युनाइटेड विजयी

इन्जुरी समयको गोलबाट म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी, असोज १० । बु्रनो फर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली ब्राइटनलाई हराएको छ । पहिलो हाफ १–१ गोलको बराबरीम सकिएको खेलमा युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कदै ३–२ को संघर्षपूर्ण जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक खेलको सुरुआतमा ब्राइटनले नुयल म्याउपेको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट पछि ब्राइटनका लुइस डंकले आत्मघाती गोल गर्दा युनाइटेड बराबरी अवस्थामा आएको थियो… पुरा पढौ