चालन गर्ने संघले जनाएको छ । आवास सहितको एकेडेमी सञ्चालन भने व्याडमिन्टन संघले नव निर्मित व्याडमिन्टन हल निर्माणपछि शुरु गर्ने जनाएको छ । संघकै पहलमा पोखरा रंगशालाभित्र चारवटा कोर्टसहित व्याडमिन्टन हल निर्माणाधिन छ । जुन यही आर्थिक वर्षभित्र सक्ने लक्ष्य साथ काम अगाडि बढाइएको छ । व्याडमिन्टन संघले वर्षेनी विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता गर्दै… पुरा पढौ

पुस २४ गतेदेखि नदीपुर सेभेन ए साईड फुटबल

खेलाडी न्युज पोखरा २३ पुष । नदीपुर क्लवको आयोजनामा हुने पाँचौ संस्करणको नदीपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । नदीपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललितपुनको स्मृतिमाहुने पाँचौ संस्करणको नदीपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको खेल संयोजक निशान शेरचनले जानकारी दिए । नदीपुर क्लब जापानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहेको खेल संयोजक शेरचनले जानकारी दिए । उनकाअनुसार पाँचौ नदिपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिता पुुसको २४… पुरा पढौ

ह्याण्डबलमा आर्मी र पश्चिमाञ्चल उपाधिको लागि भिड्दै

खेलाडी न्युज, पोखरा २१,पुस / सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो स्थानमा चिक्त बुझाएको पश्चिमाञ्चल पुरुष ह्याण्डबल टोली पोखरामा भईरहेको राखेप च्याम्पियनसिप २०७४ मा उपाधि निकट पुगेको छ । शसस्त्र प्रहरीलाई पराजित गदैै उपाधि रक्षार्थ अगाडि बढेको हो । सातौंमा शसस्त्र प्रहरीसँगै पराजित हुदैं तेस्रो हुन पुगेको थियो । राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिलातर्फ दुई विभागिय सशस्त्र प्रहरी वलको एपिएफ र नेपाल आर्मीको समुह फाईनलमा प्रबेस गरेकाछन । त्यसै गरी पुरुष तर्फ घरेलु टिम पश्चिमाञ्चल र विभागीय टिम आर्मी फाईनलमा प्रबेस गरेका छन… पुरा पढौ

पावर लिफ्टिङमा महिला तर्फ राना र पुरुष गुरुङ च्याम्पियन

खेलाडीन्युज, पोखरा, २२ पुस - रानीपौवा स्पोर्टस सेन्टरको आयोजनामा पोखरामा पहिलो पटक आयोजित महिला तथा पुरुष ‘पावर लिफ्टिङ’ प्रतियोगिताको उपाधि महिला तर्फ बुल्स जिमकी दिया रानाले जितिन् । पुरुष तर्फ निरज गुरुङ च्याम्पिनयन भए । विभिन्न तीन इभेण्टमा प्रतिस्पर्धा गराई ओभरअलमा प्रतिस्पर्धा गराईएको थियो । बेन्च प्रेस ¬( बेन्चमा सुतेर तौल उठाउने), डेड लिफ्ट (हात सुल्टो र उल्टो बनाई तौल उठाउने) र स्क्वाड ( तौललाई काँधमा राखेर उठाउने) प्रतिस्पर्धा गराइएको थियो । रानाले डेड लिफ्टमा तेस्रो स्थानमा रहिन् । स्क्वाडमा भने… पुरा पढौ