🏃 एथ्लेटिक्स

बैकल्पिक ट्रयाक एण्ड फिल्ड बनाउन अध्ययन

पोखरा-पोखराको पुरानो मध्येको अन्नपूर्णमा रंगशालालाई विस्तार गरी बैकल्पिक ट्रयाक एण्ड फिल्डको रुपमा विकास गर्न अध्ययन शुरु गरिएको छ । हक्की र टेनिसको जग बसालेको पोखरा–१ बगरस्थित पृथ्वीनारायण क्याम्पस भित्रको अन्नपूर्ण रंगशालालाई बैकल्पिक ट्रयाक एण्ड फिल्ड बनाउन सर्भे समेत गरिएको छ । ५८ रोपनीको फुटबल मैदानलाई विस्तार गरी ट्रयाक एण्ड फिल्ड बनाउन क्याम्पस प्रशासन, व्यवस्थापन समिति तथा खेलकुदका प्राविधिक लगायतको संयुक्त टोलीले सर्भे गरेको थियो । सर्भे अनुसार पुरानो हक्की मैदान(हाल प्राध्यापकको सवारी पार्किङस्थल)लाई समेत समेट्दै ट्रयाक एण्ड फिल्ड बनाउन सकिने… पुरा पढौ

विश्व च्याम्पियन धावक कोलम्यान दुई वर्ष प्रतिबन्ध

एजेन्सी-आगामी वर्ष जापानमा हुने ओलम्पिकमा एकसय मिटरको विश्व च्याम्पियन धावक क्रिष्टियन कोलम्यान उपस्थिति हुने छैनन् । उनीमाथि दुई वर्षको प्रतिबन्ध लगाइएको छ । एथलेटिक्सको नियम उल्लंघन गरेको आरोपमा कोलम्यान प्रतिबन्धित भएपछि आगामी वर्ष जापानको टोकियोमा हुने ओलम्पिकमा देखा पर्ने छैनन् । एथलेटिक इन्ट्रिग्रिटी युनिट(एआईयु)ले उनीमाथि नियम उल्लंघनको आरोप लगाउँदै दुईवर्षको प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ । गतवर्ष उनीमाथि तीन लागु औषध प्रयोगको परीक्षण गरिएको थियो । जसका कारण एआईयुले गत जुनमा प्रतिबन्ध गरेको थियो । एआइयुको विज्ञप्तिमा भनिएको छ( हामी… पुरा पढौ

लण्डन म्याराथनमा केन्याली धावकको बर्चस्व

एजेन्सी(लण्डन)लण्डन म्याराथन शुरु भएको ४० वर्ष भएको छ । यो ४० वर्षको इतिहासमा सबैभन्दा धेरै लण्डन प्याराथन दौडको उपाधि अफ्रिकी मुलुक केन्याली धावकको नाममा छ । सन १९८१ मा देखि शुरु भएको दौड अमेरिकन धावक डिक ब्राडस्ले र नर्वेजियन धावक इन्ज सिमोन्सन बराबरीमा टुंगिएको थियो । त्यतिबेला उनीहरुको दौडको समय २ घण्टा ११ मिनेट ४८ सेकेण्ड थियो जुन त्यतिबेलाको कोर्ष रेकर्डको रुपमा रहेको थियो । त्यसपछिको चार वर्ष बेलायती धावकको नाममा उपाधि लेखिन पुग्यो । १९८५ मा बेलायती धावक स्टेभ… पुरा पढौ

एक सेकेण्डले सुरालाई लण्डन म्याराथनको उपाधि

एजेन्सी(लण्डन)-आईतबार भएको लण्डन म्याराथनको उपाधि इथोपियन धावक साउरा किताताले जितेका छन् । उनले एक सेकेण्डले म्याराथनको उपाधि आफनो नाममा लेखाएका हुन् । ४२.१९५ किलोमिटरको म्याराथनलाई उनले २ घण्टा ५ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उनले अघिल्लो वर्षको रेकर्ड भने तोड्न सकेनन् । ्लण्डनको जेम्स पार्कमा आयोजित म्याराथनको दोस्रो स्थानमा भिनसेन्ट किपचुम्बा रहे । उनले २ घण्टा ५ मिनेट ४२ सेकेण्डमा पुरा गरेका थिए । तेस्रो स्थानमा भने सिसे लेमा रहे । उनी ३ सेकेण्डले मात्रै पछि… पुरा पढौ

लण्डन म्याराथनबाट एथोपियन धावक बेकेलेले फिर्ता लिए नाम

एजेन्सी(लण्डन)-केहीदिनपछि हुने ४० औं लण्डन म्याराथनको सँस्करणबाट सर्वाधिक सफल धावक एथोपियाका केनेनिसा बेकेलेले आफनो नाम फिर्ता लिएका छन् । बेकेलेल काल्फमा भएको समस्याका कारण लण्डन म्याराथनबाट आफनो नाम फिर्ता लिएका हुन् । म्याराथनकै तयारीमा रहदाँ गतसातामात्रै उनको काल्फमा समस्या देखिएको हो । समस्या देखिएपछि लण्डन म्याराथनबाट नाम फिर्ता लिन बाध्य भए । मैले प्रत्येक लिन ट्रिटमेन्ट गरिरहेको छु । मलाई विश्वास छ कि म तयार हुन सक्छु , तर आज निकै खराब छ र मलाई अहिले थाहा छ म दौडिन… पुरा पढौ

कोरोनात्रास सँगै रोकियो ट्रेल रेस

खेलाडी न्युज(पोखरा)-पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । ती गोरेटो केही प्रचलनमा छन् । केही प्रचलनमै छैनन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियान पोखराकै युवा समूहले गर्दै आएको छ । समूहले टे«ल रेस सिरिजको नाम दिदैं संरक्षण र प्रवद्र्धन अभियानमा आफनो पाईलालाई वर्षेनी चलाउँदै आएको छ । तयारीकै संघारमा रहँदा कोभिड¬–१९ को महामारीले रोकियो टे«ल रेस । चैतको अन्तिम साता आयोजनासहित टे«ल रेस रोकिदाँ धावकहरुको गोडा एक्कासी रोकियो । उकाली ओराली ग्रामीण गोरेटोमा दौडिदैं पर्यटन प्रवद्र्धन… पुरा पढौ

ठाकुरद्धारामा हाफ म्याराथन

नेपालगन्ज(खेलाडी न्युज)-बाँके बर्दियाको पर्यापर्यटनलाई सघाउने उद्देश्यले नेपाली सेनाले पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्धारामा प्रकृति संरक्षण हाफ म्याराथन भव्य आयोजना गरेको छ । नेपाल पर्यटन बर्ष २०२० लाई टेवा पुराउने हेतुका साथ सेना दिवसको अवसर पारी शनिवार आयोजना भएको हाफ म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भए । उनले २१ किलोमिटर दुरी एक घण्टा ५ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै ५० हजार नगद प्राप्त गरे । सेनाकै जितेन्द्र दनुवार द्धितीय र सुवास कार्की तृतीय भए । जितेन्द्रले एक घण्टा सात मिनेट दुई… पुरा पढौ

विदेशीको पोल्टमा पोखरा म्याराथनको उपाधि (हालसम्मका विजेता र समय समेत )

पोखरा(खेलाडी न्युज)-जापानको कोमागाने शहरबाट दौडिन पोखरा आईपुगेका योसुके ताकानासीले पोखरा उपाधि लिएर फर्किएका छन् । जापानीज धावक ताकानासीको पहिलो सहभागिता थियो । पहिलो सहभागितामै उपाधि लिएर जापान फर्किए । यही १४ औं सस्करणको पुरस्कार राशी दोब्बर बनाइएको थियो । उनले ४२.१९५ किलोमिटरको दुरीलाई २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । उनी म्याराथन जित्ने पहिलो अन्तराष्ट्रिय धावक हुन् । उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहरबाट पोखरा दौडिनैका लागि आईपुगेका थिए । पोखरा म्याराथनमा… पुरा पढौ

जापानीज धावक यसुके जिते पोखरा म्याराथनको उपाधि

पोखरा(खेलाडी न्युज)-पोखरा म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यत्सुके थाकानासीले जितेका छन् । उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । उनी म्याराथन जित्ने पहिलो अन्तराष्ट्रिय खेलाडी हुन् । उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहर धावक हुन् । दोस्रो स्थानमा भने गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिताको म्याराथनमा स्वर्ण पदक जितेका शसस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो स्थानमा चिक्त बुझाए । उनले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा… पुरा पढौ

पोखरा म्याराथनको लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग

पोखरा(खेलाडी न्युज)-पोखरा म्याराथनको १४ औं सस्करणको तयारी रहदाँ अक्षयकोष स्थापना गर्ने तयारी सहित आर्थिक सहयोग जुटाइएको छ । बेलायतस्थित योगेश गुरुङले च्यारिटी गरेर संकलन गरिएको ६ लाख ५० हजार रुपैयाँबाट म्याराथनको लागि अक्षयकोष स्थापना गरिने छ । योगेश गुरुङले च्यारिटी मार्फत संकलित ६ लाख रुपैयाँ नेपाल भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरणसँगै थप ५० हजार रुपैयाँ समेत सहयोग जुटेको योगेश गुरुङले नेपाल भुतपुर्व खेलाडी मञ्चलाई जानकारी दिईएको छ । ‘अक्षयकोष स्थापना गरेर म्याराथनको लागि आगामी… पुरा पढौ