कास्की गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन
पोखरा- पोखरामा आयोजित तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन बनेको छ । शनिबार पोखरा रंगशाला आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा कास्कीले तीन स्वर्ण दुई रजत र दुई कास्य पदक जित्दै च्याम्पियन बन्यो । बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ । रिकर्भ पुरुष एकलतर्फ कास्कीका अशिम शेरचनले फाइनलमा कास्कीकै सुमन गुरुङलाई फाइनलमा ६–२ अंकले पराजित गरी स्वर्ण पदक जिते भने सुमन रजत पदकमा सिमित बने । सोही इभेन्टमा भने म्याग्दीका अमरेश…
पुरा पढौ
एशियन गेम्सको लागि आर्चरीका खेलाडी छनोट
पोखरा-चीनको हाङझाउमा हुने १९ औं एशियन गेम्सको लागि आर्चरीबाट चारजना खेलाडी छनोट भएका छन् ।पोखरा रंगशालामा शनिबार भएको अन्तिम छनोट प्रतिस्पर्धामा चारजना खेलाडी छनोट गरिएको नेपाल आर्चरी संघमा बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जनाए । पुरुष रिकर्भ तर्फ तिलक पुन मगर, महिला रिकर्भमा मन्जु बजगाँई रहेका छन् । तिलक दोस्रो पटक एशियन गेम्सका लागि छनोट भएका छन् । उनले पोखराका अशिम शेरचनलाई पछि पार्दै एशियन गेम्समा छनोट भएका हुन् । छनोट चरणमा पुनमगरले १२६७ स्कोर हिर्काएका थिए । पोखराका अशिम शेरचनले…
पुरा पढौ
रिकर्भमा बाग्लुङका दुर्गा र कास्कीकी केशरी च्याम्पियन
पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको रिकर्भ(७० मिटर) पुरुष तर्फको उपाधि बाग्लुङका दुर्गा घर्तीमगरले जितेका छन् । पोखरा रंगशाला आर्चरी मैदानमा भएको फाईनल प्रतिस्पर्धामा बाग्लुङका घर्तीमगरले आफनै जिल्लाका खड्गबहादुर घर्तीमगरलाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेका हुन् । फाईनल प्रतिस्पर्धामा दुर्गाले खड्गलाई ६–० स्कोरमा पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेका हुन् ।कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले पोखराका अन्तराष्ट्रिय खेलाडी असिम शेरचनलाई ६—४ को अंकमा पन्छाउँदै तेस्रो स्थानमा रहे । महिला रिकर्भमा कास्कीको बर्चस्व…
पुरा पढौ
पोखरामा प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता
पोखरा-यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ । दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ । गतवर्ष आर्चरीको ३० मीटर स्टाडण्र्ड विधामा मात्रै प्रतिस्पर्धा गराईएको थियो । नेपाल आर्चरी संघको प्राविधिक सहयोग एवं गण्डकी प्रदेश खेलुकद परिषदको आयोजनामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट आर्चरी खेलाडीले प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्टाडण्र्ड तर्फ(३० मिटर)का पदक विजेता खेलाडीहरुले भने सोही विधामा प्रतिस्पर्धा गर्न पाउने छैनन्…
पुरा पढौ
आर्चरीका पदक विजेता खेलाडीलाई सम्मान
पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीमा गण्डकी प्रदेशका पदक जितेका खेलाडी तथा प्रशिक्षक पोखरामा सम्मानित भएका छन् ।शनिबार गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लवले संयूक्तरुपमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आर्चरीमा गण्डकी प्रदेश ७ स्वर्ण, ४ वटा रजत र एक कास्य पदक जित्दै च्याम्पियन भएको थियो । पदक विजेता खेलाडीलाई साउथ एशियन तथा नेपाल आर्चरी संघका केन्द्रिय…
पुरा पढौ
आर्चरीमा ७ स्वर्णसहित गण्डकी टीम च्याम्पियन
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लव १ स्वर्ण, २…
पुरा पढौ
आर्चरीमा गण्डकीलाई चार स्वर्ण
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो । गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप चार काँस्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत,, एक काँस्यमा सीमित रहँदा प्रदेश १ ले…
पुरा पढौ
स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण
पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि।क।, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत…
पुरा पढौ
एशियन गेम्सको तयारी, आर्चरीको बन्द प्रशिक्षण
पोखरा-चीनको बेईजिङमा आयोजना हुने १९ औं एशियन गेम्सको लागि आर्चरीका खेलाडी यतिबेला बन्द प्रशिक्षणमा छन् । राष्ट्रिय खेलकुद परिषदले आर्चरीका लागि १२ जना मध्येबाट ६ जना छनोट गर्न दिएको निर्देशन अनुसार छ जनालाई बन्द प्रशिक्षणमा राखिएको नेपाल आर्चरी संघका केन्द्रीय सचिव एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । बन्द प्रशिक्षणमा कम्पाउण्ड तर्फ पुरुषमा मीनप्रसाद गौचन र महिला तर्फ पर्सदा आचार्य रहेकी छन् । त्यस्तै गरी रिकर्भ अन्तर्गत पुरुष तर्फ नेपाली सेनाका रोशन नगरकोटी, नेपाल पुलिस क्लबका…
पुरा पढौ
प्रदेश आर्चरी च्याम्पियन पुनलाई रिकर्भ बो सेट हस्तान्तरण
पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ । बेलायत बस्दै आएको प्रदेशका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा आर्चरीको खेल सामाग्री हस्तान्तरण गरिएको हो । तुलाचनले बिहीबार आफनो जन्मदिनको अवसरमा सहयोग गरेको कास्की जिल्ला आर्चरी संघले जनाएको छ । हस्तान्तरण गरिएको रिकर्भ बो सेट एक लाख रुपैयाँ बराबरको हो । खेल सामाग्रीलाई गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले च्याम्पियन बनेका पुनलाई हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला आर्चरी संघले नवौं…
पुरा पढौ