सुदेश र स्वरिनले जिते मिनी टुर्नामेन्ट
काठमाडौं-नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको नेपाल सटल टाईम मिनी टुर्नामेन्ट २०२४ मा यु–१५ पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिला तर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले जित हात पार्दै स्वर्ण पदक प्राप्त गरे । ब्याडमिन्टन खेल प्रति आकर्षण गर्दै बिश्वब्यापी रुपमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्धेश्यले बिश्व ब्याडमिन्टन महासंघले संचालन गरेको सटल टाईम मिनी टुर्नामेन्ट २०२४ एकदिने प्रतियोगितामा पुरुष तर्फ भोजपुरका सदीप राई दोश्रो र आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्की संयुक्त तेश्रो हुँदै रजत तथा कास्य…
पुरा पढौ
बागमती प्रदेशलाई हराउँदै आर्मी फाईनलमा
पोखरा-त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।भीम सार्कीले इनिङ सम्हाल्दै जितको हकदार बनाए । ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए । जितको लागि दुई रन आवश्यक हुदाँ सार्की रित गौतमको पहिलो ओभरको तेस्रो बलमा सागर ढकालको हातबाट क्याच भए । सोमपाल कामीले रित गौतमको ओभरको अन्तिम बलमा एक रन लिदैं जित सुनिश्चित गरे । कामीले १४ बल खेल्दै १ छक्कासहित १५ रनमा अविजित रहे । छैटौं नम्बरमा…
पुरा पढौ
बिकिन र सविता सर्वोत्कृष्ट
काठमाडौं- बिकिन जोशी र सविता ह्यान्जु नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको राष्ट्रब्यापी पावरलिफ्टिङ्ग प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । जोशी र ह्यान्जुले समग्ररुपमा नेपालको स्ट्रङ्गेष्ट एथलेटको उपाधीका साथै नगद रु ३७,५००/–, मेडल, ट्रफी र विभिन्न आकर्षक उपहारहरु प्राप्त गरे । दुईदिने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा विधा अन्तर्गतको विभिन्न ११ वटा समुहमा आधारित खेल गराइएको थियो । जसमा पुरुष खुल्ला अन्तर्गत ६२ केजि वजन समूह मुनिको खेलमा निमेष चुकान, बल बहादुर…
पुरा पढौ
१६ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्ट जेष्ठ २१ देखि
काठमाडौं-नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतीमा आयोजना हुने राष्ट्रब्यापी खुल्ला ब्याडमिन्ट प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ । नेपाल एपिएफ क्लब ९कृष्णमोहन स्मृती भवन हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् । राष्ट्रिय बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि…
पुरा पढौ
प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने
काठमाडौं- ब्याडमिन्टनका उदियमान खेलाडी द्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख १२ देखि १७ गते ९अप्रिल २५ देखि ३०० सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सेरिज १००० नामाकरण रहेको च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरि तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्रि अनुप रत्न शाक्यले निर्णयकको भूमिका…
पुरा पढौ
रुदेन्द्र र सुदिक्षाले जिते बेन्च प्रेस र स्क्वाट प्रतियोगिता
काठमाडौं-नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको छैटौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिता पुरुषतर्फ रुदेन्द्र नारायण श्रेष्ठ र महिलातर्फ सुदिक्षा शाहले जितेका छन् । नयाँ वर्ष २०८० को अवसरमा हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगिता यसपटक रुदेन्द्र र सुदिक्षाले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार जित्न सफल भएका हुन् । क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा प्रथम हुने रुदेन्द्रले बेन्च प्रेस…
पुरा पढौ
हेल्प नेपाल समूह विजेता
काठमाडौं-टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । क्वाटरफाईनल प्रवेश गरि सकेको समूह डी मा रहेको हेल्प नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ समूह विजेता बनेको हो । आज भएका खेलमा हेल्प नेपालले मधेस प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गरेको हो । यस्तै सोहि समूहबाट समूह उपविजेताको रुपमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्र क्वाटरफाईनल प्रवेश गरेको छ ।…
पुरा पढौ
विजेतालाई अध्यक्षद्वारा नगदले सम्मान गर्ने
काठमाडौं-थाईल्याण्डको फुकेतमा आयोजित १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट नगदले सम्मान गर्ने घोषणा गरेका छन् । । अध्यक्ष श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई नगद १ लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगद ७५ हजार प्रदान गर्ने घोषणा गरेको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए । अध्यक्ष श्रेष्ठ बिश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टसे फेडेरेशनका साइन्स…
पुरा पढौ
राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी
काठमाडौं-राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी जित्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले र सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधी जितेका हुन् । विजयी भएबापत प्रिन्स र रशिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजयी महर्जन र राई प्रत्येकले नगद…
पुरा पढौ
सेनाका पविन दोश्रो चरणमा
काठमाडौं- नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकल तर्फ हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्य विजयी खेलाडीहरुमा ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका…
पुरा पढौ