
पोखरा-कास्की जिल्ला साईक्लिङको अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । पोखरा रंगशालास्थित सभाहलमा शनिबार भएको अधिवेशनले चार वर्षको लािग भण्डारीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत भएको हो ।
संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा कमल नेपाली रहेका छन् । त्यसैगरी सदस्यहरुमा अशोक चालिसे, वामन चालिसे, एलिना सापकोटा, रविश्वर आचार्य, सोनिक क्षत्री रहेका छन् ।
संघका नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा साईक्लिङले स्वर्ण पदक जित्ने विश्वास दिलाए । उनले जिल्ला खेलकुद विकास समिति मार्फत साईक्लिङको लागि आवश्यक पूर्वाधार बनाउने जग्गा उपलबध गराए दाताको सहयोग खोजेर पूर्वाधार तयार गरिने सुनाए । साईक्लिङको लागि उनले पाम(साईक्लिङ ट्रयाक) बनाउनुपर्ने खाँचो औल्याए ।
अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख सुनबहादुर लामा, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायतको उपस्थिति रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…