भाराेत्तलन

प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप गुरुङ च्याम्पियन

पोखरा-कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतवार सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए । प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे । त्यसै… पुरा पढौ

सञ्जु र जुनुमायाको नयाँ किर्तिमान

काठमाडौं-बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान बनाएका छन् । १३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । उनले स्नाचमा… पुरा पढौ

गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं ।  नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै कीर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै १०० केजीको… पुरा पढौ

पुस अन्तिम साता भारत्तोलन हुने

काठमाडौं । २४ औं पुरुष तथा नवौं महिला राष्ट्रिय महिला भारोत्तोलन प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ । नेपाल भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको २७,२८ र २९ गते आयोजना हुने जनाएको हो । मध्यपुर थिमीको थिमी बैन्क्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरि ६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । प्रतियोगितामा देशभर र विभागीय टिमका गरि २ सय खेलाडीले सहभागि हुने आयोजकले बताएको छ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा… पुरा पढौ

अक्स स्ट्रेन्थकी वानु महिला पावरलिफ्टिङ च्याम्पियन

पोखरा-अक्स स्ट्रेन्थ जिम काठमाडौंकी नेहा बानु महिला पावरलिफ्टिङ च्याम्पियन बनेकी छन् । शनिबार पोखरामा आयोजित प्रतियोगितामा ६० केजी तौल समूहको प्रतिस्पर्धामा ३४१ केजी उठाँएदै वानु च्याम्पियन बनिन् । गोर्खा क्लासिकको आयोजनामा पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा वानुले आफनो तौलको ५.७ गुण तौल उठाँउदै च्याम्पियन बनेकी हुन् । च्याम्पियन बनेकी वानुले १ लाख ५ हजार रुपैयाँ प्राप्त गरिन् । उनले स्क्वाड तर्फ १२८ केजी, बेन्च प्रेसमा ७० केजी र डेडलिफ्टमा १४३ केजी भार उठाईन् । आफनो तौल समूहमा प्रथम… पुरा पढौ

पावर लिफ्टिङका खेलाडी सम्मानित

पोखरा-रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो । रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरि प्रतियोगितामा पठाइरहेको छ । ुकोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउदा निकै खुसी लागेको छु , स्पोर्टस सेन्टरका संचालक जितेश… पुरा पढौ

अनिता र राजले जिते पावरलिफ्टिङ्ग उपाधी

काठमाडौं-अनिता महर्जन र राज शाहीले स्व। निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ्ग प्रतियोगिताको ट्रफी उचाल्न सफल भएका छन् । नेपालकै सवैभन्दा पुराने खेल संस्था नेपाल ब्यायाम मन्दिरले नयाँ बर्षको उपलक्षमा आफ्ना पूर्व सदस्य स्व। निलकण्ठ नारायण मानन्धरको स्मृतीमा बर्षेनी आयोजना गर्दै आई रहेको प्रतियोगितामा महिला तर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा ५२ केजी र डेडलिफ्टमा १०० केजी गरि कुल २४२ केजीका साथ स्वर्ण हात पारेकी हुन् । महर्जनले मेडल, प्रमाण पत्र, ट्रफीका साथै नगद ६ हजार प्राप्त… पुरा पढौ

राजविराजमा हुने भारोत्तोलनको लागि खेलाडी प्रशिक्षणमा व्यस्त

पोखरा-दुईसातापछि राजविराजमा देवनारायण स्मृति भारोत्तोलन प्रतियोगिता हुदैं छ । राजविराजमा हुने प्रतियोगिताको लागि ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धाको लागि खरो उत्रिने तयारीमा खेलाडीहरु नियमित प्रशिक्षणमा व्यस्त छन् । पोखरा रंगशालास्थित भारोत्तोलनको प्रशिक्षण केन्द्रमा गण्डकीबाट सहभागि हुने पाँच महिला र तीन पुरुष गरी ८ खेलाडी नियमित प्रशिक्षणमा व्यस्त छन् । जुनियर, युथ र सिनियर तीन विधामा प्रतिस्पर्धा गर्ने छन् । सुष्मा काफ्ले ४९ केजी तौल, अनिका गुरुङ ४५ केजी(दुवैले युथ र जुनियरमा समेत )प्रतिस्पर्धा गर्ने छन् । सनिता लामा… पुरा पढौ

ओलम्पिक तयारीको लागि चौधरी र श्रेष्ठ बन्द प्रशिक्षणमा

पोखरा-जापानको टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीको लागि भारोत्तोलनका दुई खेलाडी बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेका छन् । प्रशिक्षक सन्जय महर्जनसँगै सन्जु चौधरी र कमला श्रेष्ठले शनिबार पोखरा आईपुगेका हुन् । उनीहरुले आईतबारदेखि पोखरा रंगशाला भारोत्तोलन संघ कास्कीमा प्रशिक्षण गर्ने छन् । पोखरा बन्द प्रशिक्षण आएका टोलीलाई शनिबार कास्की जिल्ला भारोत्तोलन संघले स्वागत गरेको छ । स्वागत गर्दै कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले खेलाडीहरु पोखराको बातावरणमा बन्द प्रशिक्षणमा कुनै समस्या आउन नदिने बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति… पुरा पढौ