खेल संस्था

सदस्य सचिव शर्मा पदमुक्त

पोखरा- दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्तिक १८ गते बसेको मन्त्रीपरिषदको बैठकले सदस्य सचिवलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सदस्य सचिवको बर्खास्तसँगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट अन्योलमा परेको छ । “प्रस्तुत विषयमा प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य सचिवको हैसियतमा तपाईले पदीय जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह नगरेको, कार्यसम्पादन सन्तोषजनक नहरेको तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएकोमा सम… पुरा पढौ

कार्तिक १८ गतेदेखि राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

पोखरा- गण्डकी प्रदेश टेनिस संघ, पोखराको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रंगशाला टेनिस कम्प्लेक्समा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ हुने छ । नेपाल टेनिस संघको स्वीकृति तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट ८ देखि १८ वर्षमुनिका ४३ जना गल्र्स तथा ब्वाइज खेलाडीहरूको सहभागिता जनाउने छन् । प्रतियोगितामा विभिन्न उमेर समूहमा सिंगल्स तथा डबल्स विधाका प्रतिस्पर्धा आयोजना हुने छ । राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीहरूको पहिचान, टेनिस खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा… पुरा पढौ

जिल्लास्तरीय छैंटौं लेखनाथ कप कराँते

पोखरा-छैटौँ लेखनाथ कप तथा ११औँ कास्की जिल्ला स्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा बागमारा डोजोले ७ स्वर्ण, ५ रजत र १० कांस्य गरी कुल २२ पदक जित्दै च्याम्पियन बनेको छ । लेखनाथ पावरहाउस डोजोले ४ स्वर्ण, ३ रजत र ४ कांस्य गरी ११ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै, लामगादी डोजोले २ स्वर्ण र २ कांस्य गरी ४ पदकसहित तेस्रो, लेखनाथ रंगशाला डोजोले १ स्वर्ण, २ रजत र ६ कांस्य गरी ९ पदकसहित चौथो स्थान पिएन क्याम्पस डोजोले १ रजत… पुरा पढौ

हमालको नेतृत्वमा आर्दश युवा क्लबको नयाँ कार्यसमिति

लेखनाथ-पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिकस्थित आदर्श युवा क्लबको अध्यक्षमा विष्णु हमाल सर्वसम्मत चयन भएका छन् । आईतबार भएको क्लबको २९ औं साधारणसभा तथा १४ औँ अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यसैगरी समितिको उपाध्यक्षमा सन्तोष गुरुङ सचिवमा ओमप्रसाद कुमाल कोषाध्यक्षमा कृष्ण कुमाल सहसचिवमा राजीव भण्डारी चयन भएका छन् । सदस्यहरूमा भीषण गुरुङ ,राहुल गुरुङ, बेलप्रसाद गुरुङ, सञ्जय कुमाल, सुवास गुरुङ र जीवन तामाङ चयन भएका छन्। कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको निर्वाचन संयोजक मदन तिवारीले… पुरा पढौ

पोखरामा एघारौं राष्ट्रिय सेपाक ताक्रो प्रतियोगिता

पोखरा-पोखरा भित्रिएको झण्डै साढे दुई दशकपछि सेपाक ताक्रोको राष्ट्रिय प्रतियोगिता आयोजना हुदैं छ । प्रतियोगिताको लागि सहभागित विभागीय तथा प्रदेशका टोलीहरु शनिबार पोखरा आईपुगेको गण्डकी प्रदेश सेपाक ताक्रो संघले जनाएको छ । यो खेल सिंगापुरका रिटायर्ड पुलिसले पोखरा भित्र्याएका हुन् । शुरुवाती चरणमा यो खेलप्रति निकै चासो थियो । तर पछिल्लो समय पोखरामा सेपाक ताक्रोको खासै खेल देखिदैन् । बेत र बाँसको चोयाबाट बुनेर बनाइएको खोक्रो बल प्रयोग हुने यो खेल पछिल्लो समय प्लाष्टिकको बल प्रयोग हुदैं आएकोछ । दशौं… पुरा पढौ

तामाङलाई अक्टोबर मन्थ्ली मेडल गल्फ

पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा शनिबार भएको अक्टोबर मन्थ्ली मेडल गल्फको उपाधि प्रेम तामाङले जितेका छन् । हिमालयन गल्फको पार ६९ को कोर्षमा स्टेबल फोर्ड फूल ह्याण्डी क्यापमा भएको प्रतिस्पर्धामा तामाङले ३४ स्कोरसहित उपाधि जित्न सफल भए । त्यस्तै एएसपी लिलाजंग गुरुङ उपविजेता बने । उनले ३१ स्कोर गरेका थिए । विजेता गल्फरलाई प्रमुख अतिथि विश्वमान गुरुङले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

लेखनाथमा कराँतेको जिल्लास्तरीय प्रतियोगिता सुरु

लेखनाथ- छैंटौं लेखनाथ कप एवम् ११ औं क्योकुशिन कान फुलकन्ट्याक कराँते तथा जिल्लास्तरीय मुआथाई प्रतियोगिता शनिवारदेखि लेखनाथमा सुरु भएको छ । प्रतियोगितामा २५ देखि ५५ केजी तौल समूहका २०० खेलाडीको सहभागिता रहेको छ । नेपाल क्योकुशिन कान कराँते लेखनाथका डोजो प्रमुख सुवास खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले स्वास्थ्यका लागि खेलकुद निकै महत्वपूर्ण रहनेमा जोड दिए। पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले अध्ययन सँगै खेलकुदलाई पनि अगाडि बढाउन प्रतियोगीहरुलाई प्ररित गरे ।… पुरा पढौ

जेसिज सप्ताहमा सडक दौड, श्रेष्ठ प्रथम

लेखनाथ । नेतृत्व विकास र सामाजिक सेवामा काम गर्दै आएको संस्था लेखनाथ जेसीजको जेसीज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जुनियर जेसीजको समेतको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सडक दौडमा २७ मिनेट ५८ सेकेण्डमा पूरा गरी गौतम श्रेष्ठ प्रथम हुन सफल भए । कुल साढे आठ किलो मिटर दुरीको सडक दौड तालचोकबाट पावरहाउस, तागाकोमुख हुँदै शिसुवासम्म गरिएको प्रतियोगितामा २८ मिनेट १६ सेकेण्डमा पूरा गरी प्रित राईले द्धित्तीय तथा २८ मिनेट ५८ सेकेण्डमा पूरा गरी तेजन मगरले तृतीय स्थान हाँसिल गरेका थिए । निर्धारित… पुरा पढौ

ग्रासरुटमा पोखरा महानगरको जोड

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले ग्रास रुट तहबाट खेलाडी उत्पादन गर्ने कार्यलाई प्राथमिकतामा राखेर खेलकुदका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । समितिले आर्थिक वर्ष २०८३र०८४ का लागि तय गरिएका कार्यक्रमलाई कार्यतालिका बनाएर मंसिरदेखि कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । बिहीबार पोखरा रङ्गशालामा बसेको समितिको बैठकले ग्रासरुट खेलकुदको विकास, प्रतियोगिता सञ्चालन तथा प्रशिक्षणलाई प्राथमिकतामा राख्दै निर्धारित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए । बैठकमा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले खेलकुदका गतिविधिलाई… पुरा पढौ

शारीरिक सुगठनका खेलाडी छनोट

धन बस्नेत,कास्कीप्रदेश शारीरिक सुगठन संघ गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न इभेण्टमा शारिरीक सुगठनका खेलाडीहरु छनोट गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले कार्तिक १७ गतेभित्र प्रदेशका खेलाडी छनोट गरिसक्नुपर्ने परिपत्र गरेपछि शारीरिक सुगठनका खेलाडीहरु छनोट गरिएको हो । छनोट भएका खेलाडीहरुमा अम्मर थापा(पुरुष ५५ केजी), चनबहादुर थापा(६० केजी), आकाश गुरुङ(६५ केजी), शिशिर थापा(७० केजी) रहेका छन् । त्यस्तै अशोक शेरचन(७५ केजी), कुलबहादुर श्रेष्ठ(८० केजी) र युक्तराज दुरा(८० केजीमाथि)को तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।पुरुष स्पोर्टस फिजिक तर्फ निरज… पुरा पढौ