थप खेल

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व

पोखरा-सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कम्पाउण्ड… पुरा पढौ

पोखरामा राष्ट्रिय इण्डोर आर्चरी प्रतियोगिता

पोखरा-पोखरामा एकपछि अर्को राष्ट्रियस्तरका प्रतियोगिता आयोजना भईरहेका छन् । नवौं पिएम कप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सकिएको एकसातापछि पोखराको बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुदैं छ ।नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा सातौं राष्ट्रिय इण्डोर च्याम्पियनसिप यही जेठ २३ र २४ गते हुदैं छ । तीन इभेण्टमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक योगेन्द्र शेरचनले जानकारी दिनुभयो । रिकर्भ ओपन पुरुष, कम्पाउण्ड महिला तथा पुरुष र स्टाण्डर्ड पुरुष महिलाको प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । ती विधामा व्यक्तिगत, टिम र… पुरा पढौ

१७औं धर्मश्रीको उपाधि उमेश राईलाई

काठमाडौं-गोर्खाली फिटनेसका उमेश राईले उपाधी रक्षा सहित १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । काठमाण्डौ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६औं संस्करणका पनि विजेता हुन् । त्यस्तै, उपविजेता भएबापत धिमालले नगद ६ लाख हात पारे । त्यस्तै, तृतीय स्थानमा रहेका… पुरा पढौ

५२ लाख ६० हजार पुरस्कारको १७औं धर्मश्रीको तयारी पुरा

काठमाडौं-नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने तीनदिने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजकले सोमबार होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कुल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको १७औं धर्मश्री, प्रथम पीएल सिंह मेन्स स्पोट्र्स फिजिक्स १७० सेमी ओभर÷अण्डर, प्रथम वोमेन्स बडी बिल्डिङ ओपन र ५० वर्ष माथिका मास्टर खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो… पुरा पढौ

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज-जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेसको मुख्य उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् ।पाँच किलोमिटर दुरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२.५८ मिनेटमा निर्धारित दुरी पूरा गरि प्रथम हुँदा विशाल थारू५७.५६० दोस्रो र बिमलेस यादव ५७.५८० तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमश नगद रु सात हजार, पाँच हजार र तीन हजारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो । त्यसैगरी इलाइट महिलातर्फ रुपाले ४३.३६ मिनेटको समय निकालेर कोर्ष पूरा गर्दा कविता सार्कीले ४६.४२ मिनेटको समय निकाल्दै… पुरा पढौ

राष्ट्रिय कायक स्लालम प्रतियोयिगता चितवनका प्रितमले जिते स्वर्ण

चितवन-नेपाल ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनामा बार्षिक कार्यक्रम अनुरुपको १३ औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ । चितवनको फिस्लिङ्ग, त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङ्गले स्वर्ण पदक प्राप्त गरे । गुरुङ्गले १२३.३२ अंक ल्याइ स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा रहेको गोरखाका रविन चेपाङ्ग १५०.६१ अंकका साथ रजत र तेश्रो स्थानमा रहेको चितवनकै विक्रम गुरुङ्ग १५४.४५ अंकका साथ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । बिजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथ प्रथमले १५ हजार, दोश्रोले… पुरा पढौ

पोखरामा फेन्सिङको लेभल वान तालिम

पोखरा-गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको आयोजनामा पोखरामा पहिलो पटक लेभल वानको दुई दिने तालिम गरिएको छ । तालिममा नवलपुर, गोरखा, स्याङ्जा र कास्की जिल्लाका १६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । तामिलका सहभागीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले प्रमाण पत्र बितरण गरेका थिए । उपाध्यक्ष गुरुङले श्रोत साधनको कमिका बाबजुत पनि यस फेन्सिङ संघले खेलाडी उत्पादन तथा प्रशिक्षणमा जोड दिईरहेको बताए । उनले प्रदेश खेलकुद परिषदको साथ सँधै रहने भएकोले दशौं राष्ट्रिय खेलकुदको लागि… पुरा पढौ

भण्डारी साइक्लिङ संघमा सर्वसम्मत

पोखरा-कास्की जिल्ला साईक्लिङको अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । पोखरा रंगशालास्थित सभाहलमा शनिबार भएको अधिवेशनले चार वर्षको लािग भण्डारीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत भएको हो । संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा कमल नेपाली रहेका छन् । त्यसैगरी सदस्यहरुमा अशोक चालिसे, वामन चालिसे, एलिना सापकोटा, रविश्वर आचार्य, सोनिक क्षत्री रहेका छन् । संघका नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा साईक्लिङले स्वर्ण पदक जित्ने विश्वास दिलाए । उनले जिल्ला खेलकुद विकास समिति… पुरा पढौ

पोखरामा वाटर स्पोर्टसको सम्भावना

पोखरा-फेवाताल निकै व्यस्त छ । नियमित डुंगा सयर छदै छ । पछिल्लो समय ड्रागन बोट रेसले तालको रौनक थपिदिएको छ । गत वर्ष मात्रै ड्रागन बोट पोखरामा भित्रिएको हो । ड्रागन बोट चीनबाट पोखरा भित्रिएको वाटर स्पोर्टस हो । भित्रिएको वर्षदिनमा पटक पटक प्रतियोगितात्मक गतिविधिले पोखरालाई वाटर स्पोर्टसको हब बनाउने सम्भावना बढ्दै गएको छ । फेवातालमा दुई पटक ड्रागन बोट रेस आयोजना भईसक्यो । एक पटक पोखराकै अर्को ताल बेगनासमा आयोजना गरियो । ड्रागन बोट रेसकै लागि चीनबाट एक जम्बो… पुरा पढौ

आजदेखि दोस्रो पोखरा एन्ड्युरो रेस

पोखरा-कास्की जिल्ला साईक्लिङ संघको सहकार्यमा आजदेखि दोस्रो संस्करणको पोखरा एन्ड्युरो(साईक्लिङ रेस)शुरु हुदैं छ । आज बुधबार पहिलो दिन साईक्लिष्टहरुलाई रुटको बारे जानकारी दिने उद्देश्यसहित प्रशिक्षण रहने छ । पोखरा १३ आर्वाविजयमा हुने प्रतिस्पर्धा बिहीबार र शुक्रबार दुईदिन प्रतिस्पर्धा हुने छ । विभिन्न ५ स्टेजमा हुने प्रतिस्पर्धामा १३ देशका ६० जना साईक्लिष्टहरुले प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ एक नेपालीसहित चारजनाले सहभागिता जनाएका छन् । प्रतिस्पर्धाको पूर्व सन्ध्यमा मंगलबार साँझ सहभागि साईक्लिष्टहरुलाई प्रतिस्पर्धाको बारे जानकारी गराईएको थियो । रेस निर्देशक सुनिलचन्द्र… पुरा पढौ