लिटल फ्लावरमा एस ई ई कप फुटबल
पोखरा-पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ । । असार ८ र ९ गते दुई दिवसीय रुपमा सञ्चालन हुने एस ई ई कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले एस ई ई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालयले प्रतियोगिता आयोजना गरकामा खुशी व्यक्त गरे ।उनले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै अगाडि बढ्न खेलाडीहरुलाई प्रेरित गरे । खेलकुदको विकासका लागि २७ नं…
पुरा पढौ
पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि
पोखरा-हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले हात पारेको छ । शुक्रवार भएको फाईनल खेलमा वडा न १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै बिजेत बन्यो । खोलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । वडा न।१२ ले उप–विजेतामा नै चित्त बुझायो । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार ११ र उप–बिजेताले ५५ हजार ५ सय ५५ नगद सहित…
पुरा पढौ
फुटबल संघद्वारा अभिभावकहरुलाई पोषण सम्बन्धी एकदिने कार्यशाला
पोखरा-कास्की जिल्ला फुटबल संघले उमेर समूहको फुटबल एकेडेमी शुरु गरेको वर्षदिनको समय वित्यो । एकेडेमीमा उमेर समूहको बालकहरुको उपस्थिति बाक्लिदैं गएको छ । एकेडेमीमा यु ८ देखि यु १८सम्मका झण्डै डेढसय खेलाडीहरुले नियमित प्रशिक्षण लिदैं आएका छन् । उनीहरुलाई पोखरा रगशाला बैकल्पिक फुटबल मैदानमा प्रशिक्षण संघले गराउँदै आएको छ । फुटबलको ग्रास रुट बलियो बनाउने अभियानलाई मूर्त दिन कास्की जिल्ला फुटबल संघले दैनिक प्रशिक्षण गराउँदै आएको छ । संघमा आवद्ध क्लबहरुले समेत प्रशिक्षण गराउँदै आएका छन् । प्रशिक्षण गराउने क्लबलाई…
पुरा पढौ
कास्कीलाई गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि
पोखरा-पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरा रंगशालामा सोमबार फाइनलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै उपाधि उचाल्यो । उपाधिसंगै कास्कीले दुई लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता तनहुँले एक लाख रुपैयाँमा पाउन सफल भयो । निर्धारित समयमा दुबै टिम गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो । तनहुँका लागि दिपेश आले, शान्त…
पुरा पढौ
गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कास्की र तनहुँ
पोखरा -पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा दुई टोली उपाधि निकट पुगेका हुन् । तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुग्दा कास्कीले म्याग्दीलाई उस्तै नजितामा पन्छाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजिब श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिएपनि लामो समय टिकेन् । तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्तबहादुर गुरुङले गोल गर्दै खेलमा फर्काए । ३५…
पुरा पढौ
नवलपुरमाथि कास्कीको फराकिलो जित
पोखरा -आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ । दशौंको तयारी गर्दै पोखरामा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको छ । आयोजनासँगै सेमिफाईनल समीकरण पुरा हुदाँ कास्की, म्याग्दी, तनहुँ र बाग्लुङले अन्तिम चारको यात्रा तय गरे । पोखरा रंगशाला फुटबल मैदानमा शनिबार भएको प्रतिस्पर्धामा कास्कीले नवलपुर विरुद्धको खेल ४–० फराकिलो गोल अन्तरको जित निकाल्यो । ३३ औं मिनेटमा विक्रम गौतमले गोल गरेपछि नवलपुर विरुद्ध गोल गर्दै कास्कीले अग्रता लियो । अभिषेक थापाले…
पुरा पढौ
भ्याली र एलजी लिगको फाईनलमा
पोखरा-भ्याली स्पोर्टस क्लब र एलजी एशोसियसन बलराम केसी स्मृति कास्की जिल्ला लिग फुटबल प्रतियोगिताको फाईलन प्रवेश गरेका छन् । शुक्रबार भएको प्रतिस्पर्धामा भ्याली स्पोर्टस क्लबले हेमजा युनाईटेडलाई १–० गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको लिगमा भ्यालीका लागि अभिषेक थापाले २६ औं मिनेटमा गरेको निर्णायक गोलमा फाईनल प्रवेश गरेको हो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा एलजी एशोसियसनले नवआर्दश सामुदायिक विकास समाजलाई २–१ गोलले पराजित गर्दै फाईनल सुरक्षित गर्यो । दोस्रो हाफमा उत्कृष्ट कमब्याक…
पुरा पढौ
नवआदर्श र एलजी एशोसियसन अन्तिम चारमा
पोखरा-ड्यामसाईड क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लामाचौरे क्लब नवआदर्श सामुदायिक विकास समाज पोखरामा आयोजित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित समयमा गोलरहित टुंगिएपछि नजिता पेनाल्टी सुटआउटमा तय गरिएको थियो । पेनाल्टीमा नवआदर्शले ड्यामसाईडलाई ५–३ गोल अन्तरले पन्छाउँदै लिगको अन्तिम चारमा प्रवेश गरेको हो । नवआदर्शका लागि आशिष छन्त्याल, सन्नी गुरुङ, रोशन छन्त्याल, आगमन खड्का, किशोर गुरुङले पेनाल्टीमा गोल गर्दै जित दिलाए । उता ड्यामसाईडका लागि…
पुरा पढौ
डेभिजफल माथि नवआदर्शको सानदार जित
पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको बिहीबार दोस्रो दिन नवआर्दश क्लबले जित गर्दा विष्णुपादुका र ढिकुरपोखरी, भ्याली स्पोर्टस र माछापुच्छ्रे त्रिशक्ति युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा विष्णपादुकाले ढिुकरपोखरीसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कुन्जन पौडेलको गोलबाट अग्रता लिएको ढिकुरपोखरीले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउँदै अंक बाँड्यो । विष्णुपादुकाको लागि विधान भुजेलले २९ औं मिनेटमा गोल गर्दै हारबाट जोगाएका थिए । यसैगरी…
पुरा पढौ
ड्यामसाईड, हेमजा र सहाराको जित
पोखरा-सहारा क्लबको जितसँगै कास्की जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिगकम नकाउट फुटबल प्रतियोगितामा सहारा क्लबले शितलज्योति क्लबलाई ३-१ गोलले पराजित गर्दै लिगको सुखद शुरुवात गर्यो । पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा भागवत चौधरीले खेलको चौथो मिनेटमा गोल गर्दै सहारालाई अग्रता दिलाए । शितलज्योतिका सविन बस्नेतले १२ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरे । तर सहाराले खेलमा आफनो पकड जमाउने क्रममा विक्रम गौतमले १५ र मुकुन्द…
पुरा पढौ