म्याट सहयाेग

सृजनशिल बाल सेवा परिवारलाई ५० थान जुडो म्याट सहयाेग

काठमाडौं, असोज १० गते । अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो । सहयोगका लागि किवानिस इन्टरनेसनल नेपाल डिस्ट्रिक्ट के ६९ को सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली राष्ट्रिय जुडो खेलाडीले मोहन बमले पहल गरेका थिए । गत नोभेम्बरमा नेपाल भ्रमणमा आएको बेला… पुरा पढौ